मुगु । खत्याड गाउँपालिका-११ बाडिया बस्ने २३ वर्षीया विष्णु कार्कीको सोही ठाउँस्थित खत्याड खोलाले बगाएर शुक्रबार दिउँसो मृत्यु भएको छ ।
खोला तर्ने क्रममा खोलाले बगाएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय रातापानीबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा उनको शव फेला परेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


