आइत, जेष्ठ ३१, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home विचार

महिला भएकै कारण विभेदकारी व्यवहार किन ?

धारणा न्यूज by धारणा न्यूज
२ महिना अगाडि
Reading Time: 1 min read
0
महिला भएकै कारण विभेदकारी व्यवहार किन ?
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

-ईश्वरी सिंह,
हाम्रो नेपाली समाजमा महिलाको पहिचान घरसँग मात्र जोडिने प्रचलन छ । महिलालाई घरको काममा मात्र सिमित राख्ने ,वंश जन्माउने मेसिनको रुपमा प्रयोगको सामग्रि मानिने पुुरुषवादी चिन्तन हावि रहेको छ ।

गर्भमा छोरी छ भन्ने कुुरा थाहा पाए देखि विभेदकारी व्यवहार सुुरु हुुन थाल्छ । केहि शिक्षित वर्गले भेदभाव गर्न छोडे पनि अधिकाशं जसो घरमा अहिले पनि छोरा र छोरी बिचको भिन्नताको व्यवहार अन्त्य हुुन सकेको छैन ।
जन्म घरमा रहँदा एउटा महिलाले बुुवा,दाजुुभाई र समाजकोलागि बाँचि दिनुु पर्ने । प्रेम गर्दा प्रेमिले भने अनुुसार बाँचि दिनुु पर्ने । विवाह भइ सके पछि श्रिमान र उनका घरकाले भने अनुुसार बाँचि दिनुु पर्ने । छोरा छोरी हुुर्कि सके पछि उनिहरुले भने बमोजिम बाँचि दिनुु पर्ने । अनि आफ्नो इच्छा,चाहना र सोचे अनुुसारको काम गर्न न पाउने, आफ्नो व्यक्तिगत विचार अनुुसार बाँच्न न पाउने किन ?
यो प्रश्न धेरै महिलाहरुको मनमा होला तर जबाफ एउटै पाइन्छ । तिमि महिला भएर जन्मिएकी हौ त्यहि भएर परिवार र यो समाजको इज्जत बचाउने ठेक्का तिम्रो हो ।
कस्तो निति नियम हो भनेर कहिले काँहि त मलाई अचम्म र दिक्क पनि लाग्छ । खुुलेर हाँस्यो भने उश्रृंखल भएकी, विचार प्रस्तुुत गर्यो भने कति जान्ने भएर बोलेकी,आफुुलाई चित्त न बुुझेर प्रतिवाद गर्यो भने कति मुुख लागेकि,आफुु माथि हिंसा हुुँदा विरोध गर्यो भने महिला भएर सहन न सकेकी यस्ता कुुरा त कति हो कति भनेर साध्य नै छैन ।
महिलाको विवाह न हुुन्जेल मात्र माइतकाले आफ्नो कर्तव्य ठान्ने गर्छन् ।
विवाह भइ सके पछि अर्काको घर गइ सकेकी भन्ने अनि श्रिमानका घरकाले पराई घर बाट आएकि भनेर तुुच्छ शब्द सुुनाउने गर्छन् ।
अनि महिलाको घर खै त ?
उनको पहिचान खै त ?
एउटा महिला बुुवाको र श्रिमानको नामबाट मात्र कहिले सम्म  परिचित हुुनुु पर्ने हो ?
यो संस्कारको अन्त्य कहिले हुुन्छ सरकार ?
आफ्नो परिचय पाउनकोलागि बुुवाको खोजि गरिन्छ । आफुुले जन्माएको बच्चाको पहिचान दिलाउनकोलागि श्रिमानको खोजि गरिन्छ । कुुनै कारण वश बुुवा र श्रिमान न भएकि महिलाको पहिचान केहि पनि न हुुने हो र ?
महिलाको पनि त जिवन छ । उनि भित्र पनि त प्राण छ ।उनि पनि पुुरुष सरह हरेक क्षेत्रमा अगाडी बढ्न र गर्न सक्छिन् । उनि पनि मानव भएर जन्मिएकी हुुन् । लिङ्गको आधारमा मात्र किन महिलालाई यति धेरै भेदभाव गरिएको होला ।महिलालाई अवसर कोटा होइन अधिकार चाहिएको छ ।
किन बुुझ्दैनन् यो समाजले महिला विना कुुनै व्यक्तिको अस्तित्व नै छैन । महिलाले हरेक घर र संसारलाई सिङ्गारेकी छिन् ।महिला विना यो सृष्टि नै अधुुरो र अपुुरो छ ।उ नी पनि खुुलेर हाँस्न र बोल्न चाहान्छिन् । उनको पनि आफ्नो व्यक्तिगत विचार हुुन्छ ।सोहि विचार अनुुसार उनि आफ्नो जिवनलाई स्तन्त्र रुपले एउटा पंक्षि बनेर उड्न चाहान्छिन् ।
तर जब कुुनै महिलाले सार्वजनिक मंचमा उभिएर आफ्नो विचार प्रस्तुुत गर्छिन् । सामाजिक संजालमा राजनितिक विषय वस्तुुमा आफ्नो धारणा प्रस्तुुत गर्छिन् भने समाजको एउटा तप्काले उक्त महिलालाई विद्रोही,चरित्रहिन र घमण्डीको संज्ञा दिन थाल्छ । यस्तो लाग्छ कि उनि यो विषयमा अज्ञानि हुुन् । उनिमा बौद्धिकता नै छैन जस्तो गर्छन् ।के यो संसारमा महिलाको कुुनै अस्तित्व नै छैन ?
उनि घर समहाल्न र पुुरुषलाई मनोरंजन दिने साधानको रुपमा मात्र प्रयोग भई रहने हो ?
पुुरुषले राजनीति गर्दा त्यसलाई स्वभाविक मान्ने यो समाजले महिलाले राजनितिमा खुट्टा टेक्न खोज्दा घर परिवार बिगारेको आरोप किन खेप्न पर्ने ?
महिलाहरुले राजनिति गर्न खोज्दा चरित्रहिनको बिल्ला किन भिड्न पर्ने ?
जब महिलाले समाजको विकृति,अर्थतन्त्र,परराष्ट्र नितिको मुुद्दामा कलम चलाईन् भने यो समाजलाई असहय हुुन्छ । राजनितिमा महिलाको प्रवेशलाई संख्या पुुर्याउने माध्यमको रुपमा मात्र स्विकार गर्छ तर निर्णायक शक्तिको रुपमा स्विकार गर्न किन सक्दैन ?
महिलाहरुले राजनिति गर्न खोज्दा उनिहरुको जिवनको विगत,पहिरन प्रति समाजको संकुुचित दृष्टिकोणले गर्दा क्षमतावान महिलाहरु राजनितिमा आउन डराउने अवस्था श्रृजना गरिएको छ ।
पुुरुषले राजनिति सम्बन्धि मंचमा भाषण गर्यो भने प्रभावशालि मान्ने समाजले महिलाले कडा शब्दमा भाषण गर्दा उग्र महिला भनेर संज्ञा दिन कुुनै कसर बाँकि राख्दैनन् ।
हामि धेरै टाढा जानै पर्दैन यस पालिको संसदिय चुुनावको बेलामा विपक्षी दलका नेता र कार्यकर्ताहरुले चितवन क्षेत्र नम्बर ३ बाट चुुनावमा उठेकि सोविता गौतमको घटनालाई लिन सकिन्छ ।
उनको व्यक्तिगत जिवनलाई लिएर भन्न नहुुने र भन्न नमिल्ने कुुराहरु माईक समातेर बिच चोकमा उभेर पुुरुष नेताहरुले नै ठुुल्ठुुला स्वरले कराई रहेको सुुनेकै हौं । उनको विषयमा सामाजिक संजालमा तथानाम पोष्टहरु राखेर उनको इज्जत माथि धावा बोलेकै हुुन् । एउटा नारीले सबै दुुख कष्ट सहन सक्छिन् तर उनको इज्जत र आत्मसम्मानमा लागेको चोट सहन धेरै गाह्रो हुुन्छ ।
ति तुुच्छ शब्दहरु सुुनेर पनि सोविता गौतमले हिम्मत हारिनन् ।उनले अत्यधिक मत प्राप्त गरेर चुुनाव जितेर सांसद भईन् र आज उनि बालेन्द्र साह बालेन सरकारको कानुुन मन्त्रि भएकी छिन् ।उनको स्थानमा अन्य महिला भएकी भए त्यसरी हिम्मत जुुटाएर अघि बढ्न गाह्रो हुुन्थ्यो ।तर उहाँले समाजका केहि तत्वहरुले गरेका गालिलाई आफ्नो शक्तिमा परिवर्तन गनुुृभयो ।आफ्नोे  अपमान भई रहँदा पनि आँखाको आँशूूलाई आँखा मै रोकेर विश्वासका साथ आफुुलाई सम्हाल्नुुभयो ।
हुुनेखानेहरु मात्र राजनितिमा आउने संस्कारले गर्दा महिलाहरु झन् पछाडी परेको देखिन्छ । एउटा चुुनाव नै लड्नुु पर्यो भने पनि टिकट पाउनकोलागि पार्टिमा आर्थिक चलखेल हुुने र लबिङ्ग गर्नुु पर्ने हुुँदा महिलाहरुले पाउनुुपर्ने स्थान अझै पनि पाउन सकेका छैनन् ।
महिलाहरु राजनितिमा प्रवेश गर्नुु भनेको पद पाउनकोलागि होइन नि हजुुर,वर्षाै देखि सामाजिक संरचना र सोंच विरुद्धको लडाइँ लड्नकोलागि प्रवेश गर्न खोजेका हुुुन् ।
जब सम्म महिलाको राजनीतिक सक्रियतालाई उनिहरुको व्यक्तिगत जीवनसँग जोडेर हेर्न छोडिँदैन तबसम्म यो दृष्टिकोणमा परिवर्तन आउन कठिन छ । जनधारणा साप्ताहिक

यो पनि पढ्नुहोस्

नेपाल सरकारलाई सहयोग गर्न अपिल

नेपाल सरकारलाई सहयोग गर्न अपिल

११ मिनेट अगाडि
प्रतिनिधि सभामा विनियोजन शीर्षकमाथि आगामी छलफल हुने

प्रतिनिधि सभामा विनियोजन शीर्षकमाथि आगामी छलफल हुने

१ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

स्कटल्यान्डले हाइटीमाथि १–० को जित निकाल्यो

रास्वपाको बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित

आज विश्व रक्तदाता दिवस

पाल्पामा हालसम्म ८४२ जनामा एचआइभी सङ्क्रमित

कामपाले विद्युतीय भवन अनुमति प्रणालीको उपयोग गर्ने प्रबन्ध मिलाउने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक