मङ्ल, पुस ८, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

एचपिभी भाइरसविरुद्धको खोप सञ्चालन

धारणा न्यूज by धारणा न्यूज
४ घण्टा अगाडि
Reading Time: 1 min read
0
एचपिभी भाइरसविरुद्धको खोप सञ्चालन
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । सरकारले राष्ट्रिय खोप कार्यक्रम मार्फत पाठेघरको मुखको क्यान्सर बनाउने एचपिभी (ह्युमन प्यापिलोमा भाइरस) भाइरसविरुद्धको खोप सञ्चालन गर्न लागेको छ ।

परिवार कल्याण महाशाखा अन्तर्गतको बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा.अभियान गौतमले माघको अन्तिम साताबाट राष्ट्रिय खोप कार्यक्रम मार्फत एचपिभी भाइरसविरुद्धको खोप कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको जानकारी दिनुभयो ।

उहाँले भन्नु भयो, “आगामी माघको अन्तिम सातबाट कक्षा ६ मा अध्ययनरत र १० वर्षका करिब साढे तीन लाख किशोरीलाई लक्षित गरेर पाठेघरको मुखको क्यान्सर बनाउने एचपिभी भाइरसविरुद्धको खोप कार्यक्रम सञ्चालन गर्न लागेका छौँ ।”

यसका लागि सरकारले विद्यालय र विद्यालय बाहिर खोप केन्द्र तय गरेको छ । खोप सुरक्षित हुनुका साथै जीवन रक्षा गर्ने भएकाले ढुक्का भएर खोप लगाउन डा.गौतमको सुझाव छ ।

उहाँ भन्नुहुन्छ,“एचपिभीविरुद्धको खोपलाई लिएर थुप्रै भ्रम सिर्जना भएका छन्। यो खोप सुरक्षित र रोगविरुद्ध प्रभावकारी भएकाले ढुक्क भएर खोप लगाउनु होस् ।”

एचपिभीविरुद्धको खोप एक मात्र लगाएर पुग्छ । यस अघि सरकारले एचपिभि विरुद्धको खोप अभियान सुरु गरेर देशभरका ९ वर्ष देखि १४ वर्ष उमेर समूहका करिब १६ लाख  किशोरीलाई खोप लगाइसकेको छ ।

यो खोप विश्व स्वास्थ्य सङ्गठनले प्रमाणित गर्नुका साथै राष्ट्रिय खोप सल्लाहकार  समितिको सुझाव पछि मात्र नेपालमा लगाउन सुरु गरिएको हो ।

पूर्णखोप सुनिश्रितताको दिगोपना घोषणा 

नियमित खोपमा आर्थिक वर्ष २०८१,८२ मा देशभरका ७७ जिल्लाहरू पूर्णखोप सुनिश्रितताको दिगोपना घोषणा भएका छन् । १६ देखि २३ महिनाको उमेरसम्मका बालबालिकाले १५ महिनाको उमेरभित्र लगाउनु पर्ने सबै खोपको पूर्णमात्रा पाएको सुनिश्रित गर्दै पूर्ण खोप सुनिश्रितता तथा दिगोपना घोषण गरिन्छ ।

सरकारले २०३४ सालदेखि खोप अभियान सुरु गर्दै आएको छ । विश्व स्वास्थ्य सङ्गठनका डा.पवन उपाध्यायले खोप कार्यक्रम सञ्चालन गर्न सुरु गरेदेखि बाल मृत्युदर घट्दै गएको दाबी गर्नुभयो । उहाँले भन्नुहुन्छ,“खोप अभियान सञ्चालन गरेको ५० वर्षमा विश्वमा खोपले १५ करोड ४० लाखको जीवन बचाएको अध्ययनले देखाएको छ ।एचपिभीविरुद्धको खोप नियमित खोपमा समावेश गरेका छौँ । एचपिभी भाइरसबाट हुने जोखिलाई कम गर्ने विश्वास छ ।”

 कुन खोप के रोगबाट बचाउँछ ? 

सरकारले राष्ट्रिय खोप तालिका बनाएर जन्मेदेखि १५ महिना उमेर समूहका बालबालिकालाई लक्षित गर्दै ११ प्रकारका रोग विरुद्धको नियमित खोप मार्फत निःशुल्क दिँदै आएको छ ।

जन्मनेबित्तिकै लगाउने खोप 

डा.गौतमका अनुसार जन्मिनेबित्तिकैदेखि एक वर्षभित्रमा दिइने बिसिजी विरुद्धको खोपले क्षयरोग हुनबाट बचाउँछ। यो खोप एक पटक छालाभित्र दिइने गरिन्छ।

छ हप्तामा लगाउने खोप 

बच्चा जन्मिएको छ हप्तामा रोटा, पोलियो, पिसिभी, डिपिटी, हेप बी हिब विरुद्धको खोप दिइन्छ। उक्त खोपले रोटा भाइरसबाट हुन झाडा पखाला, पोलियो निमोनिया, भ्यागुते रोग, लहरेखोकी, धनुष्टङ्कार, हेपाटाइटिस बी हेमोफिलस इन्फुलुएन्जा बीबाट बचाउने डा.गौतम बताउनु हुन्छ।

१० हप्तामा लगाउने खोप 

त्यसैगरी, बच्चा जन्मिएको १० हप्तामा रोटा, पोलियो, पिसिभी, डिपिटी, हेप बी हिब विरुद्धको खोप दिइने गरिन्छ । उक्त खोपले रोटा भाइरसबाट हुने झाडा पखाला, पोलियो, निमोनिया, भ्यागुते लहरेखोकी, धनुष्टङ्कार, हेपाटाइटिस बी हेमोफिलस इन्फुलुएन्जा बीबाट बचाउँछ।

१४ हप्तामा लगाउने खोप 

यो पनि पढ्नुहोस्

सेयर बजारमा दोहोरो अंकको वृद्धि

नेप्से परिसूचक सामान्य अंकले बढेर बन्द

३६ मिनेट अगाडि
म्यान्मामा गृहयुद्धको बिचमा निर्वाचन सुरु गराउने तयारी

म्यान्मामा गृहयुद्धको बिचमा निर्वाचन सुरु गराउने तयारी

१ घण्टा अगाडि

१४ हप्तामा पोलियो, एफआइपिभी, डिपिटी, हेप बी हिबविरुद्धको खोप दिने गरिन्छ। उक्त खोपले पोलियो, भ्यागुते रोग, लहरेखोकी, धनुष्टङ्कार, हेपाटाइटिस बी, हेमोफिलस इन्फ्लुएन्जा बी बाट बचाउँछ।

नौ महिनामा लगाइने खोप

जन्मिएको नौ महिनामा एफ आइपिभी, पिसिभी, दादुरा–रुबेला विरुद्धको खोप लगाइन्छ। उक्त खोप निमोनिया, दादुरा र रुबेला रोगबाट बचाउँछ।

१२ महिनामा लगाइने खोप

१२ महिनामा जापानिज इन्सेफलाइटिस विरुद्धको खोप दिने गरिन्छ। उक्त खोपले जापानिज इन्सेफलाइटिस बचाउँछ।

१५ महिनामा लगाइने खोप

१५ महिनामा दादुरा–रुबेला टाइफाइडविरुद्धको खोप दिने गरिन्छ। उक्त खोपले दादुरा र रुबेलाबाट बचाउँछ ।

१० वर्षमा एचपिभी खोप

यो पाठेघरको मुखको क्यान्सर बनाउने एचपिभी भाइरसबाट बचाउने गर्छ । सरकारले कक्षा ६ मा अध्ययनरत र १० वर्षका किशोरीलाई लक्षित गरेर पाठेघरको मुखको क्यान्सर बनाउने एचपिभी भाइरसविरुद्धको खोप दिँदै आएको छ ।

पहिले टिडी खोप नलगाएको गर्भवतीले टिटानस र डिप्थेरियाविरुद्धको कम्तीमा एक महिनाको अन्तरमा दुई पटक टि डीविरुद्धको खोप लगाउन चिकित्सकको सुझाव छ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

बंगलादेशमा युवकको हत्याविरुद्ध जनकपुरधाममा विरोध प्रदर्शन

केपी ओली र गृहमन्त्री रमेश लेखकलाई बयानमा बोलाउने निर्णय

प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै हस्ताक्षर

जेन जी युवा र महिलासहित कम्तीमा ५ उम्मेदवार सिफारिस गर्न आन्तरिक निर्देशन जारी

आईसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोटकाे खेलतालिका सार्वजनिक

प्रहरी दमनप्रति गम्भीर आपत्ति जनाउँदै घोर भर्त्सना

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक