आइत, पुस ६, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home लेख

३८ हजार सहकारी पीडितले बचत फिर्ता पाउने 

धारणा न्यूज by धारणा न्यूज
१ दिन अगाडि
Reading Time: 2 mins read
0
३८ हजार सहकारी पीडितले बचत फिर्ता पाउने 
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

भुवन पाैडेल

काठमाडौं । सरकारले चक्रीय कोषमार्फत बचत फिर्ता गर्दा पाउने सहकारी पीडित बचतकर्ता करिब ३८ हजार छन् ।

सरकारले १ लाखसम्मका साना बचतकर्ताको रकम फिर्ता गर्दा ती बचतकर्ताले आफ्नो पूरै बचत रकम पाउने भएका हुन् ।

भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयले साना बचतकर्ताको रकम फिर्ता गर्ने प्रस्ताव सहित चक्रीय कोषको परिकल्पना गरेको छ । उक्त कोषमा सरकारले २ अर्ब रुपैयाँ राख्ने र त्यसको परिचालन कार्यविधि मार्फत साना बचतकर्तालाई फिर्ता गर्ने प्रस्ताव मन्त्रालयले गरेको छ ।

सोही अनुसार मन्त्रालयले कार्यविधि तयार गरी अर्थ मन्त्रालयमा पठाएको छ । अर्थमा अध्ययन क्रममा रहेको उक्त कार्यविधि मन्त्रिपरिषद्ले स्वीकृत गरेपछि साना बचतकर्ताले रकम फिर्ता पाउनेछन् ।

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले तयार गरेको तथ्यांक अनुसार समस्याग्रस्त सहकारीका साना बचतकर्ताको संख्या ३७ हजार ८ सय ६ जना छ ।

उनीहरुले समस्याग्रस्त सहकारीमा जम्मा गरेको १ लाख रुपैयाँसम्म फिर्ता पाउनेछन् । मन्त्रालयले सोही अनुसार कार्यविधि बनाइ चक्रीय कोषमा सरकारले राख्ने रकम यकिन गरिएकोे मन्त्रालयका एक अधिकारीले बताए ।

‘१ लाखसम्मका बचतकर्ताको संख्या र रकम विश्लेषण गरेर कार्यविधि तयार गरिएको हो,’ ती अधिकारीले भने, ‘सहकारीका कारण समस्यामा परेका साना बचतकर्ताको रकम फिर्ता गरी सहकारी मार्फत उठेको रकम उक्त कोषमा जम्मा गरिने छ ।’

समस्याग्रस्त सहकारी कार्यलयका अनुसार समस्याग्रस्त २० सहकारी संस्थाका १ लाखभन्दा थोरै बचत गर्ने ३७ हजार ८ सय ६ बचतकर्तालाई १ अर्ब ८६ करोड ८४ लाख ९६ हजार रुपैयाँ भुक्तानी दिनुपर्ने देखिएको छ । त्यसमध्ये ५ सहकारीमा १ लाखसम्म बचतकर्ता नै नभएको समितिको कार्यालयले जनाएको छ ।

प्रभु बचत तथा ऋण सहकारी संस्था, स्ट्यान्डर्ड सेभिङ एन्ड क्रेडिट कोअपरेटिभ, कन्जुमर बचत तथा ऋण सहकारी संस्था, हाम्रो नयाँ कृषि सहकारी संस्था, कोहिनुर हिल सेभिङ एन्ड क्रेडिट कोअपरेटिभ र भेगास बचत तथा ऋण सहकारी संस्थामा १ लाखसम्म बचत गर्ने बचतकर्ता नभएको कार्यालयले जनाएको छ ।

 

सरकारले १ लाखसम्म बचत भएका पीडितलाई मात्रै दिने गरी प्रक्रिया अघि बढाए पनि आन्दोलनरत सहकारी पीडितले त्यसमा सहमति जनाइसकेका छैनन् । सहकारी पीडित बचतकर्ता महासंघले भने सबै बचतकर्तालाई १ लाखसम्मको रकम फिर्ता दिनुपर्ने माग गर्दै आएको छ ।

समस्याग्रस्त कार्यलयका अनुसार शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थामा १ लाखसम्मको मात्रै बचत राख्ने बचतकर्ताको संख्या २० हजार ४ सय ८३ छ । उक्त संस्थामा साना बचतकर्ताको मात्रै ६९ करोड ७ लाख ३४ हजार रुपैयाँ बचत रहेको कार्यालयले जनाएको छ ।

यो पनि पढ्नुहोस

सहकारी पीडितलाई राहत दिन आर्थिक सुधार आयोगको सुझाव

त्यसैगरी आइडियल यमुना हाम्रो बहुउद्देश्यीय सहकारीमा ८ हजार ७९ साना बचतकर्ता छन् । उक्त संस्थामा साना बचतकर्ताको मात्रै २७ करोड ३ लाख ४४ हजार छ ।

कार्यालयका अनुसार प्यासिफिक सेभिङ एन्ड इन्भेस्टमेन्ट कोअपरेटिभमा १ लाखसम्म बचत गर्नेको संख्या १५ छ भने सोसाइटल बचत तथा ऋण सहकारीमा १० जना छन् ।

त्यस्तै लु:निभा बहुद्देश्यीय सहकारी संस्थामा २ जना, ओरेन्टल कोअपरेटिभमा ६ सय २८, पशुपति सेभिङ एन्ड क्रेडिट कोअपरेटिभमा २ सय ६४, तुलसी बहुमुखी सहकारी संस्थामा ३ हजार ३ सय ७, कृषि विकास बहुउद्देश्यीय सहकारी संस्थामा ८ सय ३८, कान्तिपुर सेभिङ एन्ड क्रेडिट सहकारी संस्थामा १ हजार ९ सय ५, श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थामा १ हजार ६ सय ७८, गौतमश्री बहुउद्देश्यीय सहकारी संस्थामा ३ सय २२, गोरखा सेभिङ एन्ड क्रेडिट सहकारी संस्थामा ६ र नेपाल सहकारी वित्तीय संस्थामा २ सय ६९ जनाको १ लाखसम्मको बचत छ ।

सरकारले उक्त चक्रीय कोषमार्फत रकम फिर्ता गर्दा प्रदेशहरूमा रहेका समस्याग्रस्त सहकारीको समेत १ लाखसम्मका बचत फिर्ता गर्नुपर्ने हुन्छ ।

यो पनि पढ्नुहोस्

नेकपालाई निर्वाचनमार्फत बहुमत दिन आग्रह

नेकपालाई निर्वाचनमार्फत बहुमत दिन आग्रह

४३ मिनेट अगाडि
विशेष अनुदानका लागि कार्यक्रम प्रस्ताव गर्न आग्रह

विशेष अनुदानका लागि कार्यक्रम प्रस्ताव गर्न आग्रह

४५ मिनेट अगाडि

प्रदेश तथा स्थानीय तहमा समस्याग्रस्त घोषणा भएका सहकारीको समेत जोड्दा उक्त कोषबाट भुक्तानी दिनुपर्ने रकम २ अर्ब पनि थोरै हुने समितिको कार्यालयका एक अधिकारीले बताए ।

‘सरकारले बचत फिर्ता गर्ने भने पनि काठमाडौका संस्थाका मात्र नभई देशभरिका सबै समस्याग्रस्त सहकारी संस्थाका १ लाखसम्मका बचतकर्ताको रकम फिर्ता दिनुपर्ने हुन्छ,’ कार्यलयका ती अधिकारीले भने, ‘ठूला बचतकर्ताका हकमा आम्दानीको स्रोतको खोजी गरेर अघि बढ्नुपर्ने हुन्छ ।’

पछिल्लो समय समस्याग्रस्त सहकारीका बचतकर्ताले आफ्नो बचत फिर्ता माग गर्दै निरन्तर आन्दोलन गर्दै आएका छन् । वित्तीय क्षेत्र सुधार सुझाव आयोगले पनि पीडित बचतकर्ताको ५ लाखसम्मको रकम सरकारले कोष खडा गरेर भुक्तानी दिनुपर्ने सुझाएको छ । आन्दोलित पीडितले पनि सोही अनुसार माग राख्दै आएका छन् ।

समितिको कार्यालयका अनुसार १५ समस्याग्रस्त सहकारी संस्थाको ६२ हजार ३ सय २४ बचतकर्ताको ३९ अर्ब ४२ करोड ९६ लाख रुपैयाँ बचत फिर्ता माग गरिएको छ ।

ती सहकारीका ३९ हजार ४ सय ३० ऋणीबाट २४ अर्ब ८८ करोड ४३ लाख रुपैयाँ असुल गर्न बाँकी रहेको कार्यालयले जनाएको छ । समस्याग्रस्त सहकारीका कुल ऋणमध्ये १ हजार ९ सय ५४ ऋणीबाट २७ करोड २४ लाख असुल गरेको कार्यलयको दाबी छ ।

त्यसैगरी २ हजार ८ सय २७ बचतकर्ताको १ अर्ब ८६ करोड १७ लाख बराबर बचत फिर्ता गरेको कार्यालयले जनाको छ । कार्यालयले अझै ५६ हजार ४ सय ९७ बचतकर्ताको ३७ अर्ब ५६ करोड ७८ लाख बचत फिर्ता गर्न बाँकी रहेको कार्यलयले जनाएको छ । अनलाइन खबर

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

‘कुरा खाडीको, चिन्ता नेपालको’ विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

महामन्त्री थापा निर्वाचनमा ६ स्थानबाट उम्मेदवार सिफारिस

आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

सुशीला कार्की सरकारको १०० दिन

घट्याे सुनको भाउ

चुनाव चिन्ह ‘बस’ उत्पीडित समुदायको राजनीतिक मुक्तिको प्रतीक : अन्सारी

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक