काठमाडौं । आइतबार चाँदीको भाउ नयाँ उचाइमा पुगेको छ । पहिलो पटक चाँदीको भाउ प्रतितोला ४ हजार १ सय रुपैयाँ नाघेको छ ।
अघिल्लो दिन शुक्रबारको तुलनामा आज प्रतितोला १ सय रुपैयाँले चाँदी बढेसँगै ४ हजार १०५ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन ४ हजार ५ रुपैयाँ थियो ।
आज सुनको भाउ तोलामा १ सय रुपैयाँ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ५८ हजार ३ सय रुपैयाँ तोकेको छ ।
अघिल्लो दिन २ लाख ५८ हजार ४ सय रुपैयाँ थियो । गत सोमबार सुनको भाउ हालसम्मकै उच्च २ लाख ६० हजार ७ सय रुपैयाँ पुगेको रेकर्ड छ ।


