बुध, फाल्गुन २०, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

संयुक्त चुनाव चिन्ह ‘बस’ लिएर तीन दलका अध्यक्ष एकै मञ्चमा

धारणा न्यूज by धारणा न्यूज
३ महिना अगाडि
0
संयुक्त चुनाव चिन्ह ‘बस’ लिएर तीन दलका अध्यक्ष एकै मञ्चमा
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । लुम्बिनी प्रदेशमा बहुजन, पिछडा, मुस्लिम तथा आदिवासी जनजाति समुदायको एकता सुदृढ गर्ने उद्देश्यसहित तीन राजनीतिक दलका शीर्ष नेताहरू संयुक्त रूपमा चुनावी अभियानमा सक्रिय भएका छन्। नेपाल सङ्घीय समाजवादी पार्टीका केन्द्रीय अध्यक्ष एवं पूर्वगृह राज्यमन्त्री रिजवान अन्सारी, बहुजन एकता पार्टीका राष्ट्रिय अध्यक्ष हरिनन्दन अम्बेडकर र तथा नेपाल जनजागृति पार्टीका अध्यक्ष डा. ध्रुवलाल निषादले संयुक्त चुनाव चिन्ह ‘बस’ को प्रचारप्रसार गर्दै राष्ट्रिय स्तरमै एकताको स्पष्ट सन्देश दिएका छन्।
लुम्बिनी प्रदेश अन्तर्गत नवलपरासी जिल्ला, परासी मा आयोजित कार्यक्रममा तीनै पार्टीका अध्यक्षहरू एकै ठाउँमा उपस्थित भई निषाद, पिछडा वर्ग, मुस्लिम समुदाय, आदिवासी जनजाति, आर्थिक रूपमा पछि परेका तथा सबै उत्पीडित समुदायलाई एउटै राजनीतिक धारमा एकजुट गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। साझा चुनाव चिन्हमार्फत साझा एजेन्डा र साझा संघर्ष अघि बढाउने यो पहललाई सहभागीहरूले ऐतिहासिक कदमको रूपमा मूल्याङ्कन गरेका छन्।
कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व गृह राज्यमन्त्री रिजवान अन्सारीले भने, “हामी छुट्टाछुट्टै हुँदा कमजोर भयौं, आज एकै ठाउँ उभिँदा हाम्रो शक्ति प्रस्ट देखिएको छ। बस चुनाव चिन्ह केवल चिन्ह मात्र होइन, यो बहुजन, पिछडा, आर्थिक रूपमा पछि परिएका ,मुस्लिम र आदिवासी जनजाति समुदायको साझा सपना र संघर्षको प्रतीक हो। देशभरका उत्पीडित समुदायलाई एकताबद्ध गरेर न्याय, अधिकार र सम्मानको लडाइँलाई निर्णायक मोडमा पु¥याउने हाम्रो दृढ संकल्प छ।”
उनले थप्दै भने, “कि यो एकता कुनै स्वार्थका लागि होइन, सामाजिक न्याय, समावेशी राज्य व्यवस्था र समान नागरिक अधिकार सुनिश्चित गर्नका लागि गरिएको हो। “अब उत्पीडित समुदायले आफैं आफ्नो प्रतिनिधित्व गर्ने समय आएको छ ।”
त्यसैगरी, बहुजन एकता पार्टी नेपालका अध्यक्ष हरिनन्दन अम्बेडकरले बहुजन आन्दोलनको ऐतिहासिक आवश्यकतामाथि जोड दिँदै भने, “बहुजन समाजलाई सधैं विभाजन गरेर कमजोर बनाइयो। आज हामी त्यो इतिहास तोड्दैछौं। यो एकता कुनै व्यक्तिका लागि होइन, पुस्तौंदेखि शोषित समुदायको मुक्ति र न्यायका लागि हो।”
नेपाल जनजागृति पार्टीका अध्यक्ष डा. ध्रुवलाल निषादले यो अभियान सामाजिक जागरणसँग जोडिएको बताउँदै भने, “राजनीतिक सत्ता परिवर्तन मात्र होइन, चेतनाको परिवर्तन हाम्रो लक्ष्य हो। निषाद, आदिवासी, पिछडा र श्रमिक समुदायलाई एकताबद्ध नगरी समावेशी लोकतन्त्र सम्भव छैन।”
संयुक्त नेतृत्व, एकै चुनाव चिन्ह र साझा राजनीतिक दृष्टिकोणसहित अघि बढिरहेको यो अभियानले राष्ट्रिय राजनीतिमा नयाँ सम्भावना र बहुजन आन्दोलनमा नयाँ ऊर्जा थपेको विश्लेषकहरूको मत छ ।

यो पनि पढ्नुहोस्

देशको पहाडी भू–भागमा आंशिक बदली

निर्वाचनका दिन मौसम सफा रहने

५८ मिनेट अगाडि
राष्ट्रिय सुरक्षा परिषद्को बैठक सुरु

राष्ट्रिय सुरक्षा परिषद्को बैठक सुरु

१ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रसाईं पक्राउ गर्नुको कारण पेस गर्न आदेश जारी

चुनाव हुँदैन भन्ने अभिव्यक्ति दिने ज्योतिष पक्राउ

पर्सामा ९ वटा सुतली बम र सुँगुरको टाउको सहित पक्राउ

इरानले अमेरिकासँग वार्ता नगर्ने

अन्तर्राष्ट्रिय स्थल सीमा नाकाहरू सिल

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक