बिहि, फाल्गुन २८, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

पाँच महिनामा ४ खर्ब ९ अर्ब ७८ करोड रुपैयाँ राजश्व संकलन

धारणा न्यूज by धारणा न्यूज
२ महिना अगाडि
Reading Time: 1 min read
0
तीन महिनामा रेमिट्यान्स ३५.४ प्रतिशतले वृद्धि
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो पाँच महिनामा सरकारले ४ खर्ब ९ अर्ब ७८ करोड रुपैयाँ राजश्व संकलन गरेको छ।

अर्थ मन्त्रालयका अनुसार मंसिर मसान्तसम्म कर राजश्वतर्फ ३ खर्ब ८२ अर्ब २३ करोड, गैरकर राजश्व २४ अर्ब ७ करोड र विविध प्राप्तिबाट ३ अर्ब ४७ करोड रुपैयाँ आम्दानी भएको हो। यो संकलन वार्षिक लक्ष्यको करिब ७८ दशमलव ७४ प्रतिशत मात्र हो।

गत आर्थिक वर्षको सोही अवधिको तुलनामा राजश्व संकलन १ दशमलव ६८ प्रतिशतले वृद्धि भएको छ। अर्थ मन्त्रालयका सहसचिव टंकप्रसाद पाण्डेयले प्रतिकूल आर्थिक परिस्थितिका बाबजुद पनि राजश्व संकलन गत वर्षको तुलनामा सकारात्मक रहेको बताए। उनका अनुसार भन्सार, मूल्य अभिवृद्धि कर (VAT) र अन्तःशुल्कतर्फको राजश्व संकलन सन्तोषजनक रहे पनि आयकरतर्फ भने ८ प्रतिशतले गिरावट आएको छ।

आयकर घट्नुको मुख्य कारण बजारमा ब्याजदर घट्नु र त्यसबाट प्राप्त हुने ब्याजकरमा कमी आउनु रहेको सहसचिव पाण्डेयको भनाइ छ। साथै, घरजग्गा कारोबार सुस्त हुँदा पुँजीगत लाभकरमा पनि उल्लेख्य कमी आएको उनले जानकारी दिए। घरजग्गा र शेयर बजार दुबै क्षेत्रमा कारोबार कमजोर हुँदा सरकारको राजश्व लक्ष्य प्रभावित भएको देखिन्छ।

यद्यपि, घरजग्गाको कित्ताकाट खुलिसकेको र शेयर बजारमा पनि केही सुधारको संकेत देखिएकाले आगामी महिनामा राजश्व संकलन बढ्ने अर्थ मन्त्रालयको विश्वास छ। मन्त्रालयका अनुसार आसन्न निर्वाचन खर्च तथा पुनर्निर्माणसम्बन्धी गतिविधिले आर्थिक चलायमानता बढाउने र असार मसान्तसम्म राजश्व लक्ष्य हासिल हुने अपेक्षा गरिएको छ।

यो पनि पढ्नुहोस्

रास्वपाका प्रवक्ता झाले सभापति खतिवडाको राजीनामा मागे

मधेशमा रास्वपालाई प्रत्यक्षमा कम मत

३९ मिनेट अगाडि
जेनजी आन्दोलन दमनका अपराधी किटान

जेनजी आन्दोलन दमनका अपराधी किटान

४१ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

रविविरुद्ध पेश भएको आरोपपत्र संशोधन गर्ने

नौसैनिक ईरानी जहाजमाथि टर्पेडो हमला भए पनि भारतकोठूलो अपमान

आफ्नो अनुहारको कालो धब्बा हटाउन ऐना होइन अनुहार पुछौ- रास्वपालाई गाली नगरौ

नेप्से परिसूचक २८२० अंकमा कायम

हाम्रो देश भारत निर्भर रहेको प्रमाण !

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक