शुक्र, पुस ४, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

चुनाव चिन्ह ‘बस’ उत्पीडित समुदायको राजनीतिक मुक्तिको प्रतीक : अन्सारी

धारणा न्यूज by धारणा न्यूज
८ घण्टा अगाडि
0
चुनाव चिन्ह ‘बस’ उत्पीडित समुदायको राजनीतिक मुक्तिको प्रतीक : अन्सारी
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । संघीय गणतान्त्रिक गठबन्धनको ऐतिहासिक राजनीतिक अभियान अन्तर्गत लुम्बिनी प्रदेशको शंकरपुर पालीनन्दन गाउँपालिका वडा नम्बर १, शंकरपुर मा भव्य जनभेटघाट तथा चुनावी प्रचार–प्रसार कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमले उत्पीडित, बहिष्कृत र सीमान्तकृत समुदायको राजनीतिक सत्ता यात्रालाई नयाँ दिशा दिएको सहभागीहरूको निष्कर्ष रहेको छ ।
कार्यक्रममा पूर्वगृह राज्यमन्त्री, नेपाल संघीय समाजवादी पार्टीका केन्द्रीय अध्यक्ष तथा संविधानसभा सदस्य मो.रिजवान अन्सारी प्रमुख अतिथिका रूपमा सहभागी थिए ।
त्यस्तै बहुजन एकता पार्टीका केन्द्रीय अध्यक्ष हरिनन्दन अम्बेडकर र नेपाल जनजागृति पार्टीका अध्यक्ष डाक्टर ध्रुवलाल निषाद विशिष्ट अतिथिका रूपमा उपस्थित थिए । कार्यक्रम नन्दलाल सहनीको अध्यक्षतामा सम्पन्न भएको हो ।
प्रमुख अतिथि मो. रिजवान अन्सारीले सम्बोधन गर्दै संघीय गणतान्त्रिक गठबन्धनको साझा चुनाव चिन्ह ‘बस’ लाई उत्पीडित समुदायको राजनीतिक मुक्तिको प्रतीकका रूपमा प्रस्तुत गरे । उनले दलित, मुस्लिम, निषाद, पिछडावर्ग, अति पिछडा तथा आर्थिक रूपमा वञ्चित समुदायहरूलाई एकजुट भई राज्यसत्तामा आफ्नै प्रतिनिधित्व स्थापित गर्न ऐतिहासिक अवसर आएको बताए ।
“आजसम्म राजनीतिक, सामाजिक, आर्थिक, शैक्षिक तथा सांस्कृतिक रूपमा दमन, शोषण र बहिष्करणमा परेका समुदाय अब अरूका पछाडि होइन, आफ्नै नेतृत्वमा देश हाँक्ने समय आएको छ,” अन्सारीले भने, “संघीय गणतान्त्रिक गठबन्धनको साझा चुनाव चिन्ह बसमा मतदान गरेर आफ्नै प्रधानमन्त्री, आफ्नै मुख्यमन्त्री र राज्यका सबै निकायमा उत्पीडित समुदायको निर्णायक उपस्थिति सुनिश्चित गरौँ।”
कार्यक्रममा विशिष्ट अतिथि बहुजन एकता पार्टीका केन्द्रीय अध्यक्ष हरिनन्दन अम्बेडकरले परम्परागत दलहरूको आलोचना गर्दै भने, “एमाले, कांग्रेस र माओवादीले हामीलाई दलित बनाएको हो, भगवानले सबैलाई एउटै नासको बनाएर जन्माउनुभएको हो। त्यसैले आफ्नो अधिकारका लागि आफैँ लड्नुपर्छ र आफ्नो अधिकार सुरक्षित गर्न संसदमा आफ्नो प्रतिनिधित्व अनिवार्य छ।” उनले संघीय गणतान्त्रिक गठबन्धनको साझा चुनाव चिन्ह बसछापमा निलो मत हाल्न सबै उत्पीडित समुदायलाई आग्रह गरे ।
त्यसैगरी नेपाल जनजागृति पार्टीका केन्द्रीय अध्यक्ष डा. ध्रुवलाल निषादले संघीय गणतान्त्रिक गठबन्धनले सदियौँदेखि राज्यले उपेक्षा गर्दै आएको निषाद समुदायसहित सम्पूर्ण उत्पीडित समुदायको वास्तविक प्रतिनिधित्व गर्ने दाबी गरे । उनले भने, “संघीय गणतान्त्रिक गठबन्धनले कसैले नामसमेत नलिने निषाद समुदायलाई संसदसम्म पु¥याउने आधार तयार गरेको छ। यहाँ उपस्थित निषाद समुदायका जनप्रतिनिधिहरूले मतदान गर्ने प्रतिबद्धता जनाउनुभएको छ भन्ने आशा र अपेक्षा गर्दछु।”
कार्यक्रममा सहभागी अन्य वक्ताहरूले पनि संघीय गणतन्त्रलाई व्यवहारमा उतार्न, समावेशी शासन व्यवस्था स्थापना गर्न तथा उत्पीडित समुदायको अधिकार सुनिश्चित गर्न गठबन्धनको भूमिका निर्णायक हुने धारणा व्यक्त गरेका थिए ।
स्थानीय जनताको  सहभागितासहित सम्पन्न कार्यक्रमले संघीय गणतान्त्रिक गठबन्धनको अभियानले देशव्यापी रूपमा नयाँ राजनीतिक तरङ्ग सिर्जना गरिरहेको स्पष्ट सन्देश दिएको छ ।

यो पनि पढ्नुहोस्

रोजगार मन्त्रीकाे जिम्मेवारी थप्याे

रोजगार मन्त्रीकाे जिम्मेवारी थप्याे

४६ मिनेट अगाडि
वाम गठबन्धनले मध्यावधि विधानसभा चुनावमा शानदार जित हासिल

विदेशी लगानी एक अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान

१ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

न्यायको लडाइँ बाँकी

चुनाव चिन्ह ‘बस’ उत्पीडित समुदायको राजनीतिक मुक्तिको प्रतीक : अन्सारी

विपिन जोशीको स्मृतिमा शालिक स्थापना गर्ने

घट्याे सुनको भाउ

रवि पुनः पार्टीको मूल जिम्मेवारीमा फर्किने

रास्वपाकाे समानुपातिक उमेदवार नामावली सार्वजनिक

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक