आइत, बैशाख २०, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

दशरथ रंगशालामा ७१ जनाले ज्यान गुमाएकाे दिन आज

धारणा न्यूज by धारणा न्यूज
२ महिना अगाडि
Reading Time: 1 min read
0
दशरथ रंगशालामा ७१ जनाले ज्यान गुमाएकाे दिन आज
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं,  । २०४४ साल फागुन २९ गते अर्थात ३८ वर्षअघि आजकै दिन दशरथ रंगशालामा भागदौडमा परि ७१ जना खेलप्रेमीले ज्यान गुमाएका थिए। करिब ३० हजार दर्शक क्षमता भएको दशरथ रंगशालामा जनकपुर चुरोट कारखाना र बंगलादेशको मुक्तिजोद्धा त्रिभुवन च्यालेन्ज शिल्ड उपाधीका लागि आमने सामने हुँदै थिए ।

फाइनल खेल हेर्न बुटवल, जनकपुर, वीरगञ्ज लगायतका स्थानबाट समेतआजकै दिन दर्शकहरू राष्ट्रिय रंगशाला ओइरिएका थिए । फुटबलप्रेमीको समुह टिकट बोकेर दक्षिणी गेटबाट रंगशाला प्रवेश गर्न रस्साकस्सी गर्दै थिए। गेटमा तैनाथ सुरक्षाकर्मी तथा फुटबल संघका पदाधिकारीसँग टिकट जँचाउँदै दर्शकलाई भित्र पठाउँदै थिए।

दिउँसो २ः३० बाट सुरू भएको खेलमा बंगलादेशी टोलीले सुरूवाती अग्रता लियो । खेलको १९ औं मिनेट चलिरहँदा हावाहुरी यति जोडले चल्न थाल्यो कि सैनिक मुख्यालय तर्फका ठुलठुला रूखका हाँगा रंगशालामा खस्न थाले । दर्शक दीर्घामा हावाहुरीबाट ज्यान जोगाउन भागदौड सुरू भयो । रंगशाला प्रवेशका ढोकाहरू ताल्चा लगाइएको कारण समयमै दर्शकहरू बाहिरिन पाएनन् र किच्चिएर र च्याप्पिएर कम्तीमा ७० जना फुटबल फ्यानले ज्यान गुमाउन पर्यो भने कैयन समर्थकहरू घाइते भएका थिए ।

करिब ५ मिनेटपछि हावाहुरीको बबण्डर रोकिएपछि प्रहरी सुरक्षा घेराबीच बंगाली खेलाडीलाई होटलतर्फ लगिएको थियो ।जनकपुर चुरोट कारखानाका खेलाडी भोटेबहालस्थित होटल पुगेका थिए । अखिल नेपाल फुटबल संघ (एन्फा) ले रोकिएको खेल पछि हुने घोषणा गरेको थियो । तर, त्यो दुर्घटनापछि खेल हुन सकेन। तीन दिनपछि बंगलादेशी टोली पनि घर फर्किएको थियो ।

तत्कालीन शिक्षा तथा संस्कृतिमन्त्री केशरबहादुर विष्टले घटनाको चौथो दिन नैतिकताको आधार देखाउँदै राजा वीरेन्द्रसामु राजीनामा बुझाएका थिए । उक्त भयानक घटनापछि दशरथ रंगशालामा फुटबल खेल हुँदा अप्ठेरो अवस्था आइपरे दर्शकहरू सहज रूपमा नै बाहिरिन सकुन् भनेर खेलको दोश्रो हाफबाट नै प्रवेशद्धारहरू खुल्ला राख्न थालिएको थियो । दशरथ रंगशालामा घटेको उक्त दैवी प्रकोपलाई विश्व खेल इतिहासको ठूलो दुर्भाग्यपूर्ण क्षण मानिन्छ।

यो पनि पढ्नुहोस्

क्रिकेटर सन्दीप लामिछानेको भिसालाई लिएर अमेरिकी दूतावास यस्ताे प्रतिक्रिया दिए

सन्दीप लिग–२ प्रतियोगितामा एक सय विकेट लिने विश्वकै पहिलो बलर

१ दिन अगाडि
बिच कबड्डीको उपाधि भारतीय महिला कबड्डी टोलीले जित्याे

बिच कबड्डीको उपाधि भारतीय महिला कबड्डी टोलीले जित्याे

५ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

पाकिस्तानमार्फत अमेरिकासँग वार्ताका लागि नयाँ प्रस्ताव ल्याइयाे

मोटरसाइकल चोरीमा संलग्न रहेको अभियोगमा तीन जना पक्राउ

फोहोर पानी विसर्जन गरिँदा स्वास्थ्यमा गम्भीर जोखिम उत्पन्न

नेकपा उम्मेदवारलाई विजयी प्रमाणपत्र नदिएको भन्दै आपत्ति

महिलालाई बिक्रीको साधन किन बनाउँछन् पुरुषहरु ?

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक