शुक्र, पुस ४, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home विचार

संविधानमा महिलाको अधिकार र नेपाली समाजको अवस्था

धारणा न्यूज by धारणा न्यूज
१ दिन अगाडि
0
मानव तस्करीसँग लत्पतिएको राजनीतिक नेतृत्व !
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

-सबि भट्टराई

२१औँ शताब्दीमा समेत नेपालमा महिलालाई हेर्ने विभेदपूर्ण दृष्टिकोण, सामाजिक मूल्यमान्यता र यसबाट सिर्जित हानिकारक परम्परागत अभ्यास कायम छ । महिलाविरुद्ध हुने सबै प्रकारको भेदभाव तथा हिंसाजस्ता जघन्य अपराधलाई राज्यले कानुनद्वारा दण्डनीय बनाएको छ । तर, त्यसको कार्यान्वयनमा भने सरकार नै उदासीन जस्तो देखिएको छ । लैंगिक समानतालाई विकास र समृद्धिका सवालका रुपमा स्थापित नगरेसम्म देशमा दिगो विकास, समानता, शान्ति र समृद्धिको स्थापना हुन नसक्ने तथ्यलाई विश्वले आत्मसात् गरिसकेको छ । नेपालमा भने त्यसको कार्यान्वयन हुन सकेको छैन ।
नेपालको संविधान २०७२ को धारा ३८ मा महिलाको हकबारे चर्चा गरिएको छ । उक्त धारामा ‘प्रत्येक महिलालाई लैंगिक भेदभावबिना समान वंशीय हक हुनेछ । हरेक महिलालाई सुरक्षित मातृत्व र प्रजननको स्वास्थ्यसम्बन्धी हक हुनेछ । महिलाका विरुद्धमा धार्मिक, सामाजिक, सांस्कृतिक परस्परा, प्रचलन वा अन्य कुनै आधारमा शारीरिक, मानसिक, यौनजन्य, मनोविज्ञान वा अन्य कुनै किसिमको हिंसाजन्य कार्य वा शोषण गरिने छैन । त्यस्तो कार्य कानुनबमोजिम दण्डनीय हुनेछ र पीडितलाई कानुनबमोजिम क्षतिपूर्ति पाउने हक हुनेछ । राज्यका प्रत्येक निकायमा महिलालाई समानुपातिक समावेशी सिद्धान्तका आधारमा सहभागी हुने हक छ । महिलालाई शिक्षा, स्वास्थ्य, रोजगारी र सामाजिक सुरक्षामा सकारात्मक विभेदका आधारमा विशेष अवसर प्राप्त गर्ने हक हुनेछ । सम्पत्ति तथा पारिवारिक मामिलामा दम्पतीको समान हक हुनेछ,’ भनेर उल्लेख छ ।
संविधानमा यस्तो व्यवस्था भए पनि व्यवहारमा भने कार्यान्वयन हुन सकेको छैन । आजको युगसम्म आइपुग्दा पनि नेपाली महिला हरेक क्षेत्रमा दोस्रो दर्जाको रुपमा कार्यरत छन् । महिला र पुरुष बराबरीको नारा त लाग्ने गरेको छ, तर व्यवहारमा भने कार्यान्वयन हुन सकेको छैन । राजनीतिमा उनीहरुलाई नेतृत्व लिनबाट वञ्चित गर्ने, सरकारी तथा निजी सेवा क्षेत्रमा महिलालाई नेतृत्व दिन नचाहने र घर समाजका विषयमा महिलालाई बोल्न नदिने जस्ता अवस्था अहिले पनि उस्तै छ । जब कि यी सबै क्षेत्रमा महिलाको योगदान र सक्रियता पुरुषको भन्दा कम छैन । तर, अधिकारको सवालमा भने उनीहरुलाई जहिल्यै पनि पछि पारिँदै आएको छ । अर्कोतर्फ उनीहरुमाथि हुने हिंसा र अत्याचारमा त कुनै कमी आएको छैन । यस्तो गतिविधिमा संलग्नलाई कारबाही गर्न कडासाथ कानुन पालनामा पनि चासो दिइएको छैन ।
देशको आधा जनसंख्या ओगट्ने महिलाको अवस्था पुरुषको तुलनामा कमजोर रहेको छ । समाजले निरन्तरता दिइरहेका पुरातन मूल्य–मान्यता, सोच र कुरीतिका कारण बहुसंख्यक महिलाको अवस्था अझै पनि दयनीय छ । इतिहासको कालखण्डलाई हेर्ने हो भने हरेक क्षेत्रमा नेपाली महिलाको योेगदान निकै छन् र पनि महिलाको वास्तविक जीवन जस्ताको तस्तै छ । नेपालमा महिलाहरूमाथि सामाजिक, धार्मिक, सांस्कृतिक विकृति, विसंगतिहरूको थाती नै छ । यसको न्यायिक निराकरणको प्रयास न्यून मात्रामा भएको देखिन्छ । यो भन्नुको कारण फेरि सबै कुरा गलत देखाउनका लागि होइन, भएका प्रयासमा इमान्दारिताको अभाव खड्किएको छ ।
लैंगिक हिंसा नेपालमा महिलाको प्रमुख समस्या हो । नेपाल प्रहरीको तथ्यांकअनुसार पछिल्ला वर्षहरूमा बलात्कारका ८,००० भन्दा बढी र घरेलु हिंसाका ६०,००० उजुरी दर्ता भएका छन् । एक चौथाइ महिलाले जीवनमा कुनै न कुनै रूपको हिंसा भोगेका छन् । घरेलु हिंसा, बलात्कार, दाइजो हिंसा, बोक्सी आरोप र छाउपडी जस्ता प्रथाहरू अझै कायम छन् । सन् २०२४ को नेपाल प्रहरी प्रतिवेदनले लैंगिक हिंसाका घटना बढ्दो देखाएको छ ।
सामाजिक न्याय, समानता, देशको दिगो विकास र शान्तिका लागि महिलामाथि हुने हिंसाको समूल अन्त्य आजको आवश्यक हो । राज्यले देशको आधा भन्दा बढी जनसंख्यालाई पीडामा राखेर दिगो विकास लक्ष्य हासिल गर्ने सपना देख्नु निरर्थक हो । दिगो विकास लक्ष्यको लक्ष्य पाँचको लैंगिक समानता हासिल गर्न नेपालले २०३० सम्ममा सार्वजनिक क्षेत्रमा महिलाको सहभागिता ११ प्रतिशतबाट ३३ पु¥याउने, लैंगिक असमानताको हालको सूचकांक ०.४९ बाट घटाएर ०.०५ मा झार्ने र लैंगिक सशक्तीकरण मापनलाई ०.५७ बाट बढाएर ०.६९ पु¥याउने लक्ष्य तोकेको छ । यी लक्ष्य हासिल गर्न राज्यले सन् २०३० सम्ममा महिला र किशोरीविरुद्ध जुनसुकै क्षेत्र र स्थानमा हुने सबै प्रकारका विभेद अन्त्य गरी बेचबिखन, यौन र अरु प्रकारका शोषणलगायत सार्वजनिक र निजी क्षेत्रमा हुने सबै प्रकारका हिंसा अन्त्य गर्नुपर्नेछ ।
सन् २०२५ सम्म नेपालमा महिलाको अवस्थामा कानुनी र संस्थागत प्रगति भएको छ, जसले लैंगिक समानताको आधार तयार पारेको छ । संसदमा ३३ प्रतिशत प्रतिनिधित्व, नागरिकता सुधार र आर्थिक कार्यक्रमहरूले सकारात्मक सन्देश दिएका छन् । तर, ग्रामीण क्षेत्रमा पितृसत्तात्मक सोच, हिंसा, शिक्षा र स्वास्थ्यको असमान पहुँच जस्ता चुनौतीहरू बाँकी छन् । लैंगिक समानता पूर्ण रूपमा हासिल गर्न शिक्षा, आर्थिक सशक्तीकरण र सामाजिक चेतना अभिवृद्धिमा थप लगानी आवश्यक छ । सरकार, नागरिक समाज र अन्तर्राष्ट्रिय संस्थाहरूको सहकार्यले मात्र नेपालमा महिलाको अवस्था थप सुधार हुन सक्छ । सशक्त महिला नै समृद्ध नेपालको आधार हो । जनधारणा साप्ताहिक

यो पनि पढ्नुहोस्

रवि पुनः पार्टीको मूल जिम्मेवारीमा फर्किने

रवि पुनः पार्टीको मूल जिम्मेवारीमा फर्किने

२ घण्टा अगाडि
एमालेले एक हप्ताभित्र संशोधित विधान प्रकाशन गर्ने

एमालेले एक हप्ताभित्र संशोधित विधान प्रकाशन गर्ने

२ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

चुनाव चिन्ह ‘बस’ उत्पीडित समुदायको राजनीतिक मुक्तिको प्रतीक : अन्सारी

विपिन जोशीको स्मृतिमा शालिक स्थापना गर्ने

घट्याे सुनको भाउ

रास्वपाकाे समानुपातिक उमेदवार नामावली सार्वजनिक

रवि पुनः पार्टीको मूल जिम्मेवारीमा फर्किने

आज युरोसँगै अमेरिकी डलरकाे भाउ घट्याे

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक