सोम, बैशाख १४, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home Uncategorized

एमालेसँगको गठबन्धन र उम्मेदवार चयन गर्ने निर्णयमा फरक मत

धारणा न्यूज by धारणा न्यूज
४ महिना अगाडि
Reading Time: 1 min read
0
एमालेसँगको गठबन्धन र उम्मेदवार चयन गर्ने निर्णयमा फरक मत
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले राष्ट्रियसभामा एमालेसँगको गठबन्धन र उम्मेदवार चयन गर्ने निर्णयमा फरक मत राखेका छन् । सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले बुधबार गरेको निर्णयमा उनले फरक मत राखेका हुन् ।

उम्मेदवार चयनका लागि केन्द्रीय कार्यसमिति र संसदीय बोर्डको मानमर्दन गरिएका कारण आफूले कार्यसम्पादन समिति बैठकले गरेको निर्णयमा फरक मत राखेको महामन्त्री थापाको भनाइ छ ।

‘आज राष्ट्रियसभा उम्मेदवार जसरी चयन गरियो यो केन्द्रीय समितिको पनि मानमर्दन भयो, संसदीय बोर्डको पनि मानमर्दन भयो,’ बैठकपछि उनले भने, ‘त्यसैले महामन्त्रीको रूपमा संसदीय बोर्ड र केन्द्रीय कार्यसमितिको मानमर्दन गरेको कुरामा कम्तीमा मेरो ठाउँबाट मैले लिखित फरक मत राखेँ ।’

उम्मेदवारी चयनका लागि मंगलबारको बैठकले सम्पूर्ण जिम्मेवारी सभापतिलाई दिने निर्णय गरेको प्रति आफूले आपत्ति प्रकट गरेपछि बुधबार बैठक बसेको महामन्त्री थापाको धारणा थियो ।

‘उम्मेदवारी चयनका सन्दर्भमा हिजो सम्पूर्ण जिम्मेवारी सभापतिलाई दिने निर्णय गरियो । मैले नै त्यो प्रस्ताव केन्द्रीय समिति छ, संसदीय बोर्ड छ, समितिको मानमर्दन यो हदसम्म त नगरौं न भन्ने राखेर मैले नै आपत्ति प्रकट गरेका थिएँ,’ थापाले भने, ‘त्यसकारणले आजको बैठक राखियो । तर, आजको बैठकमा यहाँ रमाइलो के भयो भने नाम प्रस्ताव गर्नका लागि यहाँ आइएको छ, तर, नाम प्रस्ताव गर्न बाँकी नै छ । पारित गर्न बाँकी नै छ । उम्मेदवारहरू मनोनयन पत्र बोकेर आ–आफ्नो जिल्ला गइसक्नुभयो ।’

महामन्त्री थापाले कार्यसम्पादन समिति बैठकले गरेको निर्णयमा आफूले स्वामित्व नलिने पनि बताए । ‘जुन तालमेल गर्ने निर्णय गर्नुभएको छ, तालमेलका लागि जे आधार दिनुभएको छ, ती कुनै पनि निर्णय केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा आएर तर्कपूर्ण छलफल भएर भएको निर्णय होइन,’ महामन्त्री थापाले भने, ‘त्यसकारणले गर्दा यो निर्णयको स्वामित्व हामी लिँदैनौं ।’

उनले एमालेसँग तालमेलको सैद्धान्तिक आधार के हो भन्ने कुनै स्पष्टता नरहेको जनाए । महत्त्वपूर्ण निर्णयमा नेताहरूमा महामन्त्रीलाई समेत जानकारी नदिई केही व्यक्तिले घेराबन्दी गर्न खोजेको  जनाए।

यो पनि पढ्नुहोस्

मनोहरामा सुकुम्बासी बस्ती हटाउने कार्य सुरु

सुकुमबासीहरु रंगशालामा नाम टिपाउन पुगे

८ घण्टा अगाडि
बेथितिलाई सुधार्ने गतिमा रास्वपा अघि बढ्दै

बेथितिलाई सुधार्ने गतिमा रास्वपा अघि बढ्दै

९ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

सांसदहरू जनताको ‘नोकर’ भएको स्मरण

बेथितिलाई सुधार्ने गतिमा रास्वपा अघि बढ्दै

एमालेको सचिवालय बैठक आज बस्दै

राष्ट्र बैंकको कुल सम्पत्तिमा उल्लेख्य वृद्धि

चलचित्र ‘बुकी’ को पहिलो प्रिमियर शो जापानमा गरिने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक