सोम, जेष्ठ ४, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

विदेशी सम्बन्धन कलेजहरुले शैक्षिक शोषँण गरे, शिक्षा निर्देशिका खारेज गरिनुपर्छः सरोकारवाला

धारणा न्यूज by धारणा न्यूज
४ महिना अगाडि
0
विदेशी सम्बन्धन कलेजहरुले शैक्षिक शोषँण गरे, शिक्षा निर्देशिका खारेज गरिनुपर्छः सरोकारवाला
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । विदेशी सम्बन्धन प्राप्त ब्रिटिश कलेजलागायतलाई बन्द गरिनुपर्ने सरोकारवालाहरुले माग गरेका छन् । सोमबार राजधानीको संवाद डबलीमा पीडित विद्यार्थीको सहभागितमा अखिल क्रान्तिकारीले गरेको अन्तरक्रियामा विदेशी कलेज सञ्चालन निर्देशिका नै खारेज गर्न मागसमेत गरेका छन् ।

अखिल (क्रान्तिकारी)का अध्यक्ष बिरेन्द्र शाहले विदेशी सम्बन्धन प्राप्त कलेजहरुले नेपालमा खुलेआम शैक्षिक शोषँण गरिरहेको आरोप लगाएका छन् । ‘विदेशी विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कलेजको शिक्षा, भ्रम र यथार्थ’ बारे कार्यपत्र सार्वजनिक गर्दै शाहले विदेशी कलेज सञ्चालनका लागि बनेको निर्देशिका नै अवैधानिक भएकोले त्यसलाई खारेज गर्नुपर्ने माग राखे ।

मध्यपश्चिम विश्वविद्यालयका पूर्व उपकुलपति नन्द बहादुर सिंहले अखिल ((क्रान्तिकारी)ले उठाएको विषय निकै महत्वपूर्ण भएको बताउँदै नेपालमा फ्रेन्चाइजबाट कलेज चलाउन प्रतिबन्ध लगाउनुपर्ने बताए । शिक्षा क्षेत्रमा समस्या आउनुको मुख्य कारण नै नेपाल सरकार रहेको बताउँदै सिंहले भने,“कहीँ नभएको नेपालमै हुन्छ, जसलाई जे गरेपनि हुन्छ, मन्त्रालयले अवैध निर्देशिका जारी गरे पनि हुन्छ, विदेशी सम्बन्धन कलेज खोल्न र मनपरि गर्न पनि छुट छ ।” “युजिसी र मन्त्रालयका जिम्मेवार व्यक्तिहरुलाई विदेशी कलेज सञ्चालन सम्बन्धि निर्देशिकाले नै फितलो नियमन गर्ने अवस्था ल्याएको छ, अनि हुँदैन त समस्या” सिंहले थपे ।

नेकपा (बहुमत)का सचिवालय सदस्य गुणराज लोहनीले नेपालको पाठ्यक्रम नै विदेशी रिजाउने भएको आरोप लगाएका छन् । लोहनीले नेपालका मन्त्रीहरु पनि कर्मचारीतन्त्रबाट प्रभावित हुने गरेको र उनिहरुकै अनुसार नीति–नियम बनाउँदा देशको शिक्षा क्षेत्र बिग्रेको अरोप लगाएका छन् ।

पीडित विद्यार्थी प्रियङ्का नेपालले द ब्रिटिश कलेजले विद्यार्थीहरुलाई झुक्याएर भर्ना गर्ने र मोटो रकम अशुल गर्ने गरेको बताएकी छन् । सुन्दर भविष्यका सपना बाँडेर विभिन्न शिर्षकहरुमा रकम अशुल्ने र ठगी धन्दा चलाइरहेको बताउँदै नेपालले भनिन्“ब्रिटिस कलेजको लुट धन्दाविरुद्ध अन्तिमसम्म लड्ने हो, भविष्य यसै विग्रियो उसै विग्रियो ।”

शिक्षा मन्त्रालयका उपसचिव पर्शुराम तिवारिले नेपालमा विदेशी कलेजले सम्बन्धन दिएर कर्यक्रम चलाउन पाउने नियम भएपनि उनिहरुलाई बदमासी गर्न छुट नभएको जनाए । तिवारीले धेरै कलेजहरुले नियम मिचेर विद्यार्थीमाथि शैक्षिक शोषण गरे पनि सरकारले केही गर्न नसकेको विषय स्वीकार गरे ।
प्रा.डा.मधुसूदन गिरीले नेपालमा भएको विगतको मौलिक शिक्षा माथि विदेशीहरुले हस्तक्षेप गरेर आफ्नो पद्दति लागु गरेर देशलाई कमजोर बनाएको आरोप लगाए । गिरीले पछिल्लो समयमा विदेशी सम्बन्धन प्राप्त विश्वविद्यालयहरुले देशलाई परनिर्भर बनाउन ठूलो भूमिका खेलेको दाबी गरे ।

अर्की पीडित विद्यार्थी सजिना खड्काले विभिन्न लोभ तथा प्रलोभन देखाएर आफूहरुलाई महंगोमा ब्रिटिस कलेजले भर्ना गराएर ढाँटेको बताईन् । कलेज भनेर कन्सल्ट्यान्सीको काम गरेको, ३ वर्षको कोर्षलाई ४ वर्षको भनेर झुक्याएको, अध्ययनका लागि दुबैमा लगेर काम गर्न बाध्य पारेको, धम्क्याएर पैसा अशुली गरेको आरोप लगाइन् ।
इपानका पूर्व अध्यक्ष पंकज जलानले नेपालमा ५९ वटा विदेशी सम्बन्धन प्राप्त कलेजहरु मध्ये केही खराब भएपनि सबै उस्तै नभएको धारणा राखे । नेपालमा राजनीतिक अस्थिरताको मौका उठाउँदै कतिपयले विद्यार्थीहरुमाथि शोषण गर्ने गरेको सत्य रहेको बताउँदै, त्यसलाई रोक्नु पर्ने बताए । जलानले कुनै पनि कलेजमा पढाउनु पूर्व अभिभावक, विद्यार्थी र कलेजबीच राम्रो परामर्श तथा छलफल हुँदा धेरै समस्या समाधान हुने बताए ।

क्रान्तिकारीका सचिव हरि विष्टले आफ्नो संगठनले शिक्षा क्षेत्रमा आमूल रुपान्तरण गर्न संघर्षलाई निरन्तरता दिदै आएको धारणा राखे ।

यो पनि पढ्नुहोस्

नवआगन्तुक विद्यार्थी तथा अभिभावक स्वागत कार्यक्रम भव्य रूपमा सम्पन्न

नवआगन्तुक विद्यार्थी तथा अभिभावक स्वागत कार्यक्रम भव्य रूपमा सम्पन्न

८ घण्टा अगाडि
नेपाल इन्जिनियरिङ कलेजमा करियर सशक्तिकरण सम्पन्न

नेपाल इन्जिनियरिङ कलेजमा करियर सशक्तिकरण सम्पन्न

९ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

सरकारमाथि विभिन्न खालका प्रश्नहरू रहेकोले समर्थन गर्न नसकिने

विश्वकप २०२६ को समूह ‘डी’ खेल अप्रत्याशित नतिजा आउन सक्ने

रूसको राजधानी मस्कोमा एक वर्षयताकै ठूलो आक्रमण

कंगोमा इबोलाबाट ८० जनाको मृत्यु

बनेपामा रहेको सुकुम्बासी होल्डिङ सेन्टरको निरीक्षण

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक