बुध, चैत्र ४, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home ब्यानर

नख्खु जेल प्रकरणमा आयोग बोल्यो !

जेलरले नै नेता बोलाएर रविलाई जिम्मा लगाएको, रविले जेल नभत्काउन सुझाव गरेको पुष्टि

धारणा न्यूज by धारणा न्यूज
४ महिना अगाडि
0
नख्खु जेल प्रकरणमा आयोग बोल्यो !
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं / जेनजी आन्दोलनताका रास्वपा सभापति रवि लामिछाने नख्खु जेलबाट बाहिर निस्केको प्रकरणमा सरकारले गठन गरेको जाँचबुझ आयोग बोलेको छ । आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले जेलर नै नेता बोलाएर त्यतिबेला रविलाई जिम्मा लगाएको पाइएको जानकारी दिएका हुन् । साथै त्यतिबेला आन्दोलनकारीले नख्खु जेलमा तोडफोड गर्न थाल्दा रविले नै जेल नभत्काउन सुझाव दिएको अध्यक्ष कार्कीले स्पष्ट पारेका हुन् ।

आयोग अध्यक्ष कार्कीले नख्खु कारागारका तत्कालीन जेलर सत्यराज जोशीले सुरक्षाको कारण नै परिवार र रास्वपाका नेताहरूलाई फोन गरेर बोलाएर जिम्मा लगाएको बताएका हुन् । साथै रविले पत्र विना बाहिर जाँदिन भनेपछि जेलर जोशीले नै पत्रमा हस्ताक्षर गरेको समेत खुलाएका छन् । यस्तै जेलरले दिएको बयानलाई आधार मान्दै कार्कीले रवि लामिछानेले जेल नभत्काउन, तोडफोड नगर्न समेत आग्रह गरेको जनाएका छन् । प्राइम टिभीसँगको अन्तर्वार्तामा आयोगका अध्यक्ष कार्कीले जेलरलाई बोलाएर के भयो भनेर सोधेपछि जेलरले पूर्व गृहमन्त्री रविलाई छाडेका कुराहरू, जेल विस्फोट भएका विभिन्न कुराहरू आएको बताए ।

‘रवि लामिछानेले म नेता भएकाले बाहिर जान्न भनेपछि, जेलर नै उहाँको सुरक्षाका लागि तपाईं बाहिर जानुस् भनेपछि, जेलरले नै उहाँको पत्नीलाई, रास्वपाका नेताहरूलाई उहाँले भन्नु भएको रहेछ । जेलरले नै डा.स्वर्णिम वाग्लेलाई बोलाएको रहेछ । उहाँ (रवि लामिछाने) ले म जान्नँ, चिठ्ठी दिएपछि जान्छु भनेपछि उहाँलाई चिठ्ठी दिएछ, चिठ्ठी दिएको कुरामा अल्लि चिठ्ठीको विवाद आइराखेको छ अहिले म भन्न चाहन्नँ । जेलर चाहिँ मैले सही ग¥या भन्नु हुन्छ, रवि लामिछानेले चिठी दिएपछि म गएको हुँ भन्नु हुन्छ । त्यो चाहिँ विवादमा छ,’ कार्कीले भने ।

उनले अगाडि भने, ‘त्यो कुरा मैले यहाँ खोल्न मिल्दैन । रवि लामिछानेले चाहिँ अझ जेलबाट कैदीहरूलाई छोड्नु हुँदैन, म राजनीतिक नेता हुँ, यस कारण पनि जेल भत्काउन हुँदैन भनेर मनीष झालाई बाहिर निस्किसकेपछि भिडमा गइसकेपछि ल भित्र गएर सम्झा भनेर पठाउनु भएको रहेछ । त्यो कुरा जेलरले पनि भन्छन्, सबैले भन्छन्, त्यहाँ बाहिरको भिडले जेल तोडेर निकाल्दियो, त्यहाँ कैदीहरूले पनि भन्छन्, भाइ नाइकेहरूले पनि भन्छन् हामीलाई बाध्यता बस बाहिर जा, तँलाई जलाइदिन्छु भनेपछि हामी गएका हौँ भनेर फर्केर आएकाले पनि भन्छन् ।’

भदौ २३ र २४ मा भएको जेन–जी आन्दोलन र प्रदर्शनका घटना छानबिन गर्न गठन भएको जाँचबुझ आयोगले १५ दिनअघि घटनाकेन्द्रित बयान सुरु गरेको थियो । विशेष अदालतका पूर्वअध्यक्ष कार्की नेतृत्वको आयोगले नख्खु कारागारका प्रमुख सत्यराज जोशीको बयान लिँदै अनुसन्धान सुरु गरेको थियो । आयोगले उनलाई कारागार नै तोडफोड गरेर कैदीबन्दी कसरी भागे भन्ने प्रश्न सोधेको थियो । आयोगले रास्वपा सभापति रवि लामिछानेदेखि जनकपुर बमकाण्डका मुख्य योजनाकार ठहर भएका सञ्जय साह ‘टक्ला’सहित कैदीबन्दीका बारेमा प्रश्न सोधेको थियो । आयोगले लामिछानेलाई बाहिर निकाल्न पत्र लेखिएको थियो कि थिएन भन्ने प्रश्न जोशीलाई गरेको थियो । उनलाई भदौ २४ मा अवस्था बिहानैदेखि तनावग्रस्त हुँदा कारागारको सुरक्षा व्यवस्था कस्तो थियो र किन कमजोर भयो लगायतका प्रश्न आयोगले सोधेको थियो ।

जेन–जी आन्दोलनको भोलिपल्ट प्रदर्शनकारी नख्खु कारागार गएर त्यहाँ रहेका सभापति रवि लाई बाहिर निकालेका थिए । त्यसक्रममा जेलरले तयार पारेको भनिएको पत्र पनि सार्वजनिक भएको थियो । आयोगको सचिवालयका अनुसार जेलरको नामबाट जारी भएको पत्रका बारेमा पनि सोधपुछ भएको थियो । त्यही पत्रको आधारमा रवि कारागारमुक्त भएर बाहिरिएका थिए ।

जेलरले जोशीले हस्ताक्षर गरेको पत्रमा सहकारीसँग जोडेर गरिएको राजनीतिक मुद्दा फिर्ता लिन समय लाग्ने हुनाले गृह सचिवको आदेश अनुसार थुनामुक्त गरिएको उल्लेख थियो । जेनजी प्रदर्शनतर्फ संकेत गर्दै पत्रमा भनिएको छ, ‘थुनामा राख्दा थप अन्याय हुन जाने तथा देशमा अमन चयन थप खलबल पर्ने हुँदा निजलाई तत्काल थुना मुक्त गर्न निर्णयअनुसार जानकारी गराइन्छ ।’

भदौ २४ मा प्रदर्शनकारी घेरेर रविलाई जेलबाट बाहिर लगेपछि आफूलाई पत्रमा हस्ताक्षर गराएको जोशीले बयानमा खुलाएका छन् । ‘रवि लामिछाने निस्केको डेढ घण्टापछि मलाई पत्र ल्याएर हस्ताक्षर गराए, सुरक्षा चुनौतीको कारण पत्रको ब्यहोरा हेरिनँ,’ उनले बयानमा भनेका छन् । उच्चस्तरीय जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्की, सदस्य विज्ञानराज शर्मा र विन्देश्वरी भण्डारीले नख्खु कारागारको अवस्थाबारे पनि निरीक्षण गरेका छन् ।

जेनजीको अगुवाइमा भएको भदौ २३ गतेको आन्दोलनपछि भोलिपल्टको प्रदर्शन भड्किएपछि उक्त कारागार पनि निशानामा परेको थियो । प्रमुखले बयानका क्रममा लामिछानेसहित केही कैदीहरु स्वतः कारागार फर्किएको र फरार रहेका केहीलाई पक्राउ गरिएको तथा हालसम्म फरार रहेकाहरुको खोजी जारी रहेको बताएका छन् ।

लामिछाने पछिल्लो समय लोकप्रिय मत पाएर सांसद बनेका पात्र हुन् । नयाँ वैकल्पिक पार्टीका नेतृत्वकर्ता हुन् । तर, बेलाबेलामा उनी विवादमा पर्दै आएका छन् । यसमा राजनीतिक प्रतिशोध पनि मिसिएको छ । पुराना पार्टीको अक्षमतामाथि प्रश्न उठाउँदै पार्टी गठन गरेका लामिछानेलाई जनताले पनि साथ दिएका छन् । सोही कारण गत निर्वाचनमा रास्वपा चौंथो ठूलो पार्टी बन्न सफल भएको थियो । उनले लगातारजसो राजनीतिक बेथिति, ठूला पार्टी तथा तिनका नेताहरुको सिन्डिकेडविरुद्ध शक्तिशाली आवाज उठाएका थिए । यसले पुराना राजनीतिक दलप्रति जनताको विश्वासको घट्दै गएको पनि स्पष्ट पारेको थियो । तर, पछिल्लो समय फेक आईडी प्रयोग गरेर व्यक्तिको चरित्रहत्या गर्ने कार्य लामिछानेको सन्दर्भमा पनि देखिएको छ । त्यसलाई अहिले आयोगकै अध्यक्ष कार्कीको स्पष्टीकरणले थप पुष्टि गरेको छ । जनधारणा साप्ताहिक

यो पनि पढ्नुहोस्

रापास्वाका सभापति रवि लामिछानेसँग बयान लिने तयारी

रविकाे सुनुवाइ नसकिएपछि हेर्दाहेर्दैमा

११ घण्टा अगाडि
 पूर्वपदाधिकारीलाई मापदण्ड भन्दा बढी खटाइएका कर्मचारी फिर्ता बोलाउ

नेपाल–चीन सम्बन्धमा असर पुर्‍याउने घटनाकाे छानबिन गरेर कारबाही अघि बढाउन निर्देशन

११ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

रास्वपाकाे अभिमुखिकरणमा प्रतिनिधिसभा सदस्यहरू आउने क्रमजारी

समानुपातिक  उम्मेदवारले चैत ५ गते प्रमाणपत्र पाउने

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

भक्तिरसमा आधारित जय बाघ भैरव म्यूजिक भिडियाे सार्वजनिक

रविकाे सुनुवाइ नसकिएपछि हेर्दाहेर्दैमा

राजनीतिक नियुक्तिप्रति आलोचना

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक