काठमाडौं । सरकारले प्रवक्ताको जिम्मेवारी गृहमन्त्री ओमप्रकाश अर्याललाई दिएको छ।
बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले सरकारको प्रवक्ताको जिम्मेवारी गृहमन्त्री अर्याललाई दिएको हो। बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै गृहमन्त्री अर्यालले सरकारको प्रवक्तामा आफूलाई जिम्मेवारी दिइएको जानकारी गराए।


