आइत, बैशाख २७, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

विद्यालयस्तरमै भाषा शिक्षामा जोड दिनुपर्छ : मन्त्री श्रेष्ठ

धारणा न्यूज by धारणा न्यूज
५ दिन अगाडि
0
विद्यालयस्तरमै भाषा शिक्षामा जोड दिनुपर्छ : मन्त्री श्रेष्ठ
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । बागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री सुरेश श्रेष्ठले भाषा संरक्षण र प्रवर्द्धनका लागि सरकारले गरेको लगानीको प्रभावकारिता देखिन आवश्यक रहेको जनाएका छन् ।

भाषा दिवसको अवसरमा आयोजित अन्तरक्रिया कार्यक्रममा उनले प्रदेश सरकारले प्रदेशभित्र बोलिने भाषाको विकासका लागि करोडौं रुपैयाँ खर्च गरिरहेको जनाएका हुन् । तर लगानीको उचित प्रतिफल भने नदेखिएको उनको धारणा छ । उनले प्रदेश सरकारले भाषा र संस्कृतिको संरक्षणका लागि आफ्नो तर्फबाट सक्दो प्रयास गरिरहेको जनाए।

भाषा प्रवर्द्धनका कार्यक्रम औपचारिकतामा मात्र सीमित हुन नहुने बताउँदै उनले वास्तविक उपलब्धि हासिल गर्न सबै पक्ष लाग्नुपर्नेमा जोड दिए । राज्यले लगानी गरिरहने, तर नयाँ पुस्ताले आफ्नै भाषा नजान्ने हो भने त्यो लगानी बालुवामा पानी हाल्नुजस्तै हुने उनको धारणा छ । उनले घर–घर, टोल–टोल र विद्यालयस्तरमै भाषा शिक्षामा जोड दिनुपर्ने आवश्यकता औँल्याए ।

आफ्नै सन्तानलाई मातृभाषा सिकाउन नसकेको अनुभव सुनाउँदै उनले व्यावहारिक अभ्यासमा पनि जोड दिनुपर्ने बताए । उनले मन्त्रालयले गरेको लगानीको आधारमा कति व्यक्तिले भाषा र लिपि सिके भन्ने तथ्यांक संकलन र मूल्यांकन गर्न आवश्यक रहेको बताए । उनले बागमती प्रदेशमा नेवा र तामाङ भाषालाई सरकारी भाषाका रूपमा स्थापित गरिएको उल्लेख गर्दै भाषा सम्बन्धी ऐनको नियमावली टुंग्याउने काममा भने केही ढिला भएको जनाए । उनले भाषा दिवसको अवसरमा २४ वैशाखमा नियमावली ल्याउने तयारीमा रहे पनि निरन्तर परेको विदाका कारण नसकिएको जानकारी दिए । यद्यपि छिट्टै नै नियमावली ल्याउने उनले प्रतिबद्धता जनाए ।

मन्त्री श्रेष्ठले बागमती प्रदेशमा आफ्नै प्रज्ञा प्रतिष्ठान स्थापना गर्ने विषयमा पनि काम भइरहेको जानकारी दिए । प्रदेश सरकारले भाषा प्रवर्द्धनका लागि संस्थाहरूसँग सहकार्य गर्न पूर्णरूपमा तयार रहेको उल्लेख गर्दै उनले आगामी आर्थिक वर्ष २०८३/८४ मा थप बजेट व्यवस्था गर्न समेत छलफल गरिने बताए । उनले भने, ‘भाषाका लागि बागमती प्रदेश सरकारले करोडौं रुपैयाँ लगानी गरेको छ । त्यसको उपलब्धि कति भयो, कति गर्‍यौं ? यो भाषाका लागि नेवा देय दबुः र तामाङ घेदुङले आफ्नो प्रदेशमा कामकाजीको भाषा बनाउन र यसलाई सरकारी भाषामा स्थापना गर्नका लागि धेरै संघर्षहरू गरेका छन् । बागमती प्रदेश सरकारले भाषा प्रवर्द्धन र संस्कृति जोगाउनका लागि आफ्नो मन्त्रालयको बलबुताले भ्याएसम्म लागिरहेका छौं ।’

यो पनि पढ्नुहोस्

पनिकाले आधिकारिक फेसबुक पेज सञ्चालनमा ल्याइयाे

पनिकाले आधिकारिक फेसबुक पेज सञ्चालनमा ल्याइयाे

४ घण्टा अगाडि
त्रिविका पदाधिकारीले एक साथ दिए राजीनामा

त्रिविका पदाधिकारीले एक साथ दिए राजीनामा

१ हप्ता अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

कानूनमन्त्रीले पदभार ग्रहणसँगै प्रतिवेदन बुझाइयो

रास्वपाको सचिवालय बैठक आज बस्दै

प्रधान न्यायाधीशको नियुक्तिप्रति जनमाेर्चाकाे आपत्ति

४ हजार ६३१ सवारी दुर्घटना

बजेटबारे ‘सुझाव संकलन पोर्टल’ सञ्चालनमा

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक