काठमाडौं । सूचना, प्रविधि कार्यक्रमका लागि आएको बजेट हिनामिना गरेको भन्दै स्याङ्जाको शिशु कल्याण माविका तत्कालीन प्रधानाध्यापकसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विद्यालयका तत्कालीन प्रधानाध्यापक रविलाल लुईटेल, तत्कालीन लेखापाल छविलाल गाहा र विद्यालय व्यवस्थापन समितिका तत्कालीन अध्यक्ष राम थापाविरुद्ध आइतबार भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
कूल बजेटमध्ये ०७९ असार २३ गते सात थान डेस्कटप कम्प्युटर, एक थान प्रोजेक्टर, एक थान ल्यापटप, एक थान प्रिन्टर गरी ६ लाख ७४ हजार ४५ रुपैयाँ खरिद गरेको देखाइएको थियो ।
अख्तियारका अनुसार प्रतिवादीहरूले मिलोमतो मै विद्यालय व्यवस्थापन समितिको निर्णय बिनै प्रधानाध्यापकको नाममा दुई लाख ५४ हजार ६६७ रुपैयाँ चेक काटेर विद्यालयको कोषबाट निकासा गरी विद्यालयमा फिर्ता नगरेको पाइएको छ ।
जसअनुसार विद्यालयका तत्कालीन प्रधानाध्यापक, लेखापाल र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मिलेर ४ लाख ७१ हजार ६६७ रुपैयाँ २६ पैसा अनियमिता गरेको स्थलगत अनुसन्धानले अख्तियारको दाबी छ ।
प्रतिवादी तीनैजााविरुद्ध ४ लाख ७१ हजार ६६७ रुपैयाँ २६ बिगो कायम गरी कैद र बिगो रकम असुलउपरको माग गर्दै आइतबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।


