आइत, जेष्ठ ३, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

शिक्षा मन्त्रालयद्वारा नयाँ कार्यतालिका जारी

धारणा न्यूज by धारणा न्यूज
२ घण्टा अगाडि
Reading Time: 1 min read
0
शिक्षा मन्त्रालयद्वारा नयाँ कार्यतालिका जारी
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । सातामा दुई दिन सार्वजनिक बिदा दिइने निर्णयपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले नयाँ कार्यतालिका जारी गरेको छ ।

मन्त्रालयअन्तर्गतको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले मिति आज एक परिपत्र जारी गर्दै शैक्षिक संस्थाहरूलाई पठनपाठनमा स्वीकृत पाठ्यक्रमले तोकेअनुसार कार्यघण्टालाई मिलाएर कार्यान्वयन गर्न निर्देशन दिएको हो ।

मन्त्रिपरिषदले २०८२ चैत्र २२ गते गरेको निर्णयबमोजिम शैक्षिक सत्र २०८३ मा विद्यालयहरूमा साताको दुई दिन बिदा दिने निर्णय गरेको थियो । यसै निर्णयको कार्यान्वयनका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले नयाँ कार्यतालिका बनाउन शैक्षिक संस्थाहरूलाई आग्रह गरेको हो । यो परिपत्र शिक्षा विकास तथा समन्वय इकाई, स्थानीय तह र सबै विद्यालयहरूलाई पठाइएकोफ छ ।

परिपत्रअनुसार अब पठनपाठनलाई प्रभावकारी बनाउन निम्नअनुसारका व्यवस्थापन गर्नुपर्नेछः

– प्रत्येक दिन १५ मिनेट प्रार्थना समय र ३० मिनेट खाजा समयको व्यवस्थापन गर्नुपर्ने छ ।
–सोमबारदेखि शुक्रबारसम्म पूरा समय पठनपाठनसँग सम्बन्धित क्रियाकलाप सञ्चालन गर्नुपर्नेछ ।
–हिउँदे र बर्से बिदाको अवधि साविकको ४५ दिनबाट घटाएर ३० दिन कायम गरिएको छ ।
–पहिलो र दोस्रो त्रैमासिकमा गरिने आन्तरिक मूल्याङ्कनलाई पठनपाठन भएकै दिन वा पठनपाठनमा असर नपर्ने दिनमा गर्ने गरी व्यवस्थापन गर्न सकिनेछ ।
–अन्तिम परीक्षा तथा नतिजा प्रकाशनका लागि शैक्षिक सत्रको अन्तिमका १२ दिनलाई उपयोग गर्न गर्नुपर्नेछ ।
–स्वीकृत पाठ्यक्रम एवम् निर्धारण गरिएका सिकाइ उपलब्धिका आधारमा सिकाइ व्यवस्थापन गर्न साप्ताहिक रूपमा शुक्रबार समुदाय एवम् परिवारका क्रियाकलाप, सन्दर्भ सामग्री तथा सूचना प्रविधिको उपयोगसँग सम्बन्धित बहुविषयमा आधारित परियोजना तथा प्रयोगात्मक कार्य दिन र आवश्यकताअनुसार प्रस्तुति गर्ने अवसर प्रदान गरिनेछ ।

परियोजना तथा प्रयोगात्मक कार्यका लागि पाठ्यक्रम विकास केन्द्रको वेबसाइटमा रहेको ‘परियोजना तथा प्रयोगात्मक कार्य सञ्चालन सहजीकरण पुस्तिका, २०८२’ बाट समेत सहयोग लिन सकिने केन्द्रले जनाएको छ । यसका लागि स्थानीय तह, विद्यालय र शिक्षकले स्वीकृत पाठ्यक्रमको विषयक्षेत्र समेटी परियोजना कार्य निर्माण गरी कार्यान्वयन गर्न सक्ने व्यवस्था गरिएको परिपत्रमा उल्लेख छ ।

school-niyam

यो पनि पढ्नुहोस्

एसइई नतिजा बिहीबारभित्र सार्वजनिक हुने

एसईई परीक्षाको नतिजा चित्त नबुझे परीक्षार्थीले पुनर्योग गर्न पाउने

५ दिन अगाडि
एभरेष्टमा आन्तरिक अनुसन्धान प्रस्तुति सम्पन्न

एभरेष्टमा आन्तरिक अनुसन्धान प्रस्तुति सम्पन्न

६ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

बागलुङ सांगीतिक साँझ २०२६ हुने

फ्रि भिसा फ्रि टिकेट नीति बिपरित ३ लाख मागेपछि

ताइवानलाई चीनबाट औपचारिक रूपमा स्वतन्त्रता घोषणा नगर्न चेतावनी

सेन्सर बोर्डको सदस्यमा चलचित्र निर्देशक मनोज पण्डित नियुक्त

एकैपटक ६९ कन्सलटेन्सीका सञ्चालक पक्राउ

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक