शुक्र, बैशाख १८, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home विचार

सुकुम्बासी समस्या र समाधानको सही सुत्र

धारणा न्यूज by धारणा न्यूज
२ घण्टा अगाडि
Reading Time: 1 min read
0
स्वाधीनता संग्रामको मर्म र भावनाको सन्दर्भ र नेपाल–भारत सम्वन्ध
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

लोकनारायण सुबेदी
नेपालको जन क्रान्तिले पूर्णता नपाएको र सामन्ती अर्थब्यवस्था ठोस सरचनात्मक परिबर्तन आउन नसकेको कारण मूलतः हाम्रो देश र त्यसमा पनि कृृषि र किसान लामो समयदेखि पिछडिएको अबस्थमा रहन बाध्य छ । नेपालमा सुकुम्बासीको समस्या उत्पन्न हुनु र निरन्तर कायम रहिरहनुको पछडि बिबिध कारण भए पनि मूल कारण चाँही यही हो । यस वास्तबिकतामा राम्रोसँग नघोत्लिई र निराकरणको सही उपाय नखोजी टुक्रे र टालटुले उपाय अबलम्बन गरेर यो समस्याको सही र दीर्घकालीन समाधान हुनसक्ने स्थिति पनि फेरि पनि बन्दैन । सुुकुम्बासी आयोग बन्ने, जग्गाको पूर्जा बितरण गर्ने तर समस्या हल हुनुको साटो त्यो काचै पल्टिने र त्यसमा अनेक अबाञ्छित आर्थिक चलखेल र बिकृति बढ्ने अहिलेसम्मका यथार्थ अनुभवले प्रष्ट पारेको छ ।
नेपालमा केन्द्रिय तथ्यांक बिभागले १३ करोड खर्च गरेर १२ बर्ष अघि अर्थात् २०७० पौष ९ गते गराएको कृषि गणनापछि सार्वजनिक गरेको आधिकारिक तथ्यांक अनुसार अहिले पनि देशका ८३ प्रतिशत किसानहरुको मूख्य आयश्रोत कृषि नै हो भन्ने प्रष्टसँग औंल्याएको थियो । त्यो कृषि गणना अनुसार आफ्नै खाद्यान्न उत्पादनले १० देखि १२ महिनासम्म अपुग हुने परिवारको संख्या १५ प्रतिशत जति रहेको छ । ७ देखि ९ महिनासम्म अपुग हुने किसानको संख्या २३ प्रतिशत, ४ महिनादेखि ६ महिनासम्म अपुग हुने किसानहरु ४४ प्रतिशत अर्थात सबैभन्दा धेरै र १ देखि ३ महिनासम्म अपुग हुने किसान परिवार १८ प्रतिशत रहेको देखाएको छ । यो स्थिति मूलतः जमिनको असमान बितरण र उत्पादनमा हुने असमानताबाट उत्पन्न भएको हो । जसले गर्दा कृषिमा मात्र भर परेर खाना लगायत दैनिक जीवनका आवश्यकता परिपूर्ति हुन सक्तैन । त्यसले गर्दा जीवन गुजरा गर्न किसानले गाउ छोडेर गुजरा गर्ने अन्य उपायका लागि रोजगारीको खोजीमा शहर बजार सदरमुकम, राजधानी या बिदेशसम्म जानुपर्ने स्थिति बिद्यमान छ ।
जमिन बितरणको असमानताका अतिरिक्त देशका कृषि बिज्ञहरुका अनुसार उन्नत प्रबिधिको अभाव, पर्याप्त जमिनको कमी र सिञ्चाईको अभावका कारण उत्पादनको कमीले समेत किसान परिवारले असन्तुलित आहाराको भर पर्नु पर्ने हुन्छ । यसले किसानको स्वास्थ्यमा पनि प्रतिकूल असर पर्ने कुरा निश्चित छ । देशमा झण्डै ७५ प्रतिशत किसान परिवारसँग १ हेक्टर भन्दा पनि कम जमिन रहेको छ । पाँच–सात सदस्य रहेका किसान परिवारसँग पर्याप्त जमिन, सिचाई, उन्नत मल बिऊ तथा उन्नत प्रबिधिको अभावका कारणले यस्तो स्थिति सिर्जना भएको बिज्ञहरुको निचोड छ ।
अझ थप तथ्यांक बिभागले यसमा सडकको पहुच, सानोतिनो भए पनि औद्योगिक क्षेत्रको बिकास, बढ्दै गएको शहरीकरण आदिका कारणले कृषि कार्य गरिने जमिन भने घट्दै गएको समेत औंल्याएका छ । तर खेतीयोग्य जमिनलाई बिचौलियाहरुले घडेरीमा परिणत गरी ‘रियल इस्टेट’ ब्यपार चलाएको र उत्पादन घटेको कुरा भने तथ्यांक बिभागले नदेखेको हो कि आँखा चिम्लिएको सन्देह नै छ । उत्पादनमा लाग्नुपर्ने जमिन बिबिध कारणले यसरी घटे पनि त्यसको ठिक बिपरीत किसान परिवारको संख्या भने बढ्दै गएको छ । तथ्यांक अनुसार कृषि गणना गरिएको बर्ष अघिको १० बर्षको तुलनमा किसान परिवार संख्या ४ लाख ६७ हजारबाट बढेर त्यो बर्ष ३८ लाख ३१ हजार पुगेको तथ्यांक बिभागले उल्लेख गरेको थियो । अझ त्यो संख्या मध्ये पनि १ लाख १६ हजार किसान परिवार भने अन्न उत्पादनमा नलागी केवल पशुपालनमा मात्र लागेको सीमित रहेको पनि दर्शाइएको छ ।
किसान परिबार बढ्ने, जमिनको असमान बितरण हुने, उब्जाउ जमिन घडेरी(आवास क्षेत्र)मा परिणत गर्ने र ठूलो संख्यामा भूमिहीनहरुको जनसंख्या बढ्दै जाने, अनि अनुदानमा प्राप्त भए गरिएका उद्योगधन्धाहरु निजीकरणको नाममा कौडीको मोलमा बेचेर स्वाहा पारेपछि बेरोजगार सुकुम्बासी बढ्ने कुरा भइहाल्यो । तीमध्ये सबै बैदेखिशक रोजगारीगरमा जान सक्ने स्थितिका पनि हुँदैनन् । यसरी सुकुम्बासी र अब्यस्थित बसोबासी निरन्तर बढ्ने बढाउने परिस्थिति बनेपछि सकुुम्बासीको समस्याको स्थाई र भरपर्दो समाधान कसरी होला र ?
वास्तवमा आज नेपालले योजनाबद्ध बिकासको ६५ बर्ष पार गरिसक्दा पनि किसान र कृषिको यस्तो दारुण अबस्था रहनुमा को–को जिम्मेवार छन् त्यो केलाउनै पर्ने बिषय बनेको छ । यस स्थितिप्रति कसैले पनि दायित्वबोध नगर्ने र बेवारिसे छाड्ने हो भने यो मुलुकको पिछडिएको कृषि क्षेत्रमात्रै होइन कुनै क्षेत्र पनि सही किसिमले अघि बढ्न नसक्ने कुरा एकदमै प्रष्ट छ । त्यसैले यो स्थितिको सही र दीगो बैज्ञानिक समाधानका लागि बैज्ञानिक भूमिसुधार, राष्ट्रिय राष्ट्रिय औद्योगिकरण तथा मूलतः आन्तरिक खपतका लागि आम बिद्यूतिकरणको ‘एकीकृत प्याकेज’कार्यान्वयनको ठोस योजना आजको ज्वलन्त राष्ट्रिय आवश्यकता हो । यसो गर्न सके सुकुम्बासी समस्याको पनि सही समाधन हुन सक्ने स्थिति बन्दछ । शहरी सौन्दर्यकरणको नाममा अस्थाईरुपमा सुकुम्बासीलाई को हो को होइन भन्ने आवश्यक छानबिन नै नगरी उनीहरु बसेका टहरा भत्काएर बिचल्ली र बिल्लिबाठ पारेर छानबिन गर्ने कुरा अमानबीय र दमनकारी कुरा सधै हुने गरेको छ । त्यो सुशासन र औचित्यपूर्ण कुरा कदापि होइन, हुन सक्तैन ।
त्यसमा पनि गैर सुकुम्बासीलाई प्रोत्साहन दिने, घुसाउने, अब्यस्थित बसोबासी बनाउने सत्ताधारीहरुको अबाञ्छित राजनीतिक हस्तक्षेपको चलखेलले सुकुम्बासी समस्या हल गर्नेभन्दा पनि त्यो समस्यालाई भोट बंैक कार्डकोरुपमा प्रयोग गरेर समस्यालाई समाधानहीन राख्ने र झन जटील तुल्याउने प्रपञ्च मात्र भइरहेको छ । तसर्थ यो समस्या हल गर्न समग्र कृषि प्रणालीकै पुनर्संरचना गर्नुपर्ने राष्ट्रिय आबश्यकता छ । २०४६ पछिको बडाल आयोग र २०६३ पछिको गजुरेल आयोय समेतले कृषि र किसानका समग्र समस्या हल गर्न दिएका प्रतिबेदनहरु दराजमा थन्क्याएर जनतका समस्यामाथि स्वार्थको खेलबाड गर्ने काम निरन्तर भइरहेको छ ।
कृषिलाई गतिहीन र गए गुज्रेको राखेर किसानहरुका समस्या हल नगरी कृषि क्षेत्रपनि बिदेशकै हातमा सुम्पन्ने तारतम्य त मिलाईद त छैन भन्ने गम्भीर प्रश्न पनि उठिरहेको छ ।बिश्व साम्राज्यवादी भूमण्डलीकरण, बजारीकरण र उदारीकरण जस्ता शोषणमा आधारित र किसानलाई बिस्थापित गर्ने गलत नीतिले गर्दा बिस्तार, बिकसित र आत्मनिर्भर हुनसक्ने हाम्रो कृषि क्षेत्र अगाडि बढ्न सकेको छैन । त्यसैले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गलत र किसान बिरोधी नीतिले गर्दा आज देश पिछडिएको र बहुआयामिक गरीबले गर्दा आज नेपाली किसानको सबैभन्दा ठूलो हिस्सा नाजुक अवस्थाबाट गुज्रिरहेको मात्र छैन, कृषि प्रधानबाट कृषि–आयात प्रधान देश बनिसको छ । यस स्थितिबाट किसानलाई मुक्त गरेर देशलाई आम उत्पादनशील औद्योगीकरण र आधुनिकीकरणको दिशामा अग्रसर गराउन बैज्ञानिक भूमिसुधार, राष्ट्रिय औद्योगीकरण तथा आम बिद्यूतिकरण जस्ता महत्वपूर्ण र एक अर्काका परिपुरक राष्ट्रिय महत्वकका आधारभूत बिषयहरुलाई एकीकृतरुपमा अघि बढाउने संबैधानिक ब्यवस्था गरी आवश्यक कदम तत्काल चालिनु अत्यावश्यक छ । यसका लागि राज्य क्षेत्रको भूमिकालाई जन उत्तरदायी किसिमले अग्रस्थानमा राखेर राष्ट्रिय निजी पूँजीलाई पनि प्रश्रय दिने मिश्रित अर्थ ब्यवस्थाको नीति अवलम्बन गर्दै अर्थतन्त्र साझा, सहकारी र सामुहीक दिशामा अभिमुख हुने स्वाधीन नीति अवलम्बन गरिनु परमाबश्यक छ । यसरी मात्र समग्र कृषि र सुकुम्बासी, अब्यवस्थित बसोबासी समेतको समस्याको दीगोरुपमा समाधान हुने ढोका खुल्छ र दीर्घकालीन समाधान निस्कन्छ । अन्यथा यो एउटा बल्झिरहने दीर्घ रोग बनेर जनता र देशलाई सताइरहने निश्चित छ ।अनि अन्ततः कृषि लगायत चौतर्र्फी बिग्रँदो स्थितिले थप बिदेशी आर्थिक दबाब र हस्तक्षेप निम्त्याउने कुरा निश्चित छ ।

 

यो पनि पढ्नुहोस्

आज सिद्धार्थ गौतमको २५७०औँ जयन्ती मनाउँदै

आज सिद्धार्थ गौतमको २५७०औँ जयन्ती मनाउँदै

५० मिनेट अगाडि

एनआईसी एसिया बैंकद्वारा खानेपानी ट्यांकी र पम्प उपलब्ध

२ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

सभामुखसँग राष्ट्रसङ्घकी आवासीय संयोजकले गरिन् भेटवार्ता

फेरि फुट्दै प्रचण्ड-माधवको नेकपा

संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान

हुम्लामा पहिलो पटक डेङ्गु सङ्क्रमण पुष्टि

सुकुम्बासीहरूले आफैं सामान सार्न थाले

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक