शुक्र, मंसिर १२, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग वार्ता गर्ने घोषणा

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
0
रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग वार्ता गर्ने घोषणा
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

बुडापेस्ट । हङ्गेरीका प्रधानमन्त्री भिक्टर ओर्बानले बुडापेस्टमा आयोजना गर्न लागिएको अमेरिका–रुस शिखर सम्मेलन सम्बन्धमा छलफल गर्न शुक्रबार रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग वार्ता गर्ने घोषणा गरेका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२२ मा रुसले युक्रेनमाथि गरेको आक्रमणबारे आफ्नो पछिल्लो टिप्पणीका क्रममा दुई साताभित्र बुडापेस्टमा पुटिनसँग भेटघाट गर्ने अपेक्षा व्यक्त गरेका थिए । सो भेटले सम्भावित शान्ति सम्झौता तर्फको मार्ग खुल्ने आशा गरिएको छ ।

प्रधानमन्त्री ओर्बान युरोपेली सङ्घ (इयु) भित्र ट्रम्प र पुटिनका सबैभन्दा नजिकका सहयोगी मानिन्छन् । उनले युक्रेनका लागि पश्चिमी मुलुकहरूको समर्थनको बारम्बार आलोचना गर्दै आएका छन् । “म आज बिहान दिउँसो अघि राष्ट्रपति पुटिनसँग कुरा गर्नेछु”, उनले शुक्रबार राज्य रेडियोसँगको अन्तर्वार्तामा भने ।

राष्ट्रवादी विचारधाराका नेताले बुडापेस्टलाई आज युरोपमा ‘शान्तिका लागि सम्भावनायुक्त एक मात्र ठाउँ’ का रूपमा चित्रित गरे । उनका अनुसार हङ्गेरीले निरन्तर शान्तिपूर्ण नीति अपनाउँदै आएको छ र यही कारण यस्तो उच्चस्तरीय वार्ताको आयोजना गर्न उपयुक्त स्थल बनेको हो ।

तर बुडापेस्टलाई शिखर सम्मेलन स्थलका रूपमा छनोट गरिनुले अन्तर्राष्ट्रिय फौजदारी अदालत (आइसिसी) द्वारा पुटिनमाथि जारी गरिएको गिरफ्तारी वारेन्टलाई बेवास्ता गरेको टिप्पणीहरू पनि उब्जाएको छ । हङ्गेरीले आइसिसीबाट बाहिरिने घोषणा गरिसकेको भए पनि औपचारिक रूपमा सन् २०२६ सम्म अझै सदस्य राष्ट्र नै रहन्छ ।

हङ्गेरीका विदेशमन्त्री पिटर सिजार्टोले फेसबुकमार्फत बिहीबार राति अमेरिकी उप–विदेशमन्त्री क्रिस्टोफर लान्डाउ र रूसी विदेशमन्त्री सर्गेई लाभरोभसँग पनि वार्ता गरेको जानकारी दिए ।

सन् २०१० देखि सत्तामा रहेका प्रधानमन्त्री ओर्बानले ९५ लाख जनसङ्ख्या भएको आफ्नो देशलाई ‘विश्वसनीय र वफादार साझेदार’ का रूपमा वर्णन गर्दै हङ्गेरी सधैँ आफ्ना मित्र राष्ट्रहरूको पक्षमा उभिएको दाबी गरे ।

तर इयुका नेताहरूमा ओर्बानको कदमले चिन्ता पैदा गरेको छ । उहाँले युक्रेनमा हतियार पठाउन अस्वीकार गर्दै इयुको एकतालाई कमजोर बनाउँदै आएका छन् । साथै किएभको इयु सदस्यता प्रयासलाई निराश पार्दै र रूसमाथि कडा प्रतिबन्ध लगाउने प्रस्तावहरूमा बारम्बार आपत्ति जनाउँदै आएका छन् ।

गत जुलाईमा ओर्बानले इयुको घुम्ती अध्यक्षता ग्रहण गरेलगत्तै किएभ, मस्को र बेइजिङको भ्रमण गरेका थिए । सो क्रममा उनले तत्कालीन राष्ट्रपति पदका उम्मेदवार ट्रम्पलाई समेत भेटी आफ्नो पहललाई ‘शान्ति मिसन’ का रूपमा चित्रण गरेका थिए ।

यो पनि पढ्नुहोस्

दमौली–भरतपुर २२० केभी प्रसारणका लागि रुख कटान

दमौली–भरतपुर २२० केभी प्रसारणका लागि रुख कटान

९ घण्टा अगाडि
आन्दोलनरत डा गोविन्द केसी पक्राउ

२६औँ सत्याग्रहसहित आन्दोलनमा उत्रिने चेतावनी

९ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

दलित आयोगमा नेवाः देय् दबूकाे ज्ञापन पौ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

दमौली–भरतपुर २२० केभी प्रसारणका लागि रुख कटान

पूर्व मुख्यसचिव पक्राउ

आनी नियुक्तको सूचना दिन आनाकानी

स्वास्थ्य बीमा ऐन संशोधनको प्रक्रिया अघि बढाइयाे

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक