काठमाडाैं । काठमाडौं उपत्यका तीन दिनपछि माैसममा सुधार भएकाे छ ।
बंगालको खाडीमा विकसित भएर नेपाल भित्रिएको मोन्था चक्रवातको प्रभावका कारण कात्तिक १३ देखि शनिबारसम्म देशका अधिकांश भूभागमा भएकाे बाैमसमी बर्षाले काट्न लागेकाे धान, तरकारीमा समेत असर परेकाे थियाे ।
शनिबार साँझदेखि भने मोन्थाको प्रभाव कमजोर भई अधिकांश भूभागमा वर्षा रोकिएको थियो।
आइतबार बिहानीपख काठमाडौंको आकाशमा बादल देखिए पनि दिउँसो हल्का घाम लागेको छ। मौसम उघ्रिएरपछि काठमाडौंको वातावरण हल्का घमाइलो बनेको छ।


