काठमाडौं । भारतमा आयोजना हुने १४ औं संस्करणको पुरुष साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता आगामी असारमा आयोजना हुने भएको छ । दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले साफ च्याम्पियनसिप असार ६ देखि १८ गतेसम्म हुने जनाएको छ ।
साफ च्याम्पियनसिपको यस संस्करण बेंगलुरुमा हुनेछ । गत महिना बसेको साफको कार्यकारी समितिको बैठकले साफ च्याम्पियनसिप-२०२३ भारतमा गर्ने निर्णय गरेको थियो । यद्दपी मिति र आयोजना हुने स्थान भने तय भएको थिए ।
यस अघि साफको १४ औं संस्करण बंगलादेशमा हुने तय थियो । तर, बंगलादेशले आयोजना गर्न नसक्ने भएपछि भारतमा प्रतियोगिता हुन लागेको हो । यस संस्करणको साफ च्याम्पियनसिपमा ७ राष्ट्रले सहभागिता जनाउदै छन् । अघिल्लो संस्करणमा भुटान र पाकिस्तानले सहभागिता जनाएको थिएन । माल्दिभ्समा आयोजना भएको १३ औं साफ च्याम्पियनसिपमा नेपाल उपविजेता बनेको थियो । नेपाल उपाधि भिडन्तमा भारतसँग ३-० ले पराजित भएको थियो ।


