बिहि, बैशाख १०, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home विचार

अब कस्तो होला सुधारिएको कांग्रेस ?

धारणा न्यूज by धारणा न्यूज
३ घण्टा अगाडि
Reading Time: 1 min read
0
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

–निमकान्त पाण्डे
जेनजी आन्दोलनपछि सबैभन्दा आन्तरिक कलहमा रहेको पार्टी हो, नेपाली कांग्रेस । कांग्रेसमा विशेष महाधिवेशनको विषयलाई अहिले पनि दुई धार छ । एकातिर पूर्वसभापति शेरबहादुर देउवा र पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्का छन् भने अर्कोतिर सभापति गगन थापा । निर्वाचन आयोगदेखि सर्वोच्च अदालतसम्मले विशेष महाधिवेशनलाई वैधानिकता दिइसकेका छन् । तर, देउवा पक्षले यसलाई स्वीकार्नै सकेको छैन । नेपालकै पुरानो पार्टी किन यो अवस्थामा आइपुग्यो ? अब कांग्रेसको भविष्य के होला त ?
कांग्रेस नेपालको सबैभन्दा पुरानो र ठूलो लोकतान्त्रिक पार्टी हो । राणाशासनविरुद्धको संघर्षदेखि बहुदलीय प्रजातन्त्रको स्थापना, २००७ सालको क्रान्ति, २०४६ सालको जनआन्दोलन र २०६२÷६३ को दोस्रो जनआन्दोलनसम्ममा यस पार्टीको अग्रणी भूमिका रहँदै आएको छ । विश्वेश्वरप्रसाद कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला जस्ता नेताहरूले नेतृत्व गरेको यो पार्टीले नेपाललाई लोकतान्त्रिक गणतन्त्रसम्म पु¥याउन निर्णायक योगदान दिएको छ । तर विगत एक दशकयता पार्टी सत्ता केन्द्रित गुटबन्दी, भ्रष्टाचारको आरोप, युवा पुस्ताप्रति उदासीनता र संगठनात्मक कमजोरीका कारण जनताको विश्वास गुमाउँदै गएको देखिन्छ ।
फागुन २१ के आम निर्वाचनमा कांग्रेसले मात्र ३८ सिट जितेर प्रमुख प्रतिपक्षको भूमिकामा सीमित भएको छ । पुराना नेतृत्व शेरबहादुर देउवाको स्थानमा गगन थापाको नेतृत्वमा विशेष महाधिवेशनबाट नयाँ नेतृत्व चयन भए पनि पार्टी विभाजनको छायाँ अझै छ । केही नेताले भने कांग्रेस अब सुध्रिनुपर्ने बताइरहेका छन् । सुधारिएको कांग्रेसको पहिलो विशेषता हुनेछ—पुस्तागत नेतृत्व हस्तान्तरण । गगन थापा जस्ता ४०–५० वर्षका युवा नेताहरूलाई केन्द्रीय भूमिका दिँदै ६० वर्षमाथिका नेताहरूलाई सल्लाहकार भूमिमा सीमित गर्नुपर्छ । पार्टी विधानमा प्रधानमन्त्री वा सभापतिका लागि अधिकतम दुई कार्यकालको सीमा लगाउनुपर्छ । आन्तरिक चुनावलाई पूर्ण रूपमा डिजिटलाइज र पारदर्शी बनाउनुपर्छ । सदस्यता नवीकरण, उम्मेदवार चयन र नीति निर्माणमा आधारभूत सदस्यहरूको प्रत्यक्ष सहभागिता सुनिश्चित गर्न ’वन मेम्बर वन भोट’ प्रणाली लागू गर्न सकिन्छ ।
गुटबन्दीलाई अन्त्य गर्न प्रत्येक जिल्ला र प्रदेश समितिमा स्वतन्त्र निर्वाचन आयोग जस्तो संरचना बनाउनुपर्छ । यसले नेतृत्व चयनलाई योग्यता, लोकप्रियता र इमानदारीमा आधारित बनाउँछ । सुधारिएको कांग्रेसमा ’नेतृत्व विकास एकेडेमी’ स्थापना गरी युवा कार्यकर्ताहरूलाई प्रशिक्षण दिनुपर्छ । यसले बिपी कोइरालाको समाजवादी चिन्तनलाई २१ औं शताब्दीको सन्दर्भमा व्याख्या गर्दै नयाँ पुस्तालाई तयार पार्छ । हालको कांग्रेसमा केन्द्रीयता अत्यधिक छ । सुधारमा संघीय संरचनालाई मजबुत बनाउँदै प्रदेश, जिल्ला र स्थानीय तहलाई स्वायत्तता दिनुपर्छ । प्रत्येक तहमा युवा, महिला, दलित, जनजाति, मधेशी र अल्पसंख्यकको न्यूनतम ४० प्रतिशत प्रतिनिधित्व अनिवार्य गर्नुपर्छ । तरुण दल र विद्यार्थी संघलाई स्वतन्त्र रूपमा सञ्चालन गर्न दिँदै उनीहरूलाई नीति निर्माणमा सहभागी गराउनुपर्छ ।
डिजिटल युगलाई आत्मसात् गर्दै पार्टीको सदस्यता, दैनिक गतिविधि र अन्तरक्रिया एप वा प्लेटफर्ममार्फत गर्नुपर्छ । विदेशमा रहेका नेपालीलाई ’गैरआवासीय कांग्रेस’ मार्फत पूर्ण अधिकार दिँदै उनीहरूको ज्ञान, पुँजी र सञ्जाललाई देश विकासमा जोड्नुपर्छ । जनताको सबैभन्दा ठूलो गुनासो भ्रष्टाचार हो । सुधारिएको कांग्रेसले ‘जीरो टलरेन्स’ नीति अपनाउनुपर्छ । सबै उम्मेदवार र पदाधिकारीको सम्पत्ति विवरण सार्वजनिक गर्ने, स्वतन्त्र भ्रष्टाचार आयोग गठन गर्ने र पार्टीभित्र ‘इथिक्स कमिटी’ बनाउने । सत्ता वा प्रतिपक्ष जुनसुकै भूमिमा रहे पनि भ्रष्टाचारको मुद्दामा पार्टीले आफ्ना नेता बचाउन नहिचकिचाउने । यसले पार्टीको छवि सफा गर्छ र जनविश्वास फर्काउँछ ।
जनताले अब सपना होइन, परिणाम खोजेका छन् । कांग्रेसले यो सुधारलाई आत्मसात् गर्नुपर्छ । कुनै पनि व्यवस्था वा पार्टी साँच्चै सुधारिने भनेको नेता र कार्यकर्ताहरूको कार्यशैली, संस्कार र व्यवहारमा गहिरो परिवर्तन आउनु हो । कांग्रेसमा यदि गुटबन्दी, परिवारवाद र भ्रष्टाचारको पुरानो संस्कार कायम रह्यो भने नयाँ नेतृत्वले पनि उही गल्ती दोहो¥याउन सक्छ । गगन थापा युवा, ऊर्जावान् र इमानदार छविका छन् तर पार्टीभित्र पुराना प्रभाव र संरचना अझै जीवित छन् । यदि उनले साँच्चै सुधार गरेनन् भने जनताले फेरि ठूलो निराशा मात्र पाउनेछन् ।
कांग्रेसले पटकपटक सत्ता प्राप्त गरे पनि विकास र सुशासन दिन सकेन । भ्रष्टाचार, राजनीतिक अस्थिरता र गरिबी कायम रह्यो । अब सुधारिएको कांग्रेसबाट फेरि त्यही पुरानो अवस्था दोहोरिनु हुँदैन । यसका लागि कार्यशैलीमा गहिरो परिवर्तन आवश्यक छ । भ्रष्टाचारमा शून्य सहनशीलता केवल नारा नभई व्यावहारिक रूपमा लागू गर्नुपर्छ । जनतासँग प्रत्यक्ष जोडिनुपर्छ, ठूला नारा होइन कामबाट विश्वास कमाउनुपर्छ । युवा र नयाँ पुस्तालाई वास्तविक स्थान दिनुपर्छ, पुराना संस्कारलाई त्याग्नुपर्छ । सत्तामा पुगेपछि पहिलो दिनदेखि नै सुशासनको प्रमाण देखाउनुपर्छ ।
यदि कांग्रेसले इतिहासबाट सिकेन भने सुधारिएको पञ्चायत जस्तै ढलेर जान सक्छ । जनताले अब नारा र आश्वासन होइन, ठोस परिणाम खोजेका छन् । गगन थापाको नेतृत्वमा यो ठूलो अवसर छ, साँच्चै सुधार गरेर देश बदल्ने । अन्यथा इतिहास फेरि दोहोरिनेछ । कांग्रेसले यो चुनौतीलाई अवसर बनाओस् र असफलताको अर्को अध्याय नबनोस् । जनताको आशालाई साकार बनाउने जिम्मेवारी अब यस नयाँ नेतृत्वको काँधमा छ । जनधारणा साप्ताहिक

 

यो पनि पढ्नुहोस्

प्रचण्ड सच्चिने कि विप्लव पनि बिग्रिने ?

डायस्पोरा बण्ड घोषणाले देशको अर्थव्यवस्थामा सकारात्मक परिणामको संकेत !

३ घण्टा अगाडि
प्रकृतिलाई जोगाउने कि भयावह संकटको भुँवरीमा पर्ने ?

मातृ दिवसको परम्परा र आजको सन्दर्भमा यसको महत्व

३ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

मन्त्रिपरिषदकाे बैठकका निर्णयहरू

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

जेनजी आन्दोलन घटनाका कारबाही गर्न ‘छिट्टै’ सिफारिस गर्ने

‘नाच रे पतरकी’ मा सदाम र रेविकाको ठुम्का

गृहमन्त्री गुरुङले जारी गरे स्पष्टीकरण

चुरे संरक्षणलाई मधेश सरकारले प्राथमिकतामा राख्नुपर्छ : नेता मिश्र

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक