आइत, मंसिर १४, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

टोलमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
0
टोलमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

दमौली । तनहुँको आँबुखैरेनी गाउँपालिकाले ज्येष्ठ नागरिकलाई टोलमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ । दसैँलाई लक्षित गरी गाउँपालिकाले प्रत्येक वडाका टोलमा पुगेर भत्ता वितरण गरेको हो  ।

ज्येष्ठ नागरिकलाई सहज रूपमा भत्ता उपलब्ध गराउने उद्देश्यसहित गाउँपालिकाले वडामा पुगेर सामाजिक सुरक्षा भत्ता उपलब्ध गराएको प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त तिमिल्सिनाले जानकारी दिए । पालिकाले चालु आर्थिक वर्षको प्रथम त्रैमासिक सामाजिक सुरक्षा भत्ता प्रत्येक वडाको विभिन्न ठाउँमा पुगेर वितरण गरेको उनले जनाए ।

तिमिल्सिनाले भने, ‘सामाजिक सुरक्षा भत्ता वितरणका लागि बैंकका कर्मचारी खटिनुभएको छ । यसले गर्दा ज्येष्ठ नागरिकलाई बैंकसम्म आउनुपर्ने बाध्यता हटेको छ ।’ ज्येष्ठ नागरिकलाई बजारसम्म झरेर बैंकमा लाइन बसेर भत्ता लिन असहज हुने भएकाले पालिकाले घरटोलबाट वितरण गर्ने अभियानलाई निरन्तरता दिएको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले उल्लेख गरे ।

उनले भने, ‘हामी जनताको सेवाका लागि आएका हौँ । जसरी सहज हुन्छ त्यसरी नै सेवामा समर्पित हुने प्रयास गर्दैछौँ ।’ ज्येष्ठ नागरिकलाई झन्झटरहित सेवा दिन टोलमा पुगेर भत्ता वितरण गरिएपछि उहाँहरू खुसी भएको उनको भनाइ छ । चुमानले भने, ‘घरदैलोमा नै पुगेर भत्ता वितरण गर्दा ज्येष्ठ नागरिकको अनुहारमा खुसी देख्दा हामीलाई आनन्द आउँछ ।’

गाउँपालिकाले सबै वडाका टोलमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरिसकेको छ । अन्तिम दिन शुक्रबार आँबुखैरेनी गाउँपालिका–२ को अदुवाखर्क, घोक्रिङ खर्क, सहकारी टोलमा भत्ता वितरण गरिएको छ । त्यस्तै आँबुखैरेनी गाउँपालिका–३ स्थित आँबुगाउँ, कोटगाउँ, धारापानीमा भत्ता वितरण गरिएको छ ।

वडा नं १ स्थित देवीडाँडा आमा समूहको भवन र समस्तीपुर, वडा नं २ स्थित एक्लेफाँट, पौवा, खोलागाउँ, तिलबारी, नयाँगाउँ, डुम्रीखर्क, ढापटार, नारीघाँट, खानीखोला, ढकालटार, वडा नं ४ स्थित घ्याङ्सिङ, भाँगे, लोप्राङ, अक्लाङ, काफलडाँडा, आमडाँडा, बेसी, खस्राङ, पूर्ववेसी, दुवावेसी, साँखर, बेनीटार, वडा कार्यालय भवन, वडा नं ५ स्थित लाब्दी, भेटेसरा, वडा कार्यालय भवन, घुमाउने, बरालुङबेसी, वडा नं ६ स्थित पर्लुङ, जालभञ्ज्याङ, हिलेखर्क, घलेडाँडा, प्यूघरमा पुगेर भत्ता वितरण गरिएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाले विभिन्न बैंकमार्फत ६८ वर्षमाथिका ज्येष्ठ नागरिक, ज्येष्ठ नागरिक दलित, ज्येष्ठ नागरिक एकल महिला, विधवा, पूर्ण अपाङ्ग (क) वर्ग, अशक्त अपाङ्ग (ख) वर्ग, पाँच वर्षमुनिका बालबालिकालाई घरदैलोमा पुगी भत्ता वितरण गर्दै आएको हो ।

यो पनि पढ्नुहोस्

सीमा सुरक्षाको समाधानबारे गहन मन्थन

सीमा सुरक्षाको समाधानबारे गहन मन्थन

८ मिनेट अगाडि
सन् २०३० सम्ममा एड्सको अन्त्य सम्भव : राष्ट्रसङ्घ

२ सय १ जना एचआइभीबाट सङ्क्रमित

१३ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

दलित आयोगमा नेवाः देय् दबूकाे ज्ञापन पौ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

मौसमी प्रणालीको उल्लेखनीय प्रभाव

फूट र विभाजनले कम्युनिस्ट आन्दोलन रक्षात्मक बन्याे

लैङ्गिक हिंसाको सम्बोधनको लागि थप क्रियाशील हुँदै नेपाल प्रहरी

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक