बुध, जेष्ठ २७, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home लेख

ट्रेड युनियन खारेज गर्ने निर्णयविरुद्ध आदेश दिँदा के विषय कुरा मिलेन पाँच न्यायाधीशबीच?

धारणा न्यूज by धारणा न्यूज
४ हप्ता अगाडि
Reading Time: 2 mins read
0
ट्रेड युनियन खारेज गर्ने निर्णयविरुद्ध आदेश दिँदा के विषय कुरा मिलेन पाँच न्यायाधीशबीच?
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

प्रकाश ढकाल

काठमाडौँ – सरकारले निजामती कर्मचारीको दलीय ट्रेड युनियन खारेज गर्ने निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिँदा संवैधानिक इजलासका न्यायाधीशबीच रायबाझी भएको छ।

नेपाल निजामती कर्मचारी संगठन केन्द्रीय समितिका अध्यक्ष भवानी दाहालसहित पाँच जनाले दायर गरेको रिटमा संवैधानिक इजलासले बहुमतका आधारमा अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो। आदेश जारी गर्ने पक्षमा वरिष्ठतम तीन जना न्यायाधीशले राय दिए पनि अल्पकालीन आदेशको विपक्षीमा दुई जना उभिएका हुन्।

कामु प्रधानन्यायाधीश सपना प्रधान मल्ल, न्यायाधीशहरू कुमार रेग्मी र हरि फुयाँलले अल्पकालीन अन्तरिम आदेश दिनुपर्ने राय दिएका छन्। उनीहरूको राय बहुमत भएकाले आदेश जारी हुन पुगेको छ।

न्यायाधीशहरू मल्ल, रेग्मी र फुयालले ट्रेड युनियन खारेज गर्दा संविधानका केही धाराहरू उल्लंघन भएको उल्लेख गरेका छन्। बहुमतको रायमा भनिएको छ, ‘…नेपालको संविधानको धारा १७ को स्वतन्त्रताको हकअन्तर्गत उपधारा (२) को खण्ड (घ) मा रहेको ‘संघ संस्था खोल्ने स्वतन्त्रता’ र ऐ. धारा ३४ को उपधारा (३) को ट्रेड युनियन खोल्ने, त्यसमा सहभागी हुने तथा सामुहिक सौदाबाजी गर्ने हकको संवैधानिक प्रत्याभूतीसँग जोडिएको भन्ने निवेदक मागदावी तथा विद्वान कानून व्यवसायीहरूको जिकिर रहेको सन्दर्भलाई विचार गर्दा हाललाई केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३ को दफा १० कार्यान्वयन नगर्नू नगराउनू भनी सर्वोच्च अदालत (संवैधानिक इजलास सञ्चालन) नियमावली, २०७२ को नियम १९ को उपनियम (४) बमोजिम विपक्षीहरूका नाममा अल्पकालीन अन्तरिम आदेश जारी गरिदिएको छ।’

बहुमत न्यायाधीशले आह्वान भइसकेको संसद् अधिवेशन स्थगित गरेर अध्यायदेश ल्याउनुलाई संविधानको धारा ११४ को औचित्यसँग नमिल्ने जनाएका छन्।

त्यस्तै, न्यायाधीश विनोद शर्मा र सारंगा सुवेदीले अल्पकालीन आदेश जारी हुनु नपर्ने राय दिएका छन्। सरकारले संवैधानिक व्यवस्थाअनुसार नै अध्यादेश ल्याएको र उक्त आध्यादेश संसद्‌मा पेश भएर परीक्षणको क्रममा रहेकाले दुवै पक्षको कुरा सुनेर मात्रै आदेश जारी गर्नुपर्ने धारणा दिएका हुन्।

‘संविधानको धारा ११४ अनुसार मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले जारी गरेको अध्यादेश ऐनसरह मान्य हुने एवं उक्त अध्यादेश संघीय संसद्‌मा पेस भई संसद्‌बाट स्वीकार गर्ने नगर्ने भन्ने प्रक्रिया बाँकी नै रहेको एवं आजै मिति २०८३/१/२८ देखि सम्माननीय राष्ट्रपतिबाट संघीय संसद्को अधिवेशनसमेत आह्वान भैसकेको भन्ने न्यायिक जानकारीमा रहने विषय भएको एवं रिट निवेदकलाई तत्काल अपुरणीय क्षति पुग्ने अवस्थासमेत नदेखिएको सन्दर्भमा,’ दुई न्यायाधीशको आदेशमा अगाडि भनिएको छ,

‘उक्त अध्यादेशअनुसारको संशोधित व्यवस्थाको कार्यान्वयन रोक्न पर्ने नपर्ने सम्बन्धमा प्रत्यर्थीहरुसमेत सँग छलफल गरी टुङ्गोमा पुग्न मुनासिव देखिँदा कारण देखाउ आदेश जारी गर्ने र प्रत्यर्थीहरुलाई छलफलमा झिकाउने भन्नेसम्म बहुमतको रायमा सहमती रहे पनि अहिले नै एकपक्षीय सुनुवाइबाट अल्पकालीन अन्तरिम आदेश जारी गर्ने भन्ने हदसम्म सहमती नरहेकोले प्रस्तुत फरक राय व्यक्त गर्दछौं।’

अन्तरिम आदेश छलफल प्रयोजनका लागि जेठ ६ गते दुवै पक्षलाई बोलाएको छ।

सोमबार नै न्यायाधीश श्रीकान्त पौडेलको इजलासले पनि विद्यार्थी युनियन खारेज गर्ने निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको थियो।

Screenshot

Screenshot

यो पनि पढ्नुहोस्

प्रधानमन्त्रीले जवाफ दिनुपर्ने माग

चलचित्र विधेयक अघि बढाउँदै

२ घण्टा अगाडि
इजरायलको भाषा परीक्षा स्थगित

इजरायलको भाषा परीक्षा स्थगित

२ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

६ दिने ब्लाइन्ड फुटबल प्रशिक्षण कार्यक्रम सम्पन्न

उच्च शिक्षामा विद्यार्थी ड्रपआउटका बढ्दो चुनौती

ग्रेटर नेपालका अभियन्ता पक्राउ

प्रा. डा. अञ्जय कुमार मिश्रलाई प्यान–एशियन रिसर्च एण्ड इनोभेसन एक्सिलेन्स अवार्ड

आदिवासी जनजाति उत्थान प्रतिष्ठान खारेज गर्ने निर्णय फिर्ता नलिए आन्दोलनमा उत्रिने मोर्चाको चेतावनी

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक