काठमाडाैं । नवनियुक्त वन तथा वातावरण मन्त्री माधव चौलागाईंले पद बहाली गरेका छन् ।
प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा मन्त्री नियुक्त भएका उनले आज राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ लिएका थिए।
राष्ट्रपति कार्यालयमा आयोजित विशेष समारोहमा उनीसहित चार मन्त्रीलाई शपथ गराइएको थियो। शपथ लगत्तै वन मन्त्री चौलागाईँले मन्त्रालय पुगेर पद बहाली गरेका हुन् ।


