आइत, बैशाख २०, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home सम्पादकीय

सहकारी समस्या समाधानमा ध्यान देऊ

धारणा न्यूज by धारणा न्यूज
२ महिना अगाडि
Reading Time: 1 min read
0
प्रचण्ड सच्चिने कि विप्लव पनि बिग्रिने ?
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

समस्याग्रस्त सहकारी व्यवस्थापन समिति ले सार्वजनिक गरेको ‘समस्याग्रस्त सहकारी व्यवस्थापन सम्बन्धी श्वेतपत्र २०८२’ ले देशको सहकारी क्षेत्र गम्भीर संरचनागत संकटमा फसेको स्पष्ट संकेत दिएको छ । स्वार्थ समूहको अनुचित हस्तक्षेप, कानुनी जटिलता, स्रोतसाधन अभाव, अभिलेख व्यवस्थापनको कमजोरी र अनुसन्धान–अभियोजन प्रक्रियामा समन्वय अभावजस्ता कारणले ऋण असुली र बचत फिर्ता कार्य अपेक्षित गतिमा अघि बढ्न नसकेको समितिले स्वीकार गरेको छ । यो स्वीकारोक्ति मात्र औपचारिकता नभई सुधारको प्रारम्भिक बिन्दु बन्नुपर्छ ।
सहकारी आन्दोलनको मूल उद्देश्य समुदायमा आधारित बचत तथा ऋण परिचालनमार्फत आर्थिक सशक्तीकरण गर्नु हो । तर पछिल्लो समय केही सहकारी संस्थामा देखिएको हिनामिना, गलत कर्जा प्रवाह, पूँजी अपर्याप्तता र उच्च जोखिमयुक्त लगानीले हजारौँ बचतकर्ताको बचत जोखिममा परेको छ । श्वेतपत्रअनुसार २० वटा समस्याग्रस्त सहकारीसँग सम्बन्धित ऋण असुली, सम्पत्ति व्यवस्थापन र बचत फिर्ता कार्य एकैपटक अघि बढाउन कठिन देखिएको छ । १३ हजारभन्दा बढी ऋणी सदस्यका बैंक खाता, सेयर र अचल सम्पत्ति रोक्का गरिनु अवस्थाको गम्भीरता दर्शाउने तथ्य हो ।
समितिले स्वार्थ समूह र दबाबका कारण स्वतन्त्र रूपमा काम गर्न नसकेको स्वीकार गरेको छ । यदि नियामक र व्यवस्थापन संयन्त्र नै हस्तक्षेपमुक्त छैन भने पारदर्शिता र निष्पक्षताको अपेक्षा गर्न सकिँदैन । त्यसैले पहिलो आवश्यकता भनेको समितिलाई राजनीतिक, प्रशासनिक तथा आर्थिक दबाबबाट मुक्त गराउँदै स्वतन्त्र र उत्तरदायी वातावरण निर्माण गर्नु हो । यसमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय को सक्रिय सहजीकरण अपरिहार्य छ । श्वेतपत्रले औँल्याएझैँ सहकारी संस्थामा सूचना प्रणालीको दुरुपयोग, कागजात लुकाउने वा हेरफेर गर्ने प्रवृत्ति र अभिलेख अद्यावधिक नहुनु समस्याको जरो हो । सबै सहकारीलाई कर्जा सूचना सदस्यतामा आबद्ध गराउने पहल, एकीकृत डिजिटल अभिलेख प्रणाली विकास र प्रतिवेदन प्रणाली सुदृढीकरण नगरी दीर्घकालीन समाधान सम्भव छैन । यसका लागि प्रस्तावित राष्ट्रिय सहकारी नियमन प्राधिकरण को प्रभावकारी भूमिका सुनिश्चित गरिनुपर्छ । नियमन कमजोर हुँदा नै सहकारीहरू अनियन्त्रित विस्तार र जोखिमपूर्ण लगानीतर्फ उन्मुख भएका हुन् ।
बचत फिर्ता प्रक्रियामा ढिलाइ हुनुका कारणमा कानुनी तथा प्रक्रियागत जटिलता प्रमुख देखिएको छ । सम्पत्तिमा पहिले नै बैंक वा अदालतको रोक्का हुनु, लिलाम बिक्री प्रक्रिया लामो र जटिल हुनु तथा दायित्व यकिन गर्न कठिनाइ हुनुजस्ता समस्याले पीडित बचतकर्ताको पीडा लम्ब्याएको छ । सरकारले साना बचतकर्तालाई राहत दिन चक्रीय कोष निर्माण गर्ने सम्भावना औँल्याइए पनि स्पष्ट मापदण्ड अभावले कार्यान्वयन अन्योलमा छ । मापदण्ड, प्राथमिकता र समयसीमा स्पष्ट नगरी राहत योजना घोषणा गर्नु केवल आश्वासनमा सीमित हुन्छ ।
सहकारी समस्याग्रस्त घोषणा हुनुअघि र समितिको जिम्मामा आएपछिको अवधिबीच दायित्व यकिन गर्न नसक्नु अर्को चुनौती हो । यसले प्रशासनिक समन्वयको कमजोरी उजागर गर्छ । दीर्घकालीन सुधारका लागि तीन तहमा काम हुनुपर्छ । पहिलो, तत्काल राहत—साना बचतकर्ताको रकम प्राथमिकताका आधारमा फिर्ता गर्ने स्पष्ट कार्ययोजना । दोस्रो, संरचनागत सुधार—डिजिटल अभिलेख, कर्जा सूचना प्रणाली, आन्तरिक नियन्त्रण सुदृढीकरण र अनिवार्य लेखापरीक्षण । तेस्रो, जवाफदेहिता—हिनामिना र ठगीमा संलग्न सञ्चालक तथा व्यवस्थापकलाई कानुनी दायरामा ल्याउने दृढता । दण्डहीनता कायम रहेसम्म सहकारी क्षेत्रमा विश्वास पुनस्र्थापित हुँदैन । जनधारणा साप्ताहिक

 

यो पनि पढ्नुहोस्

राष्ट्रपति पौडेलले तीन दलका शीर्ष नेतृत्वलाई छलफल

राष्ट्रपतिद्वारा ६ वटा अध्यादेश जारी

४५ मिनेट अगाडि
उपत्यकामा अव्यवस्थीत बस्ती हटाउने अभियानको विरोध

उपत्यकामा अव्यवस्थीत बस्ती हटाउने अभियानको विरोध

१ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

पाकिस्तानमार्फत अमेरिकासँग वार्ताका लागि नयाँ प्रस्ताव ल्याइयाे

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

मोटरसाइकल चोरीमा संलग्न रहेको अभियोगमा तीन जना पक्राउ

सन्दीप लिग–२ प्रतियोगितामा एक सय विकेट लिने विश्वकै पहिलो बलर

एनआईसी एसिया ए डिभिजन लिगको बैंकिंग पार्टनर बने

चक्रपथको दोस्रो खण्ड : चीनको ११ अर्ब अनुदान, असारभित्रै काम सुरु हुने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक