Ishwari Singh Koirala
देशको वर्तमान राजनितिक अवस्था देखेर आज मलाई पनि केहि लेख्न मन लाग्यो।
जेन जि आन्दोलन अघि र पछिको राजनितिक वृत्तान्त हेर्ने हो भने दिन दिनै अवस्थाहरु प्रिवर्तन हुदै गएको छ ।
आन्दोलन पश्चात नयाँ सरकार जस्ले चुनाव गरेर नयाँ पुस्तालाई सत्ता सुम्पिने जिम्मेवारी पाएको छ ।
विभिन्न प्रपन्चमा पारेर जेलमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टिका सभापति रवि लामिछाने हाल बाहिर निस्किएर देश दौडाहामा छन् ।
काँग्रेस पार्टि दुई खेमामा विभाजित भई गगन थापा सभापति बनेर पार्टि हाँक्न थालि सके भने ११ औं महाधिवेशन बाट पुनः एमालेका केपी शर्मा ओली नै अध्यक्ष बनेका छन् ।त्यसैगरि टुक्रा टुक्रा भएर छरिएका मधेशवादि पार्टिहरु चुनावमा हार्ने डरले मिलेर जाने रणनिति अपनाउने दाउमा लागि परेका छन् ।
माओवादी पार्टिले पनि स साना बामपन्थि पार्टिहरुसँग एकता गर्दै अगाडी बढ्ने योजना बनाए लगतै नेता जनार्दन शर्मा लगायतका अन्य नेताहरु बिद्रोह गरेर बाहिरीएको अवस्था छ ।
काठमाडौंका बालेन्द्र साहले मेयर पदबाट राजिनामा दिएर राष्ट्रिय स्वतन्त्र पार्टिबाट संसदिय चुनावमा केपि शर्मा ओलिको प्रतिद्धन्दिको रुपमा झापाबाट लड्रदै छन् ।
यता चितवनमा मेयर पदबाट रेणु दाहालले पनि राजिनामा दिएकि छिन् ।
उनि पनि संसदिय चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टिकी नेतृ शोभिात गौतमसँग प्रतिद्धन्दिको रुपमा लड्दै छिन्
देशमा भइरहेको बढ्दो भ्रष्टाचार अन्त्य र सामाजिक संजाल माथिको प्रतिबन्धका कारण शुरु भएको जेन जि आन्दोलन पछि हुन लागेको चुनावले देशको मुहार फेर्ने हो कि होईन भन्ने विषयमा भने जनताहरु अन्यौलतामा नै थिए ।
तर जब रवि लामिछाने र बालेन बिच वार्ता भएर उनिहरु मिलेर अगाडी बढ्ने भन्ने समाचार सुने पछि जनतामा नयाँ आशा पलायो । त्यो त जनकपुरमा भएको राष्ट्रिय स्वतन्त्र पार्टिको सभाले पनि प्रष्ट पारि दिएको छ ।
बलिदान दिवसको अवसर पारेर जनकपुर पुगेका रवि लामिछाने,बालेन साह,मनिष झा,शोभिात गौतम लगायतका नेताहरुको सर्मथनमा उपस्थित भएका जनताको भिड देखेर हाल पुराना पार्टि लगायत मधेशवादि दलहरुको त सात्तो नै गएको छ ।
मैले आफ्नो बाल्यकाल तराईको बिरगंजमा बिताएकि हँु । बाल्यकालमा मैले त्यहाँको सम्पुर्ण अवस्था,व्यवस्था,अशिक्षित जनता ,त्यहाँको रितिरिवाज,समस्या,विकृतिहरु न्जिकबाट र्हेन र महशुस गर्ने मौका पाँए । त्यहाँको जनताहरुको पिडा देखेर म जहिले पनि सोच्ने गर्थे यहाँको अवस्था र मानसिकता कहिले परिवर्तन होला ?
हालको अवस्थामा महिलाहरुलाई शिक्षित बनाउनु पर्छ भन्ने चेतना त जागेको छ तर अरु केहि पनि परिर्वतन भने हुन सकेको छैन ।
तराईको सबैभन्दा ठुलो समस्या भनेको दाईजो प्रथा हो ।आज पनि दाईजोको कारणले गर्दा भ्रुण हत्या गर्ने चलन छ । महिला हिंसा र घरेलु हिंसाको अन्त्य हुन सकेको छैन । कतिपय चेलिहरुलाई त दाईजोको कारणले जलाएर मार्ने समेत गरिन्छ ।
मधेशका व्यक्तिहरु उच्च ओहदा सम्म पुगे । डाक्टर राम वरण यादव राट्रपति भए परमादन्द झा उप राट्रपति बने । उपेन्द्र यादव उप प्रधान एवं परराष्ट्र मन्त्रि भए । हृदेश त्रिपाठी,महेन्द्र राय यादव,राजेन्द्र महतो , रघुविर महासेठ,शरद सिंह भण्डारी लगातका नेताहरु मन्त्रि बने तर मधेशको मुहार भने कहिल्यै फेरिएन ।
मधेसमा गरिबि,बेरोजगारि समस्या मात्र हैन त्यहाँ रहेका कृषकहरु कहिले बाढी पहिरोको चपेटामा पर्ने गरेका छन् भने कहिले खेतबारीमा सिँचाईको समस्याले समयमा खेतिपाति गर्न पाँउदैनन् ।
यस्ता अनेकन समस्याको समाधान गरिदिने नेताको खोजिमा युँगौ देखि मधेसि जनताहरु पर्खि रहेका छन् ।
मधेसि जनताको नाममा राजनिति गर्नेहरु केवल आफ्ना आसेपासेलाई च्यापेर मात्र अगाडी बढे तर समस्या जेनको तेन रह्यो ।
नयाँ नेपालको सपना देखाएर पुराना पार्टि र नेताहरुले बारम्बार जनताको भावनासँग खेलवाड गरेर राजनिति गरे । आफुलाई सहज हुने कानुन निर्माण गरे ।
जनतालाई लुटे,देशलाई आर्थिक रुपबाट कमजोर बनाए ।
युवाहरुलाई कौडीको भाउमा विदेशमा बेचे । देशलाई खोक्रो बनाउन कुनै कसर बाँकि राखेनन् ।
नेपालि जनताले काँग्रेस,माओवादी,एमाले,मधेशवादी दल लगायत सम्र्पुणलाई अवसर दिए तर उनिहरुले देश र जनताको हितमा काम गरेनन् भन्ने कुरा जनताले देखि सके । अब बुझि सके ।
जनकपुरमा राष्ट्रिय स्वतन्त्र पार्टिका बालेन र रवि प्रतिको जनताको जुन आकर्षण र जनमत देखियो । यस बाट प्रष्ट हुन्छ कि पुराना पार्टिहरुबाट वाक्क दिक्क भएका मधेशि जनताहरुले परिवर्तन खोजेका छन् ।
तर नयाँ पार्टि र नयाँ नेताहरुले पनि पुरानै शैलिमा राजनिति गर्ने हो भने केहि समयकोलागि भाईरल भएका पार्टि र नेताहरुको हालत पनि पुराना जस्तै हुन बेर लाग्दैन ।
वास्तवमा भन्ने हो भने , राजनितिले समाजको परिवर्तन,विकास र व्यवस्थापनमा जोड दिुनु पर्छ ।
पार्टिका नेताहरुले शिक्षा,स्वास्थ्य,अर्थतन्त्र,रोजगारी,पुर्वाधार,जनताका समसमायिक समस्या लगायतका एजेण्डाहरुमा बहस गरेर अगाडी बढ्न जरुरी देखिन्छ ।
तर यहाँ ठिक विपरित अवस्थाबाट राजनिति गर्नेहरुको जमात बढेको छ ।एउटा औंला अरुलाई उठाउँदा चार ओटा औंला आफु तिर पनि फर्किएको छ भन्ने कुरा भुल्ने गरेका छन्
भनिन्छ नि जब मान्छेसँग तर्क हँुदैन त्यसपछि उक्त व्यक्तिले आफ्नो अगाडी रहेको व्यक्तिको चरित्र माथि औंला उठाउन थाल्छ । मूल मुद्दालाई ओझेलमा र्पादै व्यक्तिगत गालिगलौज र चरित्र हत्या गरेर राजनितिक गर्नेहरु एजेण्डा विहिन भएर नै त्यस्तो गरेका हुन् जस्तो लाग्छ ।
त्यसकारण नयाँ पार्टिहरुले संस्कारयुक्त राजनितिको थालनि गरेर जनताको आशालाई पुरा गर्ने सम्बन्धमा गम्भिर हुन आवश्यक छ ।


