काठमाडौं । सप्तरी, रूपनी गाउँपालिका-१ रूपनी बस्ने ललित यादवको घरमा विद्युत सर्ट भई बिहीबार राति लागेको आगो फैलिएर सोही ठाउँ बस्ने अन्य ३ जना व्यक्तिहरूको घरमा समेत आगलागी हुँदा चारै जनाको गरी करिब ५० लाख ३० हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
महोत्तरी, मटिहानी नगरपालिका-८ बस्ने ३५ वर्षीय लक्ष्मी खत्वेको आफ्नै घर अगाडि पार्किङ गरी राखेको ज.१ ह.३४७२ नम्बरको अटोमा गए राति आगलागी हुँदा अटो पूर्णरूपमा जलेर नष्ट भएको छ ।
प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।


