आइत, चैत्र १, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home Uncategorized

संसद् पुनस्र्थापना नै समस्याको समाधान हो त ?

धारणा न्यूज by धारणा न्यूज
३ महिना अगाडि
0
विपक्षीविनाको संसद बनाउँदै कांग्रेस,एमाले र माके !
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

-सबि भट्टराई

प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिटका खात लागेको छन् । प्रमुख दुई दल कांग्रेस र एमाले नै प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च पुगेका छन् । कांग्रेसले गत आइतबार सर्वोच्चमा प्रतिनिधिसभा विघटनविरुद्ध रिट निवेदन दायर गरेको छ । विघटित प्रतिनिधिसभामा कांग्रेसका प्रमुख सचेतक रहेका श्याम घिमिरेसहित ७ जनाले रिट निवेदन पेस गरेका हुन् । यसअघि एमालेले पनि प्रतिनिधिसभा विघटनविरुद्ध रिट दायर गरेको थियो । प्रतिनिधिसभा विघटनसम्बन्धमा सार्वजनिक सरोकारअन्तर्गत १७ थान रिट पनि यसअघि नै दर्ता भएर विचाराधीन छन् ।

कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेट भएको दुई दिनपछि कांग्रेसले पनि संसद् विघटनविरुद्ध रिट निवेदन दिएको हो । देउवा र ओलीबीच गत शुक्रबार महाराजगन्जमा भेटवार्ता भएको थियो । २३ भदौको जेन–जी आन्दोलनपछि उनीहरूबीचको त्यो पहिलो भेट थियो । कांग्रेसले पनि रिट दायर गरेपछि अब प्रतिनिधिसभा पुनस्र्थापना अहिलेको आवश्यकता हो त भन्ने विषयमा चर्चा गर्नुपर्ने देखिएको छ ।

२३ भदौको जेन–जी आन्दोलन र २४ भदौको प्रदर्शनपछि पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा २७ भदौमा सरकार बनेको थियो । कार्कीले शपथ लिएलगत्तै प्रतिनिधिसभा विघटन सिफारिस गरेकी थिइन् । उक्त सिफारिस राष्ट्रपति रामचन्द्र पौडेलले सदर गरेका थिए । तर, त्यसलाई कांग्रेस र एमाले लगायतका दलका केही सांसदले मन पराएका छैनन् । यी लगायत दलले चुनावमा सहभागी हुन प्रक्रिया अघि बढाएका त छन् तर एमालेले भने चुनाव हुनेमा आशंका व्यक्त गर्दै आएको छ । जब कि धेरैजसो जेनजी अगुवा प्रत्यक्ष कार्यकारीको व्यवस्था हुनुपर्ने पक्षमा छन् । सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार भने चुनाव गराउने तयारीमा छ ।

नेपालले लामो समय संसदीय प्रणाली अवलम्बन गर्दै आएको छ । प्रत्यक्ष तथा समानुपातिक सांसदका लागि चुनाव गर्ने, त्यसबाट प्रतिनिधिसभा गठन गर्ने, त्यही संसद्बाट प्रधानमन्त्री चुन्ने व्यवस्था नेपालमा लागू छ । तर, यही संसदीय प्रणालीले राजनीतिक अस्थिरता र भ्रष्टाचारको जरालाई संस्थागत बनाएको छ । २०४७ सालदेखि अपनाइएको यो प्रणालीमा प्रधानमन्त्रीको चयन पार्टीभित्रको गुटबन्दी र सांसदको मोलतोलबाट हुँदै हुन्छ, जसले सरकारको औसत आयु एक वर्षभन्दा कम बनाएको छ । २०७४ यता मात्र पाँच प्रधानमन्त्री फेरिए, जसले नीति निरन्तरता र विकासलाई अवरुद्ध पारेको छ ।

यो प्रणालीले भ्रष्टाचारलाई पनि संस्थागत गरेको छ । ट्रान्सपरेन्सी इन्टरनेसनलको २०२४ रिपोर्टअनुसार नेपालको भ्रष्टाचार सूचकांक ३५÷१०० छ, जुन दक्षिण एसियामै कमजोरमध्ये पर्छ । ठूला आयोजनामा अर्बौं अनियमितता, मन्त्रीहरूको सम्पत्ति वृद्धि र अख्तियारको कमजोर कारबाहीले बेथिति मौलाएको प्रमाणित गर्छ । हालै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा भ्रष्टाचार भएको आरोपमा ५ पूर्वमन्त्री, ९ पूर्वसचिवलगायत ५६ जनाविरुद्ध दायर गरेको मुद्दाले पनि नेपालमा कसरी भ्रष्टाचार हुँदै आएको छ भन्ने स्पष्ट पारेको छ ।

त्यसैले के त्यही संसदीय प्रणाली नै अबको आवश्यकता हो त ? त्यही प्रतिनिधिसभा पुनस्र्थापना गरेर वा चुनावबाट पुरानै दलका तिनै नेतालाई चुनेर प्रतिनिधिसभा गठन गरेर अहिलेको समस्या समाधान हुन्छ त ? यसमा सबैले मनन गर्न आवश्यक छ । जेनजी आन्दोलनले यो प्रणालीलाई ‘अस्थिरताको कारखाना’ भनेर अस्वीकार गर्दै आन्दोलन गरेको हो । आन्दोलनपछि पनि उही व्यवस्था र मुहार दोहोरिन्छन्, उही कार्यशैली कायम हुन्छ भने यो देशमा कसैले विकास गर्न सक्दैन ।

युवाहरूले अहिले प्रत्यक्ष कार्यकारी निर्वाचनको माग गरेका छन्, जसले जनतासँग प्रत्यक्ष जवाफदेहिता कायम गर्छ । जबसम्म यो प्रणाली कायम छ, अस्थिरता र भ्रष्टाचारको चक्र तोडिँदैन । यसका लागि संविधान संशोधन नै एकमात्र विकल्प हो । भ्रष्टाचारको यही जालोविरुद्ध नै गत भदौमा जेनजीले आन्दोलन गरेका थिए, जसमा दर्जनौं युवाले बलिदानी दिएका छन् । त्यही बलिदानीकै बलमा देशमा अहिले सत्ता परिवर्तन भएको छ । युवाले प्रत्यक्ष कार्यकारीको व्यवस्था गरेर, जनताले प्रत्यक्ष चुनेर आफ्नो नेतृत्व छान्ने व्यवस्था गर्न कार्कीलाई जिम्मेवारी दिएका हुन् । यदि सरकारले चुनावलाई मात्र ध्यान दिने हो भने पुनः पुरानै दल र तिनै नेता चुनावमा आउने र निर्वाचित भएर फेरि संसद्मा जाने अवस्था आउन सक्छ । यदि त्यस्तो अवस्था आयो भने गत भदौमा भएको जेनजी आन्दोलनको मर्म र उद्देश्य नै मर्न जान्छ । सहादत प्राप्त गरेका जेनजी युवाको बलिदानी पनि खेर जान्छ । यसलाई कार्की नेतृत्वको सरकारले मनन गर्न जरुरी छ ।

प्रत्यक्ष प्रणालीले पाँच वर्षको स्थिर सरकार, जनतासँग प्रत्यक्ष जवाफदेहिता र सुशासन सुनिश्चित गर्छ । यसका लागि कांग्रेस, एमाले, नवगठित नेकपा, रास्वपा लगायत दलहरूले राष्ट्रिय सहमति गठन गरी संविधान संशोधन अघि बढाउनुपर्छ । युवा नेताहरूलाई संवादमा समेटेर प्रत्यक्ष निर्वाचनको मोडल तयार गर्न सकिन्छ । सहमतिबाटै यो परिवर्तनले नेपाललाई स्थायित्व र समावेशी लोकतन्त्रको नयाँ अध्यायमा प्रवेश गर्न सहयोग पु¥याउनेछ । अब प्रत्यक्ष कार्यकारीको व्यवस्था गरेर जनताबाट प्रत्यक्ष नेतृत्व छान्ने र त्यसअनुसार मन्त्रिपरिषद् गठन गर्ने व्यवस्था गर्नुपर्छ । सांसदलाई भने कानुन निर्माणको जिम्मा दिने, मन्त्रीको प्रतिस्पर्धा गर्न नपाउने व्यवस्था गर्नुपर्छ । मन्त्रीका लागि तत्तत् क्षेत्रका विज्ञलाई जिम्मेवारी दिनु आवश्यक छ । जनधारणा साप्ताहिक

यो पनि पढ्नुहोस्

“धर्ती आकाश” बोलको गीत सार्वजनिक

“धर्ती आकाश” बोलको गीत सार्वजनिक

१ घण्टा अगाडि
खाडीमा रहेका ६५ हजार ८८६ नेपालीकाे विवरण दर्ता

नेपाली उद्धार गर्न कस्तो छ सरकारको कूटनीतिक पहल ?

३ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

एमालेबाट १६ सांसदको नाम टुंगो

इनास पोर्चुगलको प्रमाणपत्र वितरणसँगै साँस्कृतिक कार्यक्रम सम्पन्न

नेपालीहरूसँग पर्याप्त क्षमता भए पनि दृढ सङ्कल्पको अभाव

“धर्ती आकाश” बोलको गीत सार्वजनिक

रास्वपाको सचिवालय बैठक भाेलि बस्दै

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक