दाङ । तुलसीपुर उपमहानगरपालिका-६ गाइडर बस्ने तिलक मिजारकी छोरी ३ वर्षीया रेजिना मिजारको घर नजिकै रहेको आफ्नै पानी ट्याङ्कीमा डुबेर आइतबार बिहान मृत्यु भएको छ ।
डुबेर अशक्त भएकी उनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
साथै संखुवासभाकाे चैनपुर नगरपालिका-४ मैदाने श्याम चोक बस्ने श्याम लिम्बुको घरमा आइतबार बिहान आगलागी हुँदा सोही आगलागीमा जलेर उनकै बुवा ८८ वर्षीय दिल बहादुर लिम्बुको घटनास्थलमै मृत्यु भएको छ । साथै उक्त आगालगीबाट घर पूर्णरूपमा जलेर करिब २ करोड ३६ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


