काठमाडौँ- त्रिपुरेश्वरस्थित विश्व निकेतन स्कुलमा कक्षाा ११ मा अध्ययनरत सदीक्षा चौधरीको आत्महत्या स्कुलकै ‘डिसिप्लिन इन्चार्ज’ नवराज लोहनीकाे गाली सहन नसकी भएको भन्दै विद्यार्थीहरुले माइतीघरमा प्रदर्शन गरेका छन्।
उक्त विद्यालयमा कक्षा ११ मा अध्ययनरत सदीक्षा चौधरीले गत बुधबार आत्महत्या गरेकी थिइन्। सदीक्षाले ‘डिसिप्लिन इन्चार्ज’ नवराज लोहनीको गाली सहन नसकेर आत्महत्या गरेको भन्दै परिवारका सदस्यहरु तथा विद्यार्थीहरुले माइतीघरमा प्रदर्शन गरेका हुन्।
प्रदर्शनमा आमा शारदा चौधरी, बुबा सुदर्शन चौधरी, दिदी सृष्टि चौधरी पनि सहभागी थिए।
सदीक्षालाई न्याय नदिएसम्म उनको शव नउठाउने चेतावनी दिदी सृष्टिले दिएकी छन्।


