काठमाडौं । तिहार पर्व आउन करिब एक हप्ता बाँकी रहँदै काठमाडौंको मुख्य बजार क्षेत्र असन र इन्द्रचोकमा किनमेल गर्नेहरूको चहलपहल बढेको छ। यस क्षेत्रमा अहिले तिहार विशेष बजार सुरु भइसकेको छ।
बजारमा अहिले दियो, विभिन्न प्रकारका माला, फूल, लखेटी बत्ती, रङ्गीबिरङ्गी सजावटका सामग्रीदेखि लिएर मिठाई र पूजा सामग्रीसम्मको ठूलो कारोबार भइरहेको छ।


