बिहि, भदौ ११, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

मधेशी एकता समाजद्वारा स्वागत–सम्मान तथा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

धारणा न्यूज by धारणा न्यूज
७ महिना अगाडि
Reading Time: 1 min read
0
मधेशी एकता समाजद्वारा स्वागत–सम्मान तथा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

कतार । मधेशी एकता समाज कतारको आयोजनामा अंग्रेजी नयाँ वर्ष २०२६ तथा माघे संक्रान्ति पर्वको अवसरमा स्वागत–सम्मान तथा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न भएको छ । बिहीबार (१५ जनवरी २०२६) मुन्ताजा स्थित गोर्खाली रेस्टुरेन्टको सभाहलमा समाजले भव्य रूपमा कार्यक्रम सम्पन्न गरेको हो ।
कार्यक्रम मधेशी एकता समाज कतारका अध्यक्ष अली हुसैन राइनको अध्यक्षतामा सम्पन्न भएको थियो ।
कार्यक्रममा प्रमुख अतिथिका रूपमा नेपाल राष्ट्रिय मुक्ति पार्टी नेपालका उपाध्यक्ष तथा क्लोथ बैंक नेपालका अध्यक्ष डा. राजीव झा सहभागी थिए । मन्तव्यका क्रममा उनले मधेशको समग्र विकास, सामाजिक एकता र राजनीतिक स्थिरता बिना देशको दिगो प्रगति सम्भव नहुने स्पष्ट पारे ।
कार्यक्रममा विशेष अतिथिका रूपमा मधेशी एकता समाजका अन्तर्राष्ट्रिय उपाध्यक्ष राजीव झा, एनआरएनए कतारका अध्यक्ष कृष्ण पन्थी तथा मधेशका विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । अन्तर्राष्ट्रिय उपाध्यक्ष झाले मधेशको विकास, अधिकार र राजनीतिक स्थायित्वका लागि सबै संघ–संस्थाहरू एकजुट हुनुपर्नेमा जोड दिए ।
कार्यक्रममा उपस्थित वक्ताहरूले मधेशको आर्थिक, सामाजिक तथा शैक्षिक विकाससँगै राजनीतिक स्थिरता आजको प्रमुख आवश्यकता रहेको भन्दै आपसी सहकार्य र एकताको आवश्यकता औँल्याएका थिए ।
संस्थाका कोषाध्यक्ष गौतम शर्माले स्वागत मन्तव्य राख्दै कार्यक्रमको उद्देश्य र माघे संक्रान्ति पर्वको सांस्कृतिक महत्वबारे प्रकाश पारेका थिए भने मिडलिस्ट कोअर्डिनेटर अभय कुमार ठाकुरले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरे ।
कार्यक्रमको सहजीकरण महासचिव चन्द्रवीर यादवले गरेका थिए । उनले मन्तव्यका क्रममा मधेशको शिक्षा क्षेत्रप्रति गम्भीर चिन्ता व्यक्त गर्दै गुणस्तरीय शिक्षा बिना विकास सम्भव नहुने बताए । शिक्षा सुधारका लागि राज्य, राजनीतिक दल तथा सामाजिक संघ–संस्थाहरूले तत्काल जिम्मेवारी लिनुपर्नेमा उहाँले कडा शब्दमा जोड दिए ।
कार्यक्रमको औपचारिक सुरुआत ब्यानर अनावरण, दीप प्रज्वलन, राष्ट्रगान तथा दिवंगत आत्माप्रति एक मिनेट मौनधारणबाट गरिएको थियो। सहभागी अतिथि, पदाधिकारी तथा मधेशी समुदायको उल्लेखनीय उपस्थितिले कार्यक्रम भव्य र सफल भएको आयोजकले जनाएको छ।

यो पनि पढ्नुहोस्

भीषण बाढी क्षतिप्रति जापानी प्रमबाट गहिरो दुःख व्यक्त

भीषण बाढी क्षतिप्रति जापानी प्रमबाट गहिरो दुःख व्यक्त

७ मिनेट अगाडि
‘म’ बाट ‘हामी’मा रुपान्तरण हुने बेला आयाे

रास्वपाकाे सर्वदलीय बैठक बस्दै

९ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रधानमन्त्रीले आज सांसदका प्रश्नको जवाफ दिने

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

विदेशी मुद्राको विनिमयदर निर्धारण

विनाशकारी बाढीबाट तटीय क्षेत्रमा विध्वंश

रसुलको १५०१ औँ जन्मजयन्ती आज मनाइँदै

बाढीबाट तीन वटा प्रहरी कार्यालयमा क्षति

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक