काठमाडौं । तनहुँ, म्याग्दे गाउँपालिका-६ मौरीभीरस्थित सडकमा ग.१ ख ९४०६ नम्बरको बस र गण्डकी एएबि ०१८६ नम्बरको स्कुटर एकआपसमा ठक्कर खाई आइतबार दिउँसो दुर्घटना हुँदा स्कुटर चालक स्याङ्जा पुतलीबजार नगरपालिका-७ भारकोट बस्ने ५१ वर्षीय लेश बहादुर थापाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको जिपी कोईराला राष्ट्रिय श्वास प्रश्वासमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
काभ्रे, नमोबुद्ध नगरपालिका-२ पात्लेखेतस्थित सडकमा काठमाडौंबाट ओखलढुङ्गातर्फ जाँदै गरेको बा.प्र ०१-००६ ख ४८०८ नम्बरको बसको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ८२ वर्षीय पोट बहादुर कटुवालको आइतबार बिहान घटनास्थलमै मृत्यु भएको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


