बिहि, चैत्र ५, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home विचार

चुनावमा मात्र मिल्ने हैन, कांग्रेस–एमाले पार्टी एक हुनु जरुरी छ !

धारणा न्यूज by धारणा न्यूज
२ महिना अगाडि
Reading Time: 1 min read
0
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

–निमकान्त पाण्डे
रास्वपाले बालेन शाह र कुलमान घिसिङलगायतसँग एकता गरेपछि पुराना दलहरु झस्किएका छन् । त्यही कारण २०७२ मा संविधान निर्माण गरेका बेलामा सहकार्य गरेका दलहरु अहिले पनि मिल्नुपर्ने भन्दै ध्रुवीकरणमा जुटेका छन् । पुराना र प्रभावशाली तीन पार्टी कांग्रेस, एमाले र नेकपाले त राष्ट्रियसभामा गठबन्धन गर्ने समझदारी नै बनाइसकेका छन् । यसैमा मिसिन आइपुगेका छन्, मधेशवादी दल जसपा नेपाल र लोसपा । यदि यो गठबन्धन सफल भएमा यसलाई प्रतिनिधिसभाको निर्वाचनसम्म पनि विस्तार गर्ने संकेत दलहरु देखाएका छन् ।
विगतमा एक अर्कासँग मुख्य प्रतिस्पर्धी रहेका दलहरु कांग्रेस र एमाले नै अहिले निर्वाचनका लागि मिल्नुपर्ने भन्दै संवादमा छन् । जेनजी आन्दोलनपछि सत्ताबाट बहिर्गमन हुनु परेपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले जसरी पनि पुराना दललाई स्थापित गर्ने र जेनजी विद्रोहलाई गलत देखाउने प्रयास गरिरहेका छन् । यसैका लागि उनले कांग्रेस सभापति शेरबहादुर देउवासँग बारम्बार भेटेर निर्वाचनमा सहकार्य गर्ने वातावरण बनाएका हुन् । आफू विगतमा कांग्रेससँगको ७ बुँदे सम्झौताबाट अहिले पनि पछि नहटेको भन्दै ओलीले देउवालाई प्रधानमन्त्री बनाउने आश्वासन दिएको पनि समाचारहरुमा सार्वजनिक भएको छ ।
विगतका प्रतिस्पर्धी कांग्रेस र एमाले अहिले मिल्नुपर्ने किन आवश्यकता आइलाग्यो त ? के उनीहरुले देश र जनताका लागि मिल्ने निर्णय गर्न लागेका हुन् त ? पक्कै पनि होइन । रास्वपाले वैकल्पिक शक्तिको धार बलियो बनाउँदै लग्दा अहिले पुराना दल एक ठाउँमा आउनुपर्ने बाध्यतामा आइपुगेका हुन् । यदि त्यसो नगरेमा आगामी प्रतिनिधिसभा निर्वाचनमा बढारिनुपर्ने हो कि भन्ने भय पुराना दलहरुलाई परेको छ । त्यही कारण पनि नेताहरुले बारम्बार संवाद र सहकार्यका नारा लगाउन थालेका छन् । तर, दलहरुबीचको यो गठबन्धन केवल सत्ताका लागि हो । विगतमा पनि सत्ताका लागि जुनसुकै सहमति गर्न तयार हुन लागेका दलहरु फेरि सत्तामा फर्किनका लागि यो चुनावी गठबन्धनमा लागेका हुन् । नत्र कांग्रेस र एमालेनजस्ता फरकफरक आदर्श र सिद्धान्त बोकेका दलहरु मिल्नुपर्ने अरु बाध्यता थिएन ।
कांग्रेस र एमाले फरफरक नीति, सिद्धान्त, आदर्श र एजेन्डा भएका पार्टी हुन् । वामपन्थी पार्टी एमाले कम्युनिस्ट सिद्धान्त, नीतिमा आधारित छ । दक्षिणपन्थी दल कांग्रेस पुँजीवादी सिद्धान्तको पक्षपोषक हो । त्यसैले यी दुई दलको सहकार्य प्राकृतिक मान्न सकिँदैन । तर, नेपालमा भने राजनीतिक दलको आस्था, सिद्धान्त एकातिर राखेर सत्ता स्वार्थका लागि सहकार्य गर्ने प्रचलन बढ्दो छ । विगत डेढ दशकयता यस्ता अस्वाभाविक राजनीतिक सहकार्य हुँदै आएको छ, जसको परिणाम सुखद देखिँदैन ।
त्यसैले पनि यी दललाई पंक्तिकारको सुझाव छ, कांग्रेस र एमालेले चुनावी गठबन्धन मात्र होइन, पार्टी एकता नै गर्नुपर्छ । एमाले कम्युनिष्ट पार्टी भए पनि न पार्टीको न त यसका नेताहरुको त्यस्तो चरित्र देखिएको छ । एमालेले अपनाएको साम्यवादको सिद्धान्त अब नेपालमा लागू गर्न नै असम्भव देखिएको छ । यसमा एमालेले पनि सम्भव देखेको छैन भने त्यस्तो साम्यवादलाई नेपाली जनताले पनि स्वीकार्ने अवस्था अब छैन । अर्कोतर्फ कांग्रेसले पनि बीपी कोइरालाको प्रजातन्त्र र समाजवादको अवधारणालाई स्वीकारेको छ । त्यसैले साम्यवाद र समाजवादको मिल्दोजुल्दो अवधारणमा यी दुई पार्टीलाई एक हुन सहज छ । तर, बीपीले भनेको जस्तो समाजवादी पनि लागू हुने अवस्था देशमा छैन । त्यसैले कांग्रेस र एमालेले जेनजी विद्रोहले माग गरेको विषयमा आधारित रहेर पार्टी एकता गरे पनि ठूलो कुरा हुनेछ । यसले जनतालाई कांग्रेस र कम्युनिस्ट भनेर विभाजित र झुक्याउने काम पनि बन्द हुनेछ ।
जेनजी विद्रोहले देशमा सुशासन माग गरेको थियो, भ्रष्टाचारमुक्त सरकार माग गरेको थियो । देशमा भएका बेथिति, दण्डहीनता, अनियमितता, अकर्मण्यता अन्त्य गर्दै विकासको माग गरेको थियो । यही माग गर्दै गत भदौमा भएको जेनजी विद्रोहमा ७६ जनाले सहादत प्राप्त गरेका थिए । त्यसैले कांग्रेस र एमालेले अहिले आफ्नो मुख्य पथ समाजवाद र साम्यवाद भन्दा जेनजीवादलाई बनाउन आवश्यक छ । अरु गर्न नसके पनि कांग्रेस र एमालेले देशलाई भ्रष्टाचारमुक्त गर्न सक्ने संकल्प र प्रतिबद्धता त गर्न सक्छन् नि ? जेनजी विद्रोहको पदचाप पछ्याउन त सक्छन् नि ? त्यसैले सत्ताका लागि चुनावमा गठबन्धन गर्ने भन्दा बरु कांग्रेस र एमालेले जेनजी विद्रोहको मागलाई आफ्नो मूल सिद्धान्त बनाएर पार्टी एक भएर अघि बढ्नुपर्छ । भ्रष्टाचारमुक्त र विकासयुक्त देश नै जेनजीको माग हो र यसैमा एक भएर लाग्न कांग्रेस र एमालेलाई पंक्तिकारको सुझाव छ । जनधारणा साप्ताहिक

 

यो पनि पढ्नुहोस्

सुधारको ग्यारेन्टी लिएर उभिएको छु : सभापति थापा

कांग्रेसका सभापति गगन थापाले दिए राजीनामा

२ घण्टा अगाडि
राई, लिम्बू समुदायको प्रतिनिधित्व नभएकोमा माफी मागे

राई, लिम्बू समुदायको प्रतिनिधित्व नभएकोमा माफी मागे

३ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरुको शपथको तयारीमा जुट्याे

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

एउटै बिषयमा सर्वोच्चका दुई आदेश

मोरोक्को अफ्रिका कप अफ नेसन्सको विजेता घोषणा

अभिमुखीकरण कार्यक्रमको दोस्रो दिन सुरू

नागरिकको अपेक्षा अनुरूप जिम्मेवारी बहन गर्न निर्देशन

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक