बुध, पुस २, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार ब्रेकिङ न्युज

क्यान्सर जोखिम बढाउने म्युटेशन भएको पत्ता लागेपछि

धारणा न्यूज by धारणा न्यूज
१७ घण्टा अगाडि
Reading Time: 1 min read
0
क्यान्सर जोखिम बढाउने म्युटेशन भएको पत्ता लागेपछि
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

एजेन्सी ।  युरोपमा एक शुक्रकिटदाताको शरीरमा क्यान्सरको जोखिम बढाउने म्युटेशन भएको पत्ता लागेपछि उनीबाट जन्मिएका १९७ जना बालबालिका जोखिममा परेका छन्।

हालै भएको जाँचबाट यो पत्ता लागेपछि उनले दान गरेको शुक्रकिटबाट जन्मिएका बालबालिकाहरु जोखिममा रहेको खुलासा भएको हो। यद्यपि ती व्यक्ति को हुन् भन्ने हालसम्म पत्ता लागिनसकेको बीबीसीमा उल्लेख छ। जुन बालबालिकाहरुमा यो म्युटेशन भेटिएको छ, उनीहरुमध्ये निकै कम मात्र क्यान्सरबाट बच्न सक्छन्। केहीको त मृत्यु समेत भइसकेको छ।

यो शुक्रकिट युकेका क्लिनिकहरुमा बेचिएको थिएन। तर ब्रिटेनमा रहेका केही परिवारले डेनमार्कमा फर्टिलिटी उपचारका क्रममा यस शुक्रकिटदाताको शुक्रकिट प्रयोग गरेका थिए। उनको शुक्रकिट प्रयोग गर्ने परिवारलाई यसको जानकारी गराइएको छ। उक्त शुक्रकिटको बिक्रि वितरण गर्ने डेनमार्कका युरोपियम स्पर्म बैंकले प्रभावित परिवारपति गहिरो समवेदन प्रकट गरेको छ। साथै केही देशमा यस शुक्रकिटको प्रयोग गरेर बच्चाको जन्म समेत भएको बैंकले बताएको छ।

शुक्रकिट १७ वर्षसम्म प्रयोग 
यो शुक्रकिट परिचय नखुलेको अज्ञात व्यक्तिको हो। उनले सन् २००५ देखि शुक्रकिट दान गर्न सुरु गरेका थिए। करिब १७ वर्षसम्म महिलाहरुले यसको शुक्रकिट प्रयोग गरेका छन्। उक्त व्यक्ति स्वस्थ छन् र डोनर स्क्रीनिङ परीक्षणमा पास पनि गरेका थिए। तर केही कोषको डीएनएमा उनी जन्मनुभन्दा अघि नै आनुवांशिक उत्परिवर्तन भएको थियो।

यस उत्परिवर्तन अर्थात् म्युटेशनले शरीरको टिपी५३ जीनलाई नोक्सान पुर्‍याएको थियो। जसले शरीरको कोशिकाहरुलाई क्यान्सरग्रस्त हुनबाट रोक्नमा महत्वपूर्ण भूमिका खेल्छ।

दाताको शरीरको धेरैजसो हिस्सामा टीपी५३ को खतरनाक रुप छैन। तर त्यसको करिब २० प्रतिशत शुक्रकिटमा यो पाइएको छ। जुन बच्चाहरुको जन्म प्रभावित शुक्रकिटबाट भएको छ, उनीहरुको शरीरमा यो कोशिकाको म्युटेशन रहन्छ। यसलाई ली फ्राउमेनी सिन्ड्रोम भनिन्छ। यसले क्यान्सर हुने खतरालाई ९० प्रतिशतसम्म बढाउँछ। यो जोखिम बालबालिकामा बढी रहन्छ र पछि स्तन क्यान्सरको जोखिम पनि रहन्छ।

लण्डनस्थित इन्स्टीच्युट अफ क्यान्सर रिचर्सका क्यान्सर जेनेटिसिस्ट प्रोफेसर क्लेयर टर्नुबल भन्छन्, ‘यो पत्ता लाग्नु धेरै डरलाग्दो कुरा हो। कुनै पनि परिवारलाई यो कुरा बताउनु नै मुश्किल हुन्छ। पुरै जिन्दगी यसको खतराको बोझका साथ बाँच्नुपर्छ।’

हरेक वर्ष पुरै शरीर र मस्तिष्कको कैयौँ एमआरआई स्क्यान गर्नुपर्छ। साथै पेटको अल्ट्रासाउण्ड पनि गरिनुपर्छ। ताकी ट्युमरको पत्ता लगाउन सकियोस्।

युरोपियन स्पर्म बैंकले दाता र उसको परिवारका सदस्य बिरामी नरहेको बताएको छ। तर यस किसिमको म्युटेशनलाई जेनेटिक स्क्रीनिङबाट पहिले नै पत्ता लगाउन नसकिने बैंकले बताएको छ। बैंकले उक्त शुक्रकिटमा समस्या रहेको थाहा पाउने बित्तिकै दातालाई तत्काल ब्लक गरिएको जनाएको छ।

बच्चालाई खतरा
शुक्राणु उपयोगसँग जोडिएका बच्चाहरुको उपचार गरिरहेका चिकित्सकहरुले युरोपियन सोसाइटी अफ ह्युमन जेनेटिक्समा यस विषयमा चिन्ता व्यक्त गरेका छन्।

६७ बालबालिकामध्ये २३ मा यो भेरियन्ट पाइएको चिकित्सकहरुले बताएका छन्। जसमध्ये १० बालबालिकालाई पहिले नै क्यान्सर भएको पत्ता लागिसकेको थियो।

सूचनाको स्वतन्त्रताको हक सम्बन्धी अनुरोध र डाक्टर तथा बिरामीसँगको अन्तर्वार्ताबाट उक्त दाताबाट थुप्रै बच्चाहरू जन्मिएको हुन सक्ने बीबीसीले जनाएको छ।

कम्तीमा त्यो शुक्राणुबाट १९७ बच्चा जन्मिएका छन्। तर सबै मुलुकबाट तथ्याङ्क प्राप्त नभएकाले यो अन्तिम संख्या भने होइन। र, कति बालबालिकाहरुले त्यो खतरनाक जीन वंशाणुगत रूपमा पाएका छन् भन्ने पनि स्पष्ट छैन। यस दाताको शुक्रकिट १४ देशको ६७ फर्टिलिटी क्लिनीकमा प्रयोग गरिएको थियो। तर यो शुक्रकिट युकेको क्लिनीकमा भने बेचिएको थिएन।

तर यो अनुसन्धानको परिणामपछि डेनमार्कका अधिकारीहरूले युकेको ह्युमन फर्टिलाइजेसन एन्ड एम्ब्रिओलोजी अथरिटीलाई ब्रिटिश महिलाहरू उक्त देशमा फर्टिलिटी उपचारका लागि गएको र ती दाताको शुक्राणु प्रयोग गरेको जानकारी दिएका छन्।

विश्वभर नै दाताको शुक्रकिट कति पटक प्रयोग गर्न सकिन्छ भन्नेबारे कुनै कानून छैन। तर विभिन्न देशहरूले यसको लागि सीमा तोक्ने गर्छन्।

बेल्जियममा एक शुक्रकिट दाताको शुक्राणु ६ परिवारले मात्र लिन पाउने भनिन्छ। तर ३८ महिलाले ५३ बच्चा उक्त शुक्राणुबाट जन्माएका छन्। युकेमा भने प्रति दाता १० परिवारको सीमा छ।

यो पनि पढ्नुहोस्

आठौं राष्ट्रिय झण्डा दिवस मनाइयाे

आठौं राष्ट्रिय झण्डा दिवस मनाइयाे

७ घण्टा अगाडि
युवाहरु नेतृत्वमा आउन अझै छुटे

युवाहरु नेतृत्वमा आउन अझै छुटे

७ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

क्यान्सर जोखिम बढाउने म्युटेशन भएको पत्ता लागेपछि

सरोज पौडेललाई प्रश्न– ‘सिन्दुरे जात्रा’को कथा के हो ?

आठौं राष्ट्रिय झण्डा दिवस मनाइयाे

इजरायलमा पाँच सय १३ प्यालेस्टिनी पक्राउ

एमालेको नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदै

प्लश टु सम्म मातृभाषा शिक्षा लागु गराउन शिक्षा मन्त्रीलाई ध्यानार्कषण

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक