शनि, जेष्ठ ९, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home खेलकुद

पोर्चुगलबिरुद्ध बिनादबाब मैदानमा उत्रिँदै फरक आत्मविश्वास बोकेको मोरक्को

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
पोर्चुगलबिरुद्ध बिनादबाब मैदानमा उत्रिँदै फरक आत्मविश्वास बोकेको मोरक्को
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

कतार विश्वकप फुटबलमा अप्रत्याशित नतिजा निकाल्दै ‘अन्डर डग’ को छवि बनाएको मोरक्को शनिबार राति विश्वकपको क्वाटरफाइनलमा युरोपियन जायन्ट पोर्चुगलसँग प्रतिस्पर्धा गर्दै छ। विश्वकपमा पहिलो पटक क्वाटरफाइनल यात्रा तय गर्दै नयाँ इतिहास बनाइसकेको मोरक्कोका लागि बाँकी यात्रा ‘बोनस’ हो। त्यसैले पोर्चुगल विरुद्ध मोरक्को बिना दबाबमा मैदान उत्रने छ।

पोर्चुगल भने पछिल्लो समय टिम गेमका कारण उत्साही छ। उसले सुरुवातबाटै उत्कृष्ट प्रदर्शन गर्दै क्वाटरफाइनल प्रवेश गरेको थियो। नकआउट चरणमा बलियो मानिएको स्विट्जरल्यान्ड विरुद्ध एकतर्फी जित हासिल गरेकाले पनि पोर्चुगल मोरक्कोलाई हराउने ध्याउन्नमा रहेको छ। 

जारी विश्वकपमा अप्रत्याशित नतिजाको क्रम जारी रहेकाले शनिबार पोर्चुगल ‘अन्डर डग’ मोरक्कोसँग सचेत छ। अघिल्लो खेलमा स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोलाई बेन्चमा राखेर सनसनीपूर्ण प्रदर्शन गरेको पोर्चुगलका लागि शनिबारको खेलमा स्टार रोनाल्डो स्टार्टिङ ११ मा रहने या नरहने अन्योल छ।  

यद्यपि यो बिचमा रोनाल्डोको विषयमा अनेकन अफवाहहरू फैलिए। उनले टिम छाड्ने देखी प्रशिक्षणमा सहभागि नभएको समाचारहरू समेत बाहिरिए। जसको खण्डन गर्दै पोर्चुगल प्रशिक्षक फर्नान्डो स्यान्टोले रोनाल्डोका विषयमा अनेकन अफवाहहरू चलाइएको भन्दै चिन्ता व्यक्त गरेका थिए। स्वंय रोनाल्डोले समेत आफ्नो देशलाई कमजोर बनाउने षड्यन्त्र गरिएको भन्दै भ्रममा नपर्न आग्रह गरे। 

पोर्चुगल र मोरक्को विश्वकपमा तेस्रो पटक प्रतिस्पर्धा गर्न लागेका हुन्। १९८६ को विश्वकपमा पोर्चुगललाई समूहचरणमा ३-१ ले पराजित गरेको इतिहास ३६ वर्षपछि दोहोर्याउने प्रयासमा मोरक्को रहँदा पोर्चुगल भने दोस्रो पटक जितको प्रयासमा हुने छ।

पोर्चुगलले पछिल्लो पटक २०१८ मा भएको विश्वकपको समूह बी को खेलमा मोरक्कोलाई १-० ले पराजित गरेको थियो। त्यसैले ४ वर्षपछि विश्वकपमै प्रतिस्पर्धा गर्दा आफ्नो पुरानो दबदबा कामय राख्ने प्रयास पोर्चुगलले गर्ने छ।  तर पहिलो पटक  क्वाटरफाइनलमा भिड्न लागेकाले यि दुई टिमबीचको खेल रोचक हुने आँकलन गरिएको छ।  

यो पनि पढ्नुहोस्

हेटौँडा कपडा उद्योग पुनः सञ्चालन गर्न गृहकार्य

हेटौँडा कपडा उद्योग पुनः सञ्चालन गर्न गृहकार्य

२ घण्टा अगाडि
कोइला खानीमा ग्यास विस्फोट हुँदा कम्तीमा आठ जनाको मृत्यु

कोइला खानीमा ग्यास विस्फोट हुँदा कम्तीमा आठ जनाको मृत्यु

६ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

गान्तोकमा डा. कायस्थको पुस्तक विमोचन

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

कोइला खानीमा ग्यास विस्फोट हुँदा कम्तीमा आठ जनाको मृत्यु

आन्दोलित बार एसोसिएसन शपथपछि संयमित

हेटौँडा कपडा उद्योग पुनः सञ्चालन गर्न गृहकार्य

भारतमा इन्धनको मूल्यमा वृद्धि हुने क्रम जारी

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक