मङ्ल, अशोज ६, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

अभिनेता राजेश हमालको ‘युगदेखि युगसम्म’ पुस्तक सार्वजनिक

धारणा न्यूज by धारणा न्यूज
१२ महिना अगाडि
0
अभिनेता राजेश हमालको ‘युगदेखि युगसम्म’ पुस्तक  सार्वजनिक
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । अभिनेता राजेश हमालको जीवन र सिनेमा समेटिएको पुस्तक ‘युगदेखि युगसम्म’ सार्वजनिक गरिएको छ।

काठमाडौँको प्रज्ञा प्रतिष्ठानमा शनिबार आयोजित एक विशेष कार्यक्रममा अभिनेता हमाल, लेखक बुद्धिसागर, पत्रकार एवम् लेखक यज्ञश र हमालपत्नी मधु भट्टराईले संयुक्त रुपमा पुस्तक लोकार्पण गरे।

पुस्तकमा हमालको ३५ वर्षे फिल्म करिअर, व्यक्तिगत जीवन र समाजका विषय समेटिएका छन्। यो पुस्तक लेखक यज्ञशसँगको सहकार्यमा तयार पारिएको हो।

देशमा पछिल्लो पटक विकसित घटनाक्रमले नयाँ बिहानी आएको तर घाम झुल्किनसकेको भन्दै हमालले देशबारे चिन्ता प्रकट गरे। र पुस्तकबार आफ्ना धारणा राखे। कार्यक्रममा हमालले आफूले पुस्तकमा बाल्यकालदेखि युवा अनि अहिलेसम्मको वयमा आइसक्दासम्मका सबै उतारचढाव एवम् कहानी प्रस्तुत गरेको उनले बताए। ‘यज्ञशजीलाई मैले पुस्तकमा खुलस्त रुपमा आफ्ना विचार र घटना प्रस्तुत गरेको छु,’ उनले भने, ‘मलाई लाग्छ, पुस्तकमा यज्ञशजीसँग म यसरी खुलेको छु, सायद म त्यति त मधुसँग पनि खुलेको छैन कि?’

साे कार्यक्रममा अभिनेता राजेश आफ्नो अर्काे भेट नारायणगढमा हुने समेत जानकारी गराए। ‘आज काठमाडौंमा युगदेखि युगसम्मको विमोचन भयो,’ उनले भने, ‘अब अर्को भेट नारायणगढमा कात्तिक १ गते नारायणी कला मन्दिरमा हुनेछ।’

कार्यक्रममा लेखक बुद्धिसागरले पनि हमालको पुस्तकबारे चर्चा गरे। हामीले राजेश हमाललाई जसरी देखेका अनि बुझेका छौं, पुस्तकले सरल रुपमा उनको विषयमा अझ फराकिलो गरी बुझाउने उनको धारणा छ। ‘राजधानीको एउटा पत्रिकामा काम गर्दा मैले राजेश हमालको अन्तर्वार्ता गरेको थिएँ,’ उनले भने, ‘त्यति बेला उहाँसँग गरेको अन्तर्वार्तापछि मैले उहाँलाई नजिकबाट देखिरहेको छु। यस पुस्तकमा उहाँका थुप्रै पाटा आएका छन्। पुस्तक पठनीय छ। अझ फराकिलो गरी उहाँलाई बुझ्न सकिन्छ।’

आफूहरुले पुस्तक लेखनका क्रममा लामो समय बिताएको लेखक यज्ञशले बताए। लेखनका लागि तीन वर्ष लागेको यो पुस्तक बडो मिहिनेतसाथ तयार पारेको उनको भनाइ छ। पुस्तक लेखनका क्रममा हमालसँगको सहकार्य विशेष रहेको पनि उनले जनाए।

राजेश हमाललाई बुझ्न यो पुस्तक अति उपयोगी रहेको हमालपत्नी मधु भट्टराईले जनाइन्। ‘राजेशजीलाई मैले जसरी बुझेकी छु, पुस्तक पढ्नुभयो भने तपाईंहरुले पनि त्यसैगरी नै बुझ्नुहुनेछ,’ उनले भनिन्।

हमालको पुस्तक बहुप्रतीक्षित एवम् महत्वाकांक्षी साहित्यिक घटनामध्ये एक रहेको प्रकाशक नीरज भारीले जनाए। पुस्तक ‘युगदेखि युगसम्म’ सार्वजनिक मिति घोषणा गर्न पाउँदा आफूहरु हर्षित भएको उनको भनाइ छ। ‘यस पुस्तकमा लामो समयदेखि काम भइरहेको थियो, यसपालि पाठकलाई गजबको कोसेली दिएको अनुभूति भएको छ, प्रकाशन यात्रामा हाम्रा लागि विशेष अर्थ राख्ने पुस्तक हो यो,’ उनले भने।

यसअघि अभिनेता हमालको जन्मदिनको अवसरमा पुस्तकको आवरणसमेत अनावरण गरिसकिएको थियो। पुस्तक विमोचनका दिन शनिबार लोकार्पणस्थलमा पुगेर नाम दर्ता गराउने पहिलो २५ जनालाई हमालको हस्ताक्षरसहितको पुस्तक उपहारस्वरुप दिइएको थियो।

यो पनि पढ्नुहोस्

एमालेको बैठक सुरु

एमालेको बैठक सुरु

२ घण्टा अगाडि
राष्ट्रिय सेवा दल विधेयक, २०८३ पारित

राष्ट्रिय सेवा दल विधेयक, २०८३ पारित

३ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

एमालेको बैठक सुरु

विपद्लाई सिङ्गो विश्वको ध्यानाकर्षण गराउन सुझाव

जेनजी आन्दोलनका युवालाई तत्काल न्याय व्यवस्थापनको व्यवस्था गर्न माग

राष्ट्रिय सेवा दल विधेयक, २०८३ पारित

दिन भरकाे यस्ताे छ माैसम

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक