शुक्र, बैशाख १८, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

शैक्षिक सामग्री वितरण

धारणा न्यूज by धारणा न्यूज
२ महिना अगाडि
Reading Time: 1 min read
0
शैक्षिक सामग्री वितरण
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

धादिङ । मिलाप फाउण्डेशनले विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको छ । ‘गरे के असम्भव एक सामाजिक अभियान’ भन्ने मूल नारासहित समाजसेवामा सक्रिय फाउण्डेशनले बुधबार धादिङ धुनिबेशी-३ स्थित श्रीत्रिकुटेश्वरी माध्यमिक विद्यालयका विद्यार्थीलाई विभिन्न शैक्षिक सामग्री वितरण गरेको हो ।

सहकार्य र सहानुभूतिको सुन्दर संगम बनेको उक्त कार्यक्रममा राष्ट्रखबर डट कम र नेशनल इभेन्ट म्यानेजमेन्ट एसोसिएसनले सहकार्य गरेका थिए । कार्यक्रमको वातावरण सेवाभाव, सहयोग र प्रेरणाले भरिएको थियो ।

सो अवसरमा विद्यालयका १२५ जना विद्यार्थीलाई विद्यालय झोला (ब्याग), कापी, पेन्सिल, खेलकुद सामग्री, माक्सलगायत अत्यावश्यक शैक्षिक सामग्री हस्तान्तरण गरिएको थियो । ती सामग्री केवल भौतिक सहयोगमात्र थिएनन्, ती भविष्यप्रतिको विश्वास, अध्ययनप्रतिको प्रेरणा र उज्यालो भोलिको आशा बोकेर आएका सन्देश थिए ।

शैक्षिक सामग्री वितरण कार्यक्रममा राष्ट्र प्रेसका सुमित रजत, गायक डिजेयुवा, विद्यालयका प्रिन्सिपल रमेश कँडेल, शिक्षकहरू दिलीप रेग्मी, शरदराज रेग्मी, उमेश न्यौपाने, सुबास ढउन्यालगायत व्यक्तित्वहरूको उपस्थिति थियो ।

कार्यक्रममा बोल्दै विद्यालयका प्रिन्सिपल रमेश कँडेलले विद्यालयमै आएर विद्यार्थीलाई आवश्यक शैक्षिक सामग्री प्रदान गरेकोमा आयोजकप्रति आभार व्यक्त गर्नुभयो । उहाँले यस्तो सहयोगले विद्यार्थीहरूमा पढाइप्रतिको उत्साह बढ्ने बताउँदै आगामी दिनमा यस्ता कार्यक्रमलाई निरन्तरता दिन आग्रह गर्नुभयो ।

अन्य वक्ताहरूले समाजमा सकारात्मक परिवर्तन ल्याउने यस्ता सामाजिक अभियानहरूको खुलेर प्रशंसा गरेका थिए । उनीहरूले मिलाप फाउण्डेशनले देखाएको सामाजिक जिम्मेवारी र सेवाभाव अनुकरणीय रहेको धारणा राखेका थिए ।

फाउण्डेशनकी अध्यक्ष गीता अधिकारीले विशुद्ध सामाजिक सेवाको भावना लिएर मिलाप फाउण्डेशनले समाजका विभिन्न क्षेत्रमा योगदान दिँदै आएको बताउनुभयो । उहाँका अनुसार विगतमा पनि फाउण्डेशनले स्वास्थ्य शिविर सञ्चालन, शैक्षिक सामग्री वितरण तथा अन्य विभिन्न सामाजिक सहयोगका कार्यक्रमहरू गर्दै आएको छ ।

उहाँले यस कार्यक्रमलाई सफल बनाउन साथ र सहयोग पुर्‍याउने सबै संस्था तथा व्यक्तिहरूप्रति धन्यवाद व्यक्त गर्नुभयो । साथै आगामी दिनहरूमा पनि समाजका विभिन्न क्षेत्रमा सेवा विस्तार गर्दै अझ प्रभावकारी सामाजिक अभियान सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

अध्यक्ष अधिकारीले २०७२ सालको विनाशकारी भूकम्पका बेला पीडितहरूलाई तत्काल राहत उपलब्ध गराउने कार्यमा समेत फाउण्डेशन सक्रिय रूपमा लागेको स्मरण गर्दै सामाजिक सेवा नै फाउण्डेशनको प्रमुख ध्येय रहेको बताउनुभयो ।

त्यसैगरी फाउण्डेशनका उपाध्यक्ष राज लुईंटेलले समाजप्रतिको उत्तरदायित्वलाई केन्द्रमा राख्दै सामाजिक सेवाका कार्यक्रमहरूलाई निरन्तरता दिइने बताउनुभयो । यस कार्यका लागि मिलाप फाउण्डेशनका सदस्य धादिङ स्थायी घर हुनुभएका सञ्चारकर्मी सुरेन्द्र थापाले सहजीकरण गर्नुभएको थियो ।

यो पनि पढ्नुहोस्

त्रिविका पदाधिकारीले एक साथ दिए राजीनामा

त्रिविका पदाधिकारीले एक साथ दिए राजीनामा

१ दिन अगाडि
संसदको शिक्षा तथा स्वास्थ्य समिति सभापति डा. शेरचन सम्मानित

संसदको शिक्षा तथा स्वास्थ्य समिति सभापति डा. शेरचन सम्मानित

४ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

सुकुम्बासी समस्या र समाधानको सही सुत्र

स्वास्थ्य र तन्दुरुस्तीको नयाँ गन्तव्य: नेपालमा बढ्दो ‘आउटडोर जिम’ को लहर

अर्थमन्त्रीको श्वेतपत्रले देखाएको देशको अवस्था

‘रोल नं १’को टिजरमा गरिब परिवारको शैक्षिक बाध्यताको कथा

आजबाट बागमती करिडोरका अवैध संरचना हटाउन सुरू

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक