बिहि, फाल्गुन २८, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

विश्वविद्यालय स्तरीय प्रतिस्पर्धा सञ्चालन गर्ने

धारणा न्यूज by धारणा न्यूज
४ महिना अगाडि
Reading Time: 1 min read
0
विश्वविद्यालय स्तरीय प्रतिस्पर्धा सञ्चालन गर्ने
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले स्टिम  (विज्ञान, प्रविधि, इन्जिनियरिङ र गणित) सामग्री निर्माण सम्बन्धी  विश्वविद्यालय स्तरीय प्रतिस्पर्धा सञ्चालन गर्ने भएको छ ।

विभिन्न विश्वविद्यालय, आङ्गिक क्याम्पस तथा सम्बन्धनप्राप्त विश्वविद्यालयका क्याम्पसमा अध्ययनरत विद्यार्थीहरूबिच उक्त प्रतिस्पर्धा गराउन लागेको हो । प्रतिस्पर्धामा स्नातक तथा सोभन्दा माथिल्लो तहमा अध्ययनरत एकदेखि तीन जना सम्मको विद्यार्थी समूहबाट मन्त्रालयले आवेदन माग गरेको छ ।

स्टिम सामग्री निर्माण सम्बन्धी मन्त्रालयले कार्यविधि समेत तयार पारेको छ । कार्यविधि अनुसार प्रतिस्पर्धामा विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरूले नेपालमा हाल देखापरेको वास्तविक समस्या पहिचान गरेर तिनीहरूको समाधानमा योगदान पुर्‍याउन व्यावहारिक तथा उपयोगी मौलिक सामग्री तयार गर्नुपर्नेछ ।

विद्यार्थीहरूले स्वदेशी/परम्परागत प्रविधिको आधुनिकीकरण, कृषि उत्पादनमा पानीको अभाव, स्थानीय सामग्री प्रयोग गरेर भूकम्प प्रतिरोधी भवन निर्माण, सहरी क्षेत्रमा वायु प्रदूषण जस्ता समस्या समाधानका उपाय प्रस्तुत गर्न सक्नेछन् । यस्तै, सांस्कृतिक सम्पदाको ह्रास, विपद् जोखिम व्यवस्थापन र न्यूनीकरण, नगरपालिका फोहर व्यवस्थापन, ग्रामीण समुदायका लागि सहज स्वास्थ्य पहुँच, उत्पादनमा आधुनिक प्रविधिको एकीकरण र अन्य विषयमा केन्द्रित रहेर विद्यार्थीहरूले सामग्री तयार गर्नु पर्ने कार्यविधिमा उल्लेख छ ।

प्रतिस्पर्धीहरू दुई चरणबाट सहभागी हुन सक्नेछन् । सबैभन्दा पहिलो चरणमा विद्यार्थीहरूले मन्त्रालयले तोकेको ढाँचामा तोकिएको विषयमा केन्द्रित रहेर आफ्नो आइडिया प्रस्तुत गर्नुपर्नेछ ।

त्यसपछि विद्यार्थीहरूको आइडिया अनुसार मन्त्रालयले दोस्रो चरणका लागि आवेदनहरू छनोट गर्ने छ । दोस्रो चरणमा विद्यार्थीहरूले आफूले पहिला प्रस्तुत गरेको आइडियाबाट सामग्री तयार पार्नेछन् । विद्यार्थीहरूले आफ्नो सोच अनुसारको सामग्री तयार पार्न पाँच महिनाको समय पाउनेछन् ।

स्टिम सामग्री तयार पारि सकेपछि विद्यार्थीहरूले आफ्नो सामग्री प्रस्तुत गरेर मन्त्रालयसँग आर्थिक सहयोग माग्न सक्नेछन् । मन्त्रालयले विद्यार्थीहरूले तयार पारेको सामग्रीअनुसार एउटा टिमलाई अधिकतम एक लाख ५० हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गर्ने छ ।

प्रतिस्पर्धामा सहभागी हुन इच्छुक विद्यार्थीले मिति ७ मंसिरभित्र तोकिएको ढाँचा पुर्‍याएर निवेदन दिनुपर्ने छ । सबै आवश्यक कागजात प्रमाणित गरेर स्क्यान गरी [email protected] मा इमेल गरी निवेदन दिन सकिने मन्त्रालयले जानकारी दिएको छ । निवेदनको ढाँचाका लागि यहाँ क्लिक गर्नुहोस् ।

यो पनि पढ्नुहोस्

शिक्षा केवल औपचारिक प्रमाणपत्रमा सीमित हुन नहुने : प्रधानमन्त्री कार्की

शिक्षा केवल औपचारिक प्रमाणपत्रमा सीमित हुन नहुने : प्रधानमन्त्री कार्की

३ हप्ता अगाडि
नयाँ सम्बन्ध प्रक्रियालाई बढाउनुपर्छः उपकुलपति प्राडा अर्याल9

पोखरा विश्वविद्यालबाट ६ हजार ६ सय२२ जना दीक्षित हुने

३ हप्ता अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

रविविरुद्ध पेश भएको आरोपपत्र संशोधन गर्ने

नौसैनिक ईरानी जहाजमाथि टर्पेडो हमला भए पनि भारतकोठूलो अपमान

आफ्नो अनुहारको कालो धब्बा हटाउन ऐना होइन अनुहार पुछौ- रास्वपालाई गाली नगरौ

नेप्से परिसूचक २८२० अंकमा कायम

हाम्रो देश भारत निर्भर रहेको प्रमाण !

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक