शनि, जेष्ठ ९, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home विचार

अर्थमन्त्रीको श्वेतपत्रले देखाएको देशको अवस्था

धारणा न्यूज by धारणा न्यूज
३ हप्ता अगाडि
0
अर्थमन्त्रीको श्वेतपत्रले देखाएको देशको अवस्था
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

-ईश्वरी सिंह

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पदभार ग्रहण गरेको छोटो समयमै ‘नेपालको वर्तमान आर्थिक स्थितिपत्र २०८३’ अर्थात् श्वेतपत्र सार्वजनिक गरेका छन् । यो श्वेतपत्रले नेपालको १० वर्षयताको अर्थतन्त्रको वास्तविक चित्र स्पष्ट रूपमा प्रस्तुत गरेको छ । बाह्य क्षेत्रमा केही सुधार देखिए पनि आन्तरिक उत्पादन, खर्च प्रणाली, औद्योगिक क्षेत्र र रोजगारीका क्षेत्रमा गम्भीर समस्या रहेको निष्कर्ष श्वेतपत्रले निकालेको छ ।
श्वेतपत्र सार्वजनिक गर्दै अर्थमन्त्री वाग्लेले भनेका छन् कि नेपाल स्रोत, सम्भावना र सदिच्छामा धनी भए पनि सोच, संकल्प र शासकीय सदाचारको संकटका कारण समुन्नत हुन सकेन । उनले ७३ बुँदामा अर्थतन्त्रको चिरफार गर्दै विगतका गलत नीति, क्रोनी क्यापिटलिजम (नातावाद पूँजीवाद) र नीतिगत भ्रष्टाचारले अर्थतन्त्रलाई अनुत्पादक चक्रमा फसाएको औंल्याएका छन् । अब मुलुकको अर्थतन्त्र ‘पुनर्संरचना र स्तरोन्नति’को चरणमा प्रवेश गरेको उनको भनाइ छ । यो श्वेतपत्र विगतका सरकारहरूलाई मात्र दोष लगाउने दस्तावेज होइन, बरु वस्तुगत तथ्यांकमा आधारित विश्लेषण हो जसले भावी नीति निर्माणका लागि मार्गदर्शन दिन्छ ।
श्वेतपत्र अनुसार नेपालको आर्थिक वृद्धिदर गत दशकमा औसत ४.२ प्रतिशत मात्र रहेको छ । चालु आर्थिक वर्षमा यो दर झन् घटेर ३.५ प्रतिशतमा झर्ने अनुमान छ । लक्ष्य ६ प्रतिशत राखिएकोमा यथार्थ निकै कमजोर देखिएको छ । छिमेकी देश भारत र चीनको तुलनामा नेपालको वृद्धिदर निकै कम छ । यो अवस्थाले नेपाल ‘प्रिमेच्योर डि–इन्डस्ट्रियलाइजेसन’ (अकाल औद्योगिक ह्रास) को शिकार भएको देखाउँछ । औद्योगिक क्षेत्रको योगदान जीडीपीमा १२.८ प्रतिशतमा खुम्चिएको छ भने अर्थतन्त्र सेवा क्षेत्र र विप्रेषण (रेमिट्यान्स) मा अत्यधिक निर्भर भएको छ ।
कृषि क्षेत्रमा पनि उत्पादकत्व वृद्धि हुन सकेको छैन । जलवायु परिवर्तन, सिँचाइको अभाव, आधुनिक प्रविधिको कमी र युवा पलायनले कृषिलाई कमजोर बनाएको छ । उद्योग क्षेत्रमा लगानीको वातावरण अनुकूल छैन । लाइसेन्स र ठेक्का प्रथामा व्याप्त भ्रष्टाचार र ढिलासुस्तीले निजी क्षेत्रलाई निरुत्साहित गरेको श्वेतपत्रले उल्लेख गरेको छ । सेवा क्षेत्रमा पर्यटन, आईटी र हाइड्रोपावर जस्ता सम्भावना भए पनि तिनको पूर्ण उपयोग हुन सकेको छैन ।
श्वेतपत्रले सार्वजनिक ऋणको बढ्दो बोझलाई गम्भीर रूपमा औंल्याएको छ । आर्थिक वर्ष २०१४÷१५ मा ऋण जीडीपीको २२.५ प्रतिशत (५४४ अर्ब) थियो भने २०२४÷२५ मा यो ४३.८ प्रतिशत (२.६७४ खर्ब) पुगेको छ । २०८३ वैशाखसम्म यो ऋण २.८७८ खर्ब पुगेको र मध्य–चैतसम्म २.९२९ खर्ब पुगेको तथ्यांक छ । यो दरले दीर्घकालीन दिगोपनमा खतरा देखाएको छ । यद्यपि अन्तर्राष्ट्रिय मापदण्डअनुसार नेपाल अझै ‘लो रिस्क अफ डेब्ट डिस्ट्रेस’ मा छ, तर राजस्व संकलन दैनिक खर्च धान्न पनि मुस्किल पर्न थालेको छ ।
नेपालको राजस्व प्रणाली कमजोर छ । कर प्रशासनमा सुधार, भ्रष्टाचार नियन्त्रण र कर आधार फराकिलो बनाउन नसक्दा सरकारलाई पूँजीगत खर्च गर्न कठिनाइ भएको छ । श्वेतपत्रले राजस्व संकलन लक्ष्यभन्दा कम रहँदा बजेट घाटा बढ्ने र ऋणको निर्भरता बढ्ने चेतावनी दिएको छ । खर्च प्रणालीमा पनि गम्भीर समस्या छ । पूँजीगत खर्चको कार्यान्वयन दर न्यून छ । ठेक्का प्रक्रियामा ढिलासुस्ती, राजनीतिक हस्तक्षेप र क्षमता अभावले विकास आयोजनाहरू वर्षौंसम्म अलपत्र पर्ने गरेका छन् । श्वेतपत्रले देखाएको सकारात्मक पक्ष भनेको बाह्य क्षेत्रको सुधार हो । विदेशी मुद्रा सञ्चिति पर्याप्त छ, मुद्रास्फीति नियन्त्रणमा छ (चालु वर्षको पहिलो आठ महिनामा औसत २.१३ प्रतिशत) र आयात–निर्यात सन्तुलनमा केही सुधार देखिएको छ । तर यो सुधार मुख्य रूपमा रेमिट्यान्सको प्रवाह र आयात घट्दा भएको हो, आन्तरिक उत्पादन वृद्धिका कारण होइन ।
रेमिट्यान्सले नेपाली अर्थतन्त्रलाई टिकाएको छ तर यो दीर्घकालीन समाधान होइन । युवाहरू विदेश पलायन हुँदा देशमा श्रम शक्ति अभाव छ, सीप विकास हुन सकेको छैन र आन्तरिक बजार सुस्त छ । बेरोजगारी दर १२.६ प्रतिशत छ भने युवा (१५–२४ वर्ष) बेरोजगारी २२.७ प्रतिशत पुगेको छ । महिलाको बेरोजगारी दर पुरुषको भन्दा बढी (१३.१ प्रतिशत) छ । रोजगारीका ६४.९ प्रतिशत व्यक्ति दैनिक ज्यालादारीमा छन् जसमा सुरक्षा र सुविधा शून्यप्रायः छ ।
नेपाल एफएटीएफ ग्रे लिस्टमा पर्नुले अन्तर्राष्ट्रिय विश्वसनीयता र विदेशी लगानीमा असर पारेको छ । नीतिगत अस्थिरता, लगानीमैत्री वातावरणको अभाव र बजारमा हस्तक्षेपले निजी क्षेत्रलाई डराएको छ । यति चुनौतीका बाबजुद श्वेतपत्रले १२ वटा अवसरको पनि उल्लेख गरेको छ । नेपालको जलस्रोत, पर्यटन, आईटी, कृषि, हाइड्रोपावर र उद्यमशीलतामा ठूलो सम्भावना छ । अर्थमन्त्री वाग्लेले आगामी वर्षहरूमा ७ प्रतिशतको औसत आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य राखेका छन् । यसका लागि हाइड्रोपावर, आईटी, पर्यटन र उद्यमशीलतालाई प्राथमिकता दिने योजना छ । पाँचदेखि सात वर्षभित्र प्रतिव्यक्ति आय ३००० अमेरिकी डलर पुग्ने लक्ष्य राखिएको छ ।
विगतका सरकारहरूले नीतिगत भ्रष्टाचार, अस्थिरता र कमजोर शासनले मुलुकलाई अनुत्पादक चक्रमा फसाएको सत्यलाई स्वीकार गर्नु नै पहिलो सुधार हो । अब आवश्यक छ संरचनागत सुधार । उत्पादनशील क्षेत्रलाई प्राथमिकता दिने, युवालाई स्वदेशमै रोजगारी दिने, लगानीमैत्री नीति बनाउने, खर्च प्रणालीलाई प्रभावकारी बनाउने र शासकीय सदाचार कायम गर्ने । यदि यी कदमहरू दृढताका साथ चालिए भने नेपालले ७ प्रतिशत वृद्धि हासिल गर्दै मध्यम आय भएको देश बन्न सक्छ । जनधारणा साप्ताहिक

यो पनि पढ्नुहोस्

मधेस प्रदेशका सांसदहरुसंग छलफल सुरु

मधेस प्रदेशका सांसदहरुसंग छलफल सुरु

१२ घण्टा अगाडि
नेपाले अमेरिकालाई ३१८ रनको लक्ष्य प्रस्तुत

नेपाले अमेरिकालाई ३१८ रनको लक्ष्य प्रस्तुत

१३ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

को हुन् भारतमा ‘कक्रोज जनता पार्टी’ बनाउने अभिजीत ?

नेपाले अमेरिकालाई ३१८ रनको लक्ष्य प्रस्तुत

इद–उल–अजहाका अवसरमा सार्वजनिक बिदा

एमालेले फिर्ता गर्‍यो भीआईपी उपचारको साढे तीन करोड

मगर संघको १३ औं राष्ट्रिय महाधिवेशन सुरु

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक