बिहि, बैशाख ३, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home सम्पादकीय

ओलीको फेरिएको बोली !

धारणा न्यूज by धारणा न्यूज
४ घण्टा अगाडि
0
प्रचण्ड सच्चिने कि विप्लव पनि बिग्रिने ?
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

नयाँ वर्ष २०८३ को आगमनसँगै पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले सामाजिक सञ्जालमार्फत दिएको शुभकामना सन्देशबाट उनको बोली फेरिएको आभास भएको छ । ‘सुरक्षित र समृद्ध नेपाल निर्माणका लागि पाको अनुभव र नवयुवाको ऊर्जाबीच सार्थक सहकार्य आवश्यक छ’ भन्ने उनको अभिव्यक्ति सामान्य शुभकामना होइन, उनको विगतको कठोर, आक्रामक र एकलकाँटे शैलीसँग तुलना गर्दा एकदमै फरक र नरम देखिन्छ । यो फेरिएको बोली कतै आत्मसमीक्षाबाट आएको हो कि भन्ने अनुमान गर्न सकिन्छ ।
केही महिनाअघिसम्म ओलीको बोलीमा युवाप्रति आक्रोश झल्किन्थ्यो । जेनजीको आन्दोलन, सत्ता संघर्षका बेला उमा तीखो आलोचना, ‘मैले मात्र गर्न सक्छु’ भन्ने अहम्प्रबल थियो । तर नयाँ वर्षको यो सन्देशमा उनले विगतका असफलता र उपलब्धिलाई स्वीकार गर्दै २०८२ लाई इतिहास बनाऔं, २०८३ लाई समृद्धिको वर्ष बनाऔं भन्दै अनुभवी पुस्ता र युवा शक्तिबीचको पुल निर्माणको कुरा गरेका छन् । नेपालको राजनीति दशकौंदेखि पुस्तागत खाडलको बन्दी बनेको छ । पुराना नेताहरूको अनुभवलाई युवा पुस्ताले पुरातन र ढिलो ठान्छन् भने युवाहरूको जोश, साहस र प्रविधिप्रेमलाई वरिष्ठ नेताहरूले अस्थिर र अनुभवहीन भन्न रुचाउँछन् ।
हिजो सत्तामा हुँदा ओलीको बोली सत्ताको आत्मविश्वासले भरिएको हुन्थ्यो । उनले आफ्ना निर्णयलाई ऐतिहासिक, आलोचकलाई भ्रमित र विपक्षलाई कमजोर देखाउने शैली अपनाउँथे । तर अहिले उनी आफैं कानुनी र राजनीतिक दबाबको घेरामा छन् । यही सन्दर्भमा उनको बोलीमा आएको परिवर्तनलाई केवल रणनीतिक लचकता मात्र भनेर बुझ्न मिल्दैन, यो परिस्थितिजन्य बाध्यता पनि हो । राजनीतिमा बोली केवल अभिव्यक्ति होइन, त्यो सन्देश पनि हो । नेताको शब्दले जनतालाई प्रभावित गर्छ, कार्यकर्तालाई प्रेरित गर्छ र विपक्षलाई चुनौती दिन्छ । त्यसैले बोली फेरिनु भनेको केवल शब्द फेरिनु होइन, त्यो राजनीतिक अवस्थाको संकेत पनि हो ।
ओलीको बोली ढिलो आएको छ तर यो अनुभवी राजनीतिज्ञको भाषामा आएको छ । ओलीले पाठ सिकेर अघि बढ्नुपर्ने कुरा खुलस्त स्वीकार गर्नु नेतृत्वको परिपक्वताको संकेत हो । यदि यो भावना शब्दमा मात्र सीमित रहेन भने र व्यावहारिक रूपमा कार्यान्वयन भयो भने नेपाली राजनीतिको लागि सुखद मान्न सकिन्छ । समृद्ध र सुरक्षित नेपालको सपना पूरा गर्न अनुभव र ऊर्जाको मेल अपरिहार्य छ । ओलीले अझै पनि पार्टीमा सही दिशा र मार्गदर्शन दिन सक्छन् भने युवालाई अघि बढाउन सक्छ । पार्टीको नेतृत्व तहमा युवालाई अवसर दिने, रोजगारी, गुणस्तरीय शिक्षा, स्वास्थ्य र प्रविधिलाई प्राथमिकतामा राख्ने, पुस्तान्तरणलाई संस्थागत गर्ने हो भने मात्र यो सन्देशले सार्थकता पाउँछ । नेपाल अहिले गम्भीर आर्थिक संकट, युवा पलायन, राजनीतिक अस्थिरता र राष्ट्रिय स्वार्थका चुनौतीहरूको भुमरीमा छ । यस्तो कठिन घडीमा नेताहरूको बोली फेर्नु मात्र पर्याप्त छैन, उनीहरूको व्यवहार र कार्यशैली पूर्ण रूपमा फेरिनु आवश्यक छ ।

यो पनि पढ्नुहोस्

रास्वपाका प्रवक्ता झाले सभापति खतिवडाको राजीनामा मागे

रास्वपाले टुंगो लगाएको समिति सभापतिका उम्मेदवारहरु

२ घण्टा अगाडि
‘जिब्रो छेड्ने जात्रा’ यस वर्ष पनि धुमधामका साथ मनाइयाे

‘जिब्रो छेड्ने जात्रा’ यस वर्ष पनि धुमधामका साथ मनाइयाे

४ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

आज सातै प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गर्दै प्रम

घरमै पुुगेर राहदानी वितरण

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार

पेट्रोलियम पदार्थको मूल्यवृद्धि

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक