काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका नेता शिशिर खनालले आगामी निर्वाचनमा शान्ति सुरक्षाको विषय नै सबैभन्दा प्रमुख रहेको जनाएका छन्।
सरकारले आह्वान गरेको सर्वपक्षीय बैठकमा बोल्दै उनले निर्वाचनमा शान्ति सुरक्षा, प्रचार प्रसारको विषय प्रमुख रहेको जनाए। भयरहित वातावरणमा सहभागिता, नेताहरुको, पार्टीहरुको, उम्मेदवारहरुको सुरक्षाको ग्यारेन्टीको जिम्मेवारी सरकारको भएको उनले जनाए ।
उनले अन्तरजिल्ला मतदान व्यवहारिक रुपमा सम्भव रहेको जनाइएको र राजनीतिक दलहरुको प्रतिबद्धता मात्रै चाहिएको भए रास्वपा तयार रहेको जनाए । उनले भने, ‘अन्तरजिल्ला मतदान व्यवहारिक रुपमा सम्भव छ भनेर निर्वाचन आयोगले जेनजी प्रतिनिधिलाई भन्नुभएको छ। यसमा राजनीतिक प्रतिबद्धता चाहियो भन्ने कुरा भनिएको छ।
राजनीतिक प्रतिबद्धताका कारणले मात्रै असम्भव हो भने राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट हामी तयार छौँ। चुनावमा शान्ति सुरक्षाको विषय नै हो। प्रचार प्रसारको विषय नै हो। भयरहित वातावरणमा सहभागिता, नेताहरुको, पार्टीहरुको, उम्मेदवारहरुको सुरक्षाको ग्यारेन्टीको जिम्मेवारी सरकारको हो।’ उनले सरकारले ल्याएको अध्यादेशमा रास्वपाको समर्थन रहेको जनाए ।


