यङ्गुन । मध्य म्यानमारमा धार्मिक उत्सव र प्रदर्शनको क्रममा बम हमलामा कम्तीमा २४ जनाको मृत्यु भएको छ । यस घटनामा अरू ४७ जना घाइते भएका छन् ।
मोटराइज्ड प्याराग्लाइडरले भीडमाथि दुईवटा बम खसालिएको निर्वासनमा रहेको सरकारका प्रवक्ताले बीबीसी बर्मालाई बताएको छ । राष्ट्रिय बिदा मनाउन मध्य म्यानमारको चाउङ यू टाउनशिपमा लगभग १०० जना भेला भएका थिए । सेनाले २०२१ मा सत्ता कब्जा गरेदेखि हजारौंको मृत्यु भएको छ भने लाखौं मानिस विस्थापित भएका छन् । जसले गर्दा सशस्त्र प्रतिरोध समूह र जातीय मिलिशियासँग गृहयुद्ध सुरु भएको छ।
जन रक्षा बल भनेर चिनिने यी समूहहरूले स्थानीय प्रशासन पनि चलाउँछन् । सोमबार भएको भेलाको समयमासम्भावित हवाई आक्रमणको बारेमा जानकारी पाएको बताइएको छ । यो जानकारीपछि उनीहरूले विरोध प्रदर्शनलाई छिटो अन्त्य गर्ने प्रयास गरेका थिए । तर प्यारामोटर्स अपेक्षा गरिएको भन्दा पहिले नै घटनास्थलमा पुगे र आक्रमण गरे । यो सबै सात मिनेटमा भएको स्थानीय एक अधिकारीले जनाए ।


