शनि, जेष्ठ ३०, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

नेप्सेमा उच्च अंकको गिरावट

धारणा न्यूज by धारणा न्यूज
३ महिना अगाडि
0
सेयर बजार परिसूचक नेप्से सामान्य घटेर बन्द

Frustrated business man looking at the falling graph of a stock market struck in financial crisis

2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडाैं । साताको चौथो कारोबार दिन बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा उच्च अंकको गिरावट आएको छ। मंगलबारदेखि ओरालो लागेको बजारले बुधबार पनि सोही लय पछ्याएको हो।

यस दिन नेप्से परिसूचक ४६.७८ अंकले घटेर २७९६.५७ विन्दुमा झरेको छ। समग्र बजार मापन गर्ने नेप्सेसँगै सेन्सेटिभ इन्डेक्स ८.३२, फ्लोट इन्डेक्स ३.२४ र सेन्सेटिभ फ्लोट इन्डेक्स २.९४ अंकले घटेका छन्। परिसूचकसँगै कारोबार रकममा पनि भारी गिरावट आएको छ। मंगलबार २१ अर्ब ५० करोड रुपैयाँ बराबरको सेयर किनबेच भएकोमा बुधबार खुम्चिएर १३ अर्ब १८ करोड २ लाख ५५ हजार रुपैयाँमा सीमित भएको छ। दिनभर ३२९ कम्पनीका ३ करोड ६० लाख ४९ हजार कित्ता सेयर १ लाख १५ हजार ५५० पटक खरिदबिक्री भएका छन्।

नेप्सेमा सूचीकृत १३ उपसमूहमध्ये १२ वटामा रातो बत्ती बलेको छ। म्युचुअल फन्ड उपसमूहको परिसूचक मात्र सामान्य बढेको छ। व्यापार उपसमूहको परिसूचक सर्वाधिक ३.४० प्रतिशतले ओरालो लागेको छ। यस्तै, वित्त उपसमूह २ प्रतिशतभन्दा बढीले घट्दा बैंकिङ, विकास बैंक, होटल तथा पर्यटन, लगानी, जीवन बिमा, उत्पादन तथा प्रशोधन, लघुवित्त र अन्य उपसमूहको परिसूचकमा १ प्रतिशतभन्दा बढीको गिरावट आएको छ। बजार घटे पनि सालपा विकास बैंकका लगानीकर्ताले भने उच्च नाफा कमाएका छन्। सो बैंकको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्दै प्रतिकित्ता ७८ रुपैयाँ ४० पैसाले बढेर ८६२ रुपैयाँ ४० पैसा पुगेको छ।

यसैगरी, नेसनल हाइड्रोपावरको सेयर मूल्य करिब १० प्रतिशत र रिलायन्स स्पिनिङ मिल्सको मूल्य ९ प्रतिशतभन्दा बढीले उकालो लागेको छ। यता, कालिका पावर कम्पनीका लगानीकर्ताले सर्वाधिक ८.४७ प्रतिशतले गुमाएका छन्। कारोबार रकमका आधारमा बुधबार रिडी हाइड्रोपावर शीर्ष स्थानमा छ। कम्पनीको ८५ करोड ९४ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ। यसपछि आँखुखोला जलविद्युत कम्पनीको ५१ करोड रुपैयाँभन्दा बढीको र नेसनल हाइड्रोपावरको साढे ४९ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ।

यो पनि पढ्नुहोस्

एन्फाबारे छानबिन गर्न समिति गठन

एन्फाबारे छानबिन गर्न समिति गठन

१० घण्टा अगाडि
प्रम प्रचण्ड र पूर्वप्रधानमन्त्री भट्टराईविरुद्ध परेको रिटमा सर्वोच्चबाट कारण देखाउ आदेश

प्रचण्ड र बाबुराम बालसैन्य अभियोजन गर्न नपर्ने ठहर

१० घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

नेपालभाषाकाे पाठ्यपुस्तक अभावबारे ध्यानाकर्षण

सूचना नदिँदा अनुमान गरेर गाडी आयात गर्ने व्यापारीहरु मर्कामा

एन्फाबारे छानबिन गर्न समिति गठन

इतिहासमै ठुलो वित्तीय अपराध : बिचौलिया भट्टदेखि व्यावसायिक घरानाविरुद्ध एकैपटक चार मुद्दा दायर

ग्लोबल आइएमई बैंकको सञ्चालक समिति सदस्यमा पूर्वआयुक्त बिन्द्रा हाडा भट्टराई नियुक्त

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक