शनि, जेष्ठ ९, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home विचार

बालेन कसरी फसेका रहेछन् घेराबन्दीमा ?

धारणा न्यूज by धारणा न्यूज
३ महिना अगाडि
0
राजनीतिमा नयाँ र पुरानाबीच भिन्नता यही हो !
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

-सबि भट्टराई
काठमाडौं महानगरपालिकाका पूर्वमेयर बालेन शाह अहिले राष्ट्रिय राजनीतिको केन्द्रबिन्दुमा छन् । स्थानीय तहबाट उदाएका उनी आज संघीय चुनावी मैदानमा चर्चित पात्रका रूपमा स्थापित भएका छन् । स्वतन्त्र उम्मेदवारका रूपमा महानगरको नेतृत्व सम्हालेर स्थापित पहिचान बनाएका बालेन अहिले रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग आवद्ध भई भावी प्रधानमन्त्रीको रूपमा प्रस्तुत गरिएका छन् । यही कारणले गर्दा उनको राजनीतिक यात्रा र कार्यशैली पुनः बहसको विषय बनेको छ ।
बालेन शाह काठमाडौं महानगरपालिकाको मेयरमा निर्वाचित भएपछि एकाएक राष्ट्रिय चर्चामा आएका थिए । परम्परागत दलहरूप्रति बढ्दो असन्तुष्टि, युवापुस्ताको नयाँ विकल्प खोज्ने चाहना र परिवर्तनको आकांक्षाले उनलाई सशक्त जनमत दिलायो । स्थानीय तहको नेतृत्वमा रहँदा उनले प्रशासनिक कडाइ, पारदर्शिता र डिजिटल प्रणालीको प्रयोगमार्फत काम गर्ने प्रयास गरे । यसले उनलाई नयाँ पुस्ताको नेता भन्ने छवि निर्माण गर्न मद्दत ग¥यो ।
तर महानगरको कार्यकाल सजिलो थिएन । राजधानी सहरका जटिल समस्या— फोहोर व्यवस्थापन, अव्यवस्थित बसोबास, नदी किनारको अतिक्रमण, अव्यवस्थित सडक संरचना, सार्वजनिक सेवा प्रवाहमा ढिलासुस्ती, यी सबैसँग जुध्न उनले पहल गरे । तर स्थानीय तहको अधिकार सीमित हुनु, संघीय सरकार र अन्य निकायसँग समन्वय अभाव हुनुजस्ता कारणले कतिपय योजनाले अपेक्षित गति लिन सकेनन् । उनका विरोधीहरूले उनलाई औसत मेयर भनेर आलोचना गरेका छन् । उनीहरूले चुनावी भाषणमा देखिएको दृढता व्यवहारमा पूर्ण रूपमा अनुवाद हुन नसकेको आरोप लगाउँछन् । विशेषगरी सुकुम्बासी व्यवस्थापन, नदी किनारको अतिक्रमण हटाउने अभियान, सडक विस्तार र शहरी सौन्दर्यीकरणजस्ता क्षेत्रमा अपेक्षित परिणाम नआएको भन्दै प्रश्न उठाइन्छ ।
तर अर्कोतर्फ, बालेनले चाहेर पनि धेरै काम पूरा गर्न सकेनन्, किनकि राज्यका प्रमुख निकायबाट पर्याप्त सहयोग पाएनन् । स्थानीय सरकार र संघीय सरकारबीच समन्वय कमजोर हुँदा योजनाहरू कार्यान्वयनमा अवरोध आएको थियो । त्यसबेला देशको सरकार केपी शर्मा ओली नेतृत्वमा थियो र महानगर र केन्द्रबीचको सम्बन्ध सहज थिएन । यस कारणले बालेन कतिपय योजनामा घेराबन्दीमा परेका थिए । काठमाडौंमा नदी किनार र सार्वजनिक जग्गामा अतिक्रमण दीर्घकालीन समस्या हो । बालेनले अवैध संरचना हटाउने अभियान थाले, जसले एकातिर कानुनी राज्यको सन्देश दियो भने अर्कोतिर सामाजिक संवेदनशीलताको प्रश्न उठायो । सुकुम्बासीहरूलाई सुरक्षित र व्यवस्थित बासस्थानमा स्थानान्तरण गर्ने दीर्घकालीन योजना आवश्यक थियो, जसका लागि संघीय सरकार, भूमि आयोग र अन्य निकायसँग सहकार्य अनिवार्य थियो । तर पर्याप्त नीतिगत र वित्तीय समर्थन नपाउँदा प्रक्रिया जटिल बन्यो । यस विषयमा बालेनको दृष्टिकोण कडा भए पनि कार्यान्वयनमा समन्वय अभाव देखियो । यही कमजोरीलाई विरोधीहरूले राजनीतिक मुद्दा बनाए । तर उनले कम्तीमा समस्या उठाउने साहस गरे, जुन अघिल्ला नेतृत्वले टार्दै आएका थिए ।
यद्यपि घेराबन्दीबीच पनि बालेनले केही उल्लेखनीय काम गर्न सफल भए । काठमाडौंको फोहोर व्यवस्थापनमा सुधार ल्याउने प्रयास, सरसफाइ अभियानलाई नियमितता, विद्यालय र स्वास्थ्य संस्थाको स्तरोन्नति, महानगरको सेवा प्रवाहलाई डिजिटल माध्यममा रूपान्तरण, यी सबैले प्रशासनिक सुधारको संकेत दिए । डिजिटल प्रणालीमार्फत कर भुक्तानी, निवेदन दर्ता, अनुमतिपत्र प्रक्रिया सहज बनाउने प्रयासले नागरिकलाई प्रत्यक्ष लाभ पु¥यायो । यसले पारदर्शिता र उत्तरदायित्व बढाउन मद्दत ग¥यो । महानगरभित्र सडक मर्मत, ट्राफिक व्यवस्थापनमा सहकार्य र सार्वजनिक स्थलहरूको संरक्षणमा समेत पहल गरिएको देखियो ।
बालेन शाहको लोकप्रियताको मुख्य कारण उनको प्रणालीविरुद्धको आवाज हो । परम्परागत राजनीतिक दलहरूप्रति जनताको निराशा बढ्दै गइरहेका बेला उनले वैकल्पिक नेतृत्वको संकेत दिए । अब जब उनलाई भावी प्रधानमन्त्रीका रूपमा प्रस्तुत गरिएको छ, जनअपेक्षा अझ उचो भएको छ । रास्वपाले उनलाई अगाडि सार्नु आफैंमा एउटा रणनीतिक सन्देश हो—युवा, प्राविधिक पृष्ठभूमि भएको, प्रशासनिक अनुभव हासिल गरेको नेतृत्वलाई राष्ट्रिय राजनीतिमा प्रवेश गराउने । यसले पुराना दलहरूलाई चुनौती दिने मात्र होइन, नयाँ राजनीतिक संस्कारको बहस पनि जन्माएको छ ।
जनविश्वास बढ्दै जाँदा जिम्मेवारी पनि बढ् छ। स्थानीय तहमा देखिएका सीमितता अब राष्ट्रिय तहमा दोहोरिन नदिन रणनीति स्पष्ट हुनुपर्छ । संघीय संरचनाभित्र काम गर्ने तरिका, राजनीतिक सहकार्य, नीतिगत स्पष्टता र संस्थागत समन्वय, यी सबै पक्षमा परिपक्वता बालेनले देखाउनुपर्नेछ । बालेनले आफूलाई केवल विकल्पका रूपमा होइन, सक्षम नेतृत्वका रूपमा प्रमाणित गर्नुपर्नेछ । भावनात्मक समर्थनलाई नीतिगत रूपान्तरणमा बदल्न सक्नु नै उनको मुख्य परीक्षा हुनेछ । राष्ट्रिय अर्थतन्त्र, सुशासन, संघीयता कार्यान्वयन, रोजगारी सृजना र पूर्वाधार विकासजस्ता मुद्दामा स्पष्ट खाका प्रस्तुत गर्नुपर्नेछ ।
आज बालेनमाथि बढ्दो जनविश्वास छ । तर जनसमर्थन क्षणिक पनि हुन सक्छ, यदि त्यसलाई सही दिशा नदिइयो भने । उनले आफ्नो लोकप्रियतालाई व्यक्तिगत ब्रान्ड निर्माणभन्दा माथि उठाएर संस्थागत सुधारतर्फ केन्द्रित गर्नुपर्नेछ । पारदर्शिता, जवाफदेहिता र सहकार्य—यी मूल्यलाई व्यवहारमा उतार्न सके मात्रै दीर्घकालीन परिवर्तन सम्भव हुन्छ । राजनीति केवल नाराले होइन, परिणामले टिक्छ । काठमाडौं महानगरको अनुभवले देखाएको छ कि साहसिक घोषणा मात्र पर्याप्त हुँदैन, समन्वय, नीति र कार्यान्वयनको दक्षता पनि उत्तिकै आवश्यक छ । अब राष्ट्रिय स्तरमा उभिँदा बालेनले विगतका सिकाइलाई उपयोग गर्नुपर्नेछ । जनधारणा साप्ताहिक

यो पनि पढ्नुहोस्

इजिप्टले पेट्रोलको मूल्य बढायो

भारतमा इन्धनको मूल्यमा वृद्धि हुने क्रम जारी

५२ मिनेट अगाडि
तीनकुने घटनामा संलग्न प्रतिवादीहरूको बयान जारी

प्रसाईंलाई चार दिन हिरासतमा राख्न अनुमति

१ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

को हुन् भारतमा ‘कक्रोज जनता पार्टी’ बनाउने अभिजीत ?

नेपाले अमेरिकालाई ३१८ रनको लक्ष्य प्रस्तुत

इद–उल–अजहाका अवसरमा सार्वजनिक बिदा

एमालेले फिर्ता गर्‍यो भीआईपी उपचारको साढे तीन करोड

मगर संघको १३ औं राष्ट्रिय महाधिवेशन सुरु

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक