बुध, कार्तिक १९, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

गुल्मीका ११ क्याम्पसमध्ये ३ वटा क्याम्पसमा मात्रै स्ववियु निर्वाचन हुने

धारणा न्यूज by धारणा न्यूज
४ वर्ष अगाडि
0
स्ववियु निर्वाचनका लागि विद्यार्थी सङ्गठन दर्ता गराउँदै
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

गुल्मी । गुल्मी जिल्लामा रहेका ११ क्याम्पसमध्ये ३ वटा क्याम्पसमा मात्रै स्ववियु निर्वाचन हुने भएको छ । जिल्लाका ७ क्याम्पसमा सबै पद निर्विरोध भएपछि बाँकी रहेका क्याम्पसमा मात्रै चुनाव हुन लागेको हो । रेसुङ्गा, श्रीङ्गेश्वर र रुद्रवती बहुमुखी क्याम्पसमा मात्रै निर्वाचन हुन लागेको हो ।

जिल्लाका मानका टिकाराम बहुमुखी क्याम्पस मजुवा, चन्द्रकोट बहुमुखी क्याम्पस शान्तिपुर, सत्यवती बहुमुखी क्याम्पस सत्यवती र रिडी बहुमुखी क्याम्पस रिडी, जनज्योति बहुमुखी क्याम्पस पुर्कोट, धुर्कोट परमानन्द बहुमुखी क्याम्पस धुर्कोटमा सबै पदमा निर्विरोध भएको छ ।

दिगाम आर्दश बहुमुखी क्याम्पसमा भने निर्वाचन नहुने भएको हो । मानका टिकाराम बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा अनेरास्ववियुबाट आकाश खरेल, चन्द्रकोट बहुमुखी क्याम्पसमा स्ववियु सभापतिमा अनेरास्ववियु (क्रान्तिकारी) बाट प्रभा गौतम, सत्यवती बहुमुखी क्याम्पसमा स्ववियु सभापतिमा अनेरास्ववियुबाट अस्मिता भण्डारी निर्विरोध निर्वाचित भएका छन् । त्यस्तै रिडी बहुमुखी क्याम्पसमा स्ववियु सभापतिमा अनेरास्ववियुबाट गंगा कुँवर, रुरु संस्कृत विद्यापीठको स्ववियु सभापतिमा नेविसंघबाट नारायण पन्थी निर्विरोध निर्वाचित भएका छन् ।

धुर्कोट परमानन्द बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा अनेरास्ववियु (क्रान्तिकारी)बाट इन्द्र पोखरेल, जनज्योति बहुमुखी क्याम्पस पुर्कोटको स्ववियु सभापतिमा अनेरास्ववियु (क्रान्तिकारी)बाट जीवन पौडेल निर्विरोध निर्वाचित भएका छन् । यी क्यामपसहरुमा अनेरास्ववियु, नेविसंघ र अनेरास्ववियु (क्रान्तिकारी) बाट मिलेर एउटै प्यानल बनाएर उम्मेदवारी दिएर निर्विरोध निर्वाचित भएका हुन् ।

जिल्लाको श्रीङ्गेश्वर बहुमुखी क्याम्पसमा तीन संगठनले छुट्टा–छुट्टै प्रतिस्पर्धा गरेका छन् । बाँकी २ वटा क्याम्पसमा अनेरास्ववियु र अनेरास्ववियु (क्रान्तिकारी) मिलेर उम्मेदवारी दिएका छन् भने नेविसंघले एक्लै प्रतिस्पर्धा गर्दैछ । जिल्ला सदरमुकाम तम्घासमा रहेको रेसुङ्गा बहुमुखी क्याम्पसमा हुने स्ववियु निर्वाचनलाई निकै चासोका साथ हेरिने गरिन्छ । यहाँ अनेरास्ववियु र नेविसंघ बीच कडा प्रतिस्पर्धा हुँदैछ । यस क्याम्पसमा ०७३ सालमा सम्पन्न स्ववियु निर्वाचनमा अनेरास्ववियुले सभापति सहित जितेको थियो ।

यो पनि पढ्नुहोस्

यस्ताे छ ग्लोबल आईएमई बैंकको साधारण सभा एजेण्डा ?

ग्लोबल आइएमई बैंकमा शेयर स्वामित्व ओगट्ने ठूला लगानीकर्ताको संख्या १८ पुग्याे

१० घण्टा अगाडि
यस्ताे छ नवनियुक्त गृहमन्त्रीकाे निर्णय

आईजीपी दानबहादुर कार्कीलाई हटाउने तयारीप्रति गृहमन्त्री अनभिज्ञता प्रकट

१५ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

आईजीपी दानबहादुर कार्कीलाई हटाउने तयारीप्रति गृहमन्त्री अनभिज्ञता प्रकट

ग्लोबल आइएमई बैंकमा शेयर स्वामित्व ओगट्ने ठूला लगानीकर्ताको संख्या १८ पुग्याे

मलेसियामा रोजगारीको अवसर गुम्ने खतरा

रास्वपा नेता खड्का जुवातास खेलिरहेको अवस्थामा पक्राउ

श्रमजीवी गरिब जनताको पक्षमा श्रम संस्कृति पार्टी

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक