शुक्र, जेष्ठ ८, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home लेख

नेपाली उद्धार गर्न कस्तो छ सरकारको कूटनीतिक पहल ?

धारणा न्यूज by धारणा न्यूज
२ महिना अगाडि
Reading Time: 2 mins read
0
खाडीमा रहेका ६५ हजार ८८६ नेपालीकाे विवरण दर्ता
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । मध्यपूर्वी देशहरूमा रहेका नेपाली हालसम्म सुरक्षित रहेको सरकारले जनाएको छ । परराष्ट्र मन्त्रालयले खाडी तथा मध्यपूर्वका अन्य देशमा रहेका नेपाली हालसम्म सुरक्षित नै रहेको जनाएको हो ।

इजरायल-अमेरिका र इरानबीचको बढ्दो तनावबीच सरकारले खाडी लगायत देशमा रहेका नेपाली सुरक्षित नै रहेको जनाएको हो ।

खाडी लगायतका विभिन्न देशमा रहेका नेपाली दूतावास तथा नियोगहरूले त्यहाँको अवस्थाबारे हरेक दिन परराष्ट्रमा रिपोर्ट हुने गरेको छ । ती देशमा रहेका १७ लाख २९ हजारमध्ये हालसम्म ६३ हजारभन्दा बढी नेपालीले आफ्नो विवरण अनलाइन पोर्टलमा टिपाएका छन् । तीमध्ये ५ हजार हाराहारीले आफूहरू असुरक्षित रहेको विवरण पेस गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीका अनुसार आफू असुरक्षित रहेको विवरण पेस गरेकाहरू समेत सुरक्षित छन् ।

‘अहिले पोर्टलमा ५ हजार जनाले ‘अनसेफ’ भनेर क्लिक गर्नुभएको छ, सुरु-सुरुमा फर्म भर्नेले अलि बढी अनसेफ भन्नुभएको थियो, तर अहिले ट्रेन्ड हेर्दा क्रमश: कम हुँदै गएको छ,’ उनले भने, ‘कतिपयले पछि फोन गरेर ‘म अहिले सेफ छु, मेरो स्टाटस अपडेट गरिदिनुस्’ पनि भन्नुभएको छ ।’

परराष्ट्रमन्त्री बालानन्द शर्माले बुधबारको पत्रकार सम्मेलनमा हालसम्म नेपालीहरू सुरक्षित रहेको र आवश्यक परेको खण्डमा उद्धार गर्न सरकार तयार रहेको बताएका थिए । त्यसका लागि राज्य संयन्त्रले काम गरिरहेको उनको भनाइ थियो ।

‘हामीले एउटा सिचुएसन सेन्टर बनाएका छौं, जसले नियमित यस्ता विषय अद्याविधिक गर्छ र भोलि उद्धार गर्नुपर्‍यो भने यसले आधारका  रूपमा काम गर्छ र सबै ठाउँमा सम्पर्क स्थापित गरिसकेको छ,’ मन्त्री शर्माले भने, ‘कति नागरिक छन्, कतातिर छन्, कसरी समन्वय गर्ने भन्ने कुरा मन्त्रालयले निर्देशन दिइसकेको छ र उहाँहरूले काम गरिराख्नुभएको छ, कमसेकम यो एउटा सञ्जाल सुरु भएको छ ।’

कुटनीतिक पहल

सरकारले यूएई, साउदी अरब, कतार, ओमान, बहराइन लगायत देशमा रहेका नेपालीको सुरक्षा उच्च प्राथमिकतामा राखेको जनाएको छ । त्यसका लागि सम्बन्धित देश तथा अन्य सरोकारवाला निकायसँग छलफल तथा सहकार्य भइरहेको जनाएको छ ।

प्रवक्ता पौडेलले अहिलेको अवस्थामा ट्रान्जिटमा परेका नेपालीलाई गन्तव्य पुर्‍याउन विभिन्न निकायसँग कूटनीतिक पहल भइरहेको बताए ।

‘ट्रान्जिटमा रहेका नेपाली सम्बन्धित गन्तव्य जान सकेनन्, त्यसका लागि कतिपय ठाउँमा नोट नै लेखेर यिनीहरूलाई पठाइदिनुस्  भनिरहेका छौं,’ पौडेलले भने, ‘जस्तो कि कतारको आकाश बन्द छ,  तर त्यहाँबाट बोर्डरबाट गयो भने साउदी अरबबाट उड्न भ्याइन्छ, साउदीलाई सहजीकरण गरिदेऊ भनेर हामीले कूटनीतिक पहल मार्फत काम गरिरहेका छौं ।’

नेपालले संयुक्त राष्ट्र संघीय निकायहरूसँग समेत कूटनीतिक पहल गरिरहेको छ । आईओएम, आईएलओ जस्ता राष्ट्र संघीय निकायहरूसँग समेत छलफल भइरहेको प्रवक्ता पौडेलले बताए ।

कतिपय निकायले अहिले समेत सहयोग गरिरहेका छन् भने कतिपयले आवश्यक परेको खण्डमा सहयोग गर्न तयार रहेको बताएका छन् ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले समेत खाडी लगायत युद्ध प्रभावित देशका नेपालस्थित दूतावाससँग समेत छलफल गरेको छ ।

श्रममन्त्री राजेन्द्रसिंह भण्डारीले साउदी लगायत देशमा रहेका दूतावासका अधिकारीहरूसँग छलफल गरेर नेपालीको सुरक्षा अवस्थाबारे चासो व्यक्त गरेका हुन् ।

परराष्ट्र मन्त्रालयले श्रम गन्तव्य देशहरूसँग समेत नेपालीको सुरक्षा र आवश्यक परेको खण्डमा उद्धारका विषयमा समेत छलफल भइरहेको जनाएको छ ।

परराष्ट्र सचिव अमृतबहादुर राईले पश्चिम एसियामा उत्पन्न सुरक्षा चुनौतीलाई नेपाल सरकारले गम्भीर भएर विश्लेषण गरिरहेको बताएका छन् ।

बुधबारको पत्रकार सम्मेलनमा सचिव राईले मन्त्रालयमा गठन भएको इमर्जेन्सी रेस्पोन्स टिम बैठकले विभिन्न निर्णय गरेको र ती कार्यान्वयन चरणमा रहेको बताएका थिए ।

ती निर्णय विभिन्न निकाय तथा नेपाली नियोगबाट कार्यान्वयन भइरहेको उनको भनाइ छ । परराष्ट्र मन्त्रालयले हालसम्म दैनिक र कहिलेकाहीँ बिहान तथा बेलुका दुई पटकसम्म आफ्ना नियोगहरूमा सम्पर्क गरेर विकसित घटनाक्रमसँग सुसूचित भइरहेको जनाएको छ ।

अहिलेसम्मको विश्लेषण अनुसार तत्कालै नेपाली नागरिकलाई सुरक्षाकै दृष्टिकोणबाट त्रास, डर वा जीवनमाथिको जोखिम उत्पन्न भएर उद्धार गरेर ल्याइहाल्नुपर्ने अवस्था नरहेको सचिव राईले बताए ।

यो पनि पढ्नुहोस्

मधेस प्रदेशका सांसदहरुसंग छलफल सुरु

मधेस प्रदेशका सांसदहरुसंग छलफल सुरु

१ घण्टा अगाडि
नेपाले अमेरिकालाई ३१८ रनको लक्ष्य प्रस्तुत

नेपाले अमेरिकालाई ३१८ रनको लक्ष्य प्रस्तुत

३ घण्टा अगाडि

श्रमिक पठाउने देशहरूसँग समेत सँगसँगै काम भइरहेको उनको भनाइ छ । ‘जो श्रमिक पठाउने देश छन्, तिनीहरूसँग पनि हामीले सँगसँगै काम गरिराखेका छौं, हामीले बंगलादेश, भार, पाकिस्तान, श्रीलंका, अरू देशका दूतावासका साथीहरूसँग पनि कुराकानी गरिरहेका छौं,’ सचिव राईले भने, ‘हाम्रा राजदूतहरू हुनुहुन्छ, उहाँहरूले प्रत्येक दिन श्रमिक पठाउने देशका मिसनहरूसँग समन्वय गरिराख्नुभएको छ, उहाँहरूले के सोच्दै हुनुहुन्छ, कसरी गरिराख्नुभएको छ, आफ्ना श्रमिक सुरक्षाका लागि र त्यही अनुसार हामी पनि तयारीमा छौं ।’

कृष्णसिंह धामी

अनलाइनखबर

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

को हुन् भारतमा ‘कक्रोज जनता पार्टी’ बनाउने अभिजीत ?

इद–उल–अजहाका अवसरमा सार्वजनिक बिदा

नेपाले अमेरिकालाई ३१८ रनको लक्ष्य प्रस्तुत

एमालेले फिर्ता गर्‍यो भीआईपी उपचारको साढे तीन करोड

मगर संघको १३ औं राष्ट्रिय महाधिवेशन सुरु

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक