मङ्ल, असार २, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

ग्लोबल एआई शिखर सम्मेलन निष्कर्ष बिहिन सम्पन्न

धारणा न्यूज by धारणा न्यूज
४ महिना अगाडि
0
ग्लोबल एआई शिखर सम्मेलन निष्कर्ष बिहिन सम्पन्न
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

नयाँदिल्ली । पाँच दिनसम्म विश्वका नेताहरू, प्रविधि कम्पनीका प्रमुख र नीति निर्माता भेला भएको ग्लोबल एआई शिखर सम्मेलन औपचारिक अन्तिम घोषणाबिना टुङ्गिएको छ । आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को अवसर र जोखिमबारे साझा दृष्टिकोण तय गर्ने उद्देश्य राखिएको सम्मेलनको संयुक्त वक्तव्य शनिबार दिउँसोसम्म सार्वजनिक भएको थिएन, जबकि त्यसको अपेक्षा एक दिनअघि गरिएको थियो ।

फ्रान्स, ब्राजिल लगायतका देशका नेतासहित दर्जनौँ राष्ट्रिय प्रतिनिधिमण्डलहरू भारतको राजधानी नयाँदिल्लीमा द्रुत रूपमा विकसित भइरहेको जेनेरेटिभ एआई प्रविधिको प्रभावबारे छलफल गर्न भेला भएका थिए । यो विकासोन्मुख राष्ट्रद्वारा आयोजना गरिएको पहिलो वार्षिक बैठक हो र एआई प्रभावसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनका रूपमा आयोजना गरिएको थियो ।

भारतका सूचना प्रविधिमन्त्री अश्विनी वैष्णवले शुक्रबार ‘घोषणामा ठूलो सहमति’ भएको बताएका थिए, तर विवरण खुलाउन अस्वीकार गरेका थिए । उनका अनुसार ७० भन्दा बढी हस्ताक्षरकर्ताले समर्थन जनाइसकेका छन् र यो सङ्ख्या ८० नाघ्ने अपेक्षा गरिएको छ । “हामी यो सङ्ख्या अधिकतम बनाउन प्रयासरत छौँ”, सम्मेलन समापनका क्रममा उनले बताएका थिए । शनिबारसम्म आयोजक र मन्त्रालयबाट औपचारिक टिप्पणी प्राप्त भएको थिएन ।

सम्मेलनमा बहुभाषी एआई अनुवादका सामाजिक लाभ, रोजगारीमा पर्ने सम्भावित असर, डाटा सेन्टरहरूको उच्च ऊर्जा खपत र नियमनको दायरा जस्ता विषयहरू प्रमुख बहसमा रहे । यद्यपि विश्लेषकहरूले सम्मेलनको व्यापक र खुला एजेन्डाले ठोस र बाध्यकारी प्रतिबद्धता निकाल्न कठिन बनाएको टिप्पणी गरेका छन् । यसअघि फ्रान्स, दक्षिण कोरिया र बेलायतमा आयोजित संस्करणहरूमा पनि अस्पष्ट प्रतिज्ञा मात्र गरिएको स्मरण गराइएको छ ।

गत वर्षको एआई शिखर सम्मेलनमा संयुक्त वक्तव्यमा हस्ताक्षर नगरेको संयुक्त राज्य अमेरिकाले यसपटक भारतसँग अलग द्विपक्षीय घोषणापत्र जारी गरेको छ । उक्त घोषणापत्रमा दुवै देश ‘उद्यमशीलता र नवप्रवर्तनलाई अनुकूल हुने एआईसम्बन्धी विश्वव्यापी दृष्टिकोण’ अघि बढाउन सहमत भएको उल्लेख गरिएको छ ।

यसैबीच, ह्वाइट हाउसका प्रविधि सल्लाहकार तथा अमेरिकी प्रतिनिधिमण्डलका प्रमुख माइकल क्रेटसिओसले जेनेरेटिभ एआईमाथि केन्द्रीयकृत विश्वव्यापी नियन्त्रणको अवधारणाविरुद्ध चेतावनी दिएका छन् । उनले ट्रम्प प्रशासनले एआईको विश्वव्यापी शासन संरचनालाई अस्वीकार गर्ने नीति दोहोर्‍याएको जनाए ।

केही सहभागीहरूले सम्मेलन स्थलमा प्रवेश–निकास व्यवस्थापन कमजोर रहेको भन्दै असन्तुष्टि व्यक्त गरेका थिए । यद्यपि दशौँ हजार सहभागीको उपस्थितिसहित सम्पन्न सम्मेलनले एआईको भविष्यबारे बहसलाई अझ व्यापक बनाएको विश्लेषकहरूको धारणा छ । तर साझा घोषणापत्रबिना टुङ्गिएको यो सम्मेलनले विश्वव्यापी सहमतिको मार्ग अझै जटिल रहेको सङ्केत दिएको छ ।

यो पनि पढ्नुहोस्

नेपाल कम्युनिष्ट पार्टीको  केन्द्रिय समिति बैठकका प्रारम्भिक निर्णयहरु सार्वजनिक

बन्द चिया उद्योग सुचारु गर्न निर्यात समस्या तुरुन्त हल गर

३ घण्टा अगाडि
सेयर बजार परिसूचक नेप्से सामान्य घटेर बन्द

नेप्सेमा गिरावट कायमै

३ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

अवैध लागूऔषध गाँजा बरामद

चीन नेपालकाे आधुनिकीकरण यात्रामा साझेदार रहने

भू-माफियाले कब्जा गरेकाे सार्वजनिक जग्गा जोगाउन हारगुहार

साउदीले सामान्य पेसाकाे सीप परीक्षण गर्ने

पासपोर्ट अनियमितता आशंकामा महानिर्देशकमाथि बयान सुरू

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक