शुक्र, पुस ४, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

जेन-जी आन्दोलनमा भएकाे बीमा दाबी भुक्तानी

धारणा न्यूज by धारणा न्यूज
१ दिन अगाडि
Reading Time: 1 min read
0
जेन-जी आन्दोलनमा भएकाे बीमा दाबी भुक्तानी
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । भदौ २४ गते जेन-जी आन्दोलनको क्रममा भएको क्षतिको बीमा दाबी बापत बिमा कम्पनीहरूले ५ अर्ब बढी दाबी भुक्तानी गरेका छन् ।

कम्पनीहरूमा परेका कूल ३ हजार ३०३ वटा बीमा दाबीको करिव २३ अर्ब ४५ करोड दाबी रकममध्ये हालसम्ममा बिमा कम्पनीहरूले अग्रिम भुक्तानी समेत गरी करिव ५ अर्ब १८ करोड दाबी रकम बीमितहरूलाई भुक्तानी गरिसकेको नेपाल बिमा प्राधिकरणले जनाएको हो ।

प्राधिकरणमा १४ वटा निर्जीवन बिमा कम्पनी र ४ वटा लघु निर्जीवन बीमा कम्पनीहरूबाट प्राप्त अद्यावधिक तथ्याङ्क अनुसार, कम्पनीहरूबाट अग्रिम भुक्तानी समेत गरी भुक्तानी भएको कूल दाबी रकममध्ये सम्पत्ति बीमातर्फ ७१० वटा बीमा दाबीको दाबी रकम करिव १९ अर्ब २ करोडमध्ये करिव ३ अर्ब ८२ करोड र मोटर बीमातर्फ २ हजार ३११ वटा बिमा दाबीको दाबी रकम करिव ३ अर्ब ४७ करोडमध्ये करिव १ अर्ब २२ करोड भुक्तानी भएको छ ।

यसैगरी, इञ्जिनियरिङ तथा ठेक्का जोखिम बीमातर्फ २२५ वटा बिमा दाबीको करिव ५५ करोड ४७ लाख दाबी रकममध्ये करिव ७ करोड ५० लाख, परिवहन बीमातर्फ १२ वटा बिमा दाबीको करिव १ करोड ६९ लाख दाबी रकममध्ये करिव १ करोड ५५ लाख र अन्य बीमातर्फ ४५ वटा बिमा दाबीको करिव ३८ करोड ४० लाख दाबी रकममध्ये करिव ५ करोड ५० लाख अग्रिम भुक्तानी समेत गरी दाबी रकम भुक्तानी भएको प्राधिकरणले जनाएको छ ।

अग्रिम भुक्तानी सहित करिव ३ अर्ब २ करोड पुनर्बिमा दाबी भुक्तानी

जेन–जी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको बिमा दाबी भुक्तानीका लागि नेपाल पुनर्बिमा कम्पनीले निर्जीवन बिमा कम्पनीहरूलाई करिव ३ अर्ब २ करोड अग्रिम भुक्तानी समेत गरी पुनर्बिमा दाबी भुक्तानी गरेको प्राधिकरणका प्रवक्ता शुशिलदेव सुवेदीले जनाएका छन् ।

उनका अनुसार नेपाल पुनर्बिमा कम्पनीमा विभिन्न १४ वटा निर्जीवन बिमा कम्पनीहरूबाट परेका कूल २ हजार ८६२ वटा पुनर्बिमा दाबीको दाबी रकम करिव १६ अर्ब ६२ करोड रहेको अद्यावधिक तथ्याङ्क रहेको छ ।

यो पनि पढ्नुहोस्

केन्द्रीय कमिटी बैठकमा ईश्वर पोखरेलकाे आपत्ति

ईश्वर पोखरेल केन्द्रीय सदस्यमा निर्वाचित

८ घण्टा अगाडि
शिक्षामन्त्रीमा रघुजी पन्त नियुक्त हुने

एमालेको उपाध्यक्षमा रघुजी पन्तले मौन विद्रोह गरेर जित्याे

८ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

विवाहमा “ग्वय् छ्वयेगु” सामाग्रीहरू पठाउने साइपाता बनाउने तालिम

चुनावपछि श्रमिकको प्रधानमन्त्री बन्ने साम्पाङको दाबी

भेनेजुएलाद्वारा तेल नाकाबन्दी अस्वीकार

९९३ जनाको फोटोसहितको मतदाता नामावली दोहोरो

देशभर मौसम मुख्यतया सफा

 ‘ब्रुस ली’ को मूर्ति पूर्ववत् रुपमा पुनः स्थापना

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक